News & Events »

हेटौंडाका संक्रमितलाई हेल्प डेस्कबाट दैनिक फोनमार्फत परामर्श (२०७८ आषाढ ७)

COVID Help Desk3.07

मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्व र विभिन्न सामाजिक संस्थाहरुको सहकार्यमा स्थापना गरिएको कोभिड हेल्प डेस्क मकवानपुरले हेटौंडा–२, पल्पसा रोडमा संचालन गरेको पल्पसा आइसोलेशन सेन्टरमा हालसम्म कुल ३८ जना संक्रमित भर्ना हुनुभएको छ । जसमध्ये १५ जना संक्रमित उपचाररत हुनुहुन्छ भने बाकी घर फर्किनु भएको छ ।

कोभिड हेल्प डेस्क मकवापुरको सचिवालय मकवानपुर उद्योग वाणिज्य संघबाट सोमबार २९ जना कोभिड संक्रमितहरुसंग फोनमार्फत सम्पर्क गरिएको छ । जसमध्ये २ जना अस्पतालमा र बाकी २७ जना घरमै रहेको बताउनु भएको थियो । हेल्प डेस्कबाट नियमितरुपमा फोन सम्पर्क गरी संक्रमितको अवस्था बुझ्ने गरिएको छ ।

कोभिड हेल्प डेस्क मकवानपुरलाई सोमबार मकवानपुर फर्निचर व्यवसायी संघले सहयोग गरेको छ । फर्निचर व्यवसायी संघका अध्यक्ष गोकुल श्रेष्ठसहितको टोली पल्पसा आइसोलेशन सेन्टरमा आई हेल्प डेस्कका संयोजक कृष्ण कटुवाललाई रकम रु. १०,०००।– सहयोग गर्नुभएको हो । त्यस्तै अध्यक्ष श्रेष्ठले व्यक्तिगतरुपमा रु. ५,०००।– नगद सहयोग गर्नुभएको छ । सहयोग हस्तान्तरण कार्यक्रममा मकवानपुर फर्निचर व्यवसायी संघका प्रदेश सचिव कृष्ण अर्याल, जिल्ला सचिव हरि ढकाल, सदस्यहरु हरि शर्मा, कृष्ण न्यौपानेको उपस्थिति रहेको थियो भने हेल्प डेस्कका सदस्य सरोज खनाल, मउवासंघका उपाध्यक्ष राम प्रसाद न्यौपाने, कोषाध्यक्ष अनिल अग्रवाललगायतको उपस्थिति रहेको थियो ।
मउवासंघ महिला उद्यमी व्यवसायी संघका सभापति निलम वैद्यले सोमबार व्यक्तिगतरुपमा रु. ८,५००।– बराबरको औषधी सहयोग गर्नुभएको छ ।

पल्पसा आइसोलेशन सेन्टरलाई व्यवस्थितरुपमा संचालन गर्न मउवासंघबाट एकजना पदाधिकारीको संयोजनमा दुईजना कार्यसमिति सदस्यहरु दैनिकरुपमा स्वयमसेवी हिसावले खट्ने गरेका छन् । सोमबार संघका महासचिव प्रमोद सिंह रानाभाटको संयोजन रहेको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback