News & Events »

अक्सिजन सहयोग जारी, आइतबार ३ जनालाई सहयोग (२०७८ आषाढ ६)

COVID Help Desk3.06

मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्व र विभिन्न सामाजिक संस्थाहरुको सहकार्यमा गठन गरिएको कोभिड हेल्प डेस्क मकवानपुरले हेटौंडा–२ मा संचालन गरेको पल्पसा आइसोलेशन सेन्टरमा हालसम्म कुल ३६ जना भर्ना हुनुभएको छ । जसमा १६ जना संक्रमित उपचाररत मध्ये आइतबार एकजना नयां संक्रमित भर्ना हुन आउनु भएको छ भने दुईजनालाई विदाई गरिएको छ । विदाई कार्यक्रममा हेल्प डेस्कका सदस्य सरोज खनालले मन्तव्य राख्नु भएको थियो भने हेल्प डेस्कका सदस्यहरु भुवनलाल श्रेष्ठ, शंकरलाल श्रेष्ठ, मउवासंघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, उपाध्यक्ष रामप्रसाद न्यौपानेलगायतले खादा, पुष्पगुच्छा प्रदान गरी विदाई गर्नुभएको थियो ।

कोभिड हेल्प डेस्क मकवापुरको सचिवालय मकवानपुर उद्योग वाणिज्य संघबाट आइतबार प्राप्त नयां संक्रमितको सुचीबाट ४ जना कोभिड संक्रमितहरुसंग फोनमार्फत सम्पर्क गरिएको छ । उहांहरु सबै घरमै रहेको बताउनु भएको थियो । हेल्प डेस्कबाट नियमितरुपमा फोन सम्पर्क गरी संक्रमितको अवस्था बुझ्ने, रायसुझाव दिने, समस्या भएमा हेल्प डेस्कमा सम्पर्क गर्न र पल्पसा आइसोलेशन सेन्टरमा स्वास्थ्य लाभको लागि आउन पनि आग्रह गर्ने गरिएको छ ।
हेल्प डेस्कबाट आइतबार तीन सिलिण्डर अक्सिजन सहयोग गरिएको छ । हेटौंडा–५, पिप्लेका एकजना, हेटौंडा–१२, पानतलेका एकजना र बकैया ५, दहीदमारका एकजनालाई अक्सिजन सहयोग गरिएको हो ।

नेकपा माओवादी केन्द्र, मकवानपुर जिल्ला समितिबाट कोभिड हेल्प डेस्क मकवानपुरलाई आइतबार सहयोग प्रदान भएको छ । सहयोग अन्तर्गत एन ९५ माक्स २४० थान र नगद रु. ५५,०००।– रहेको थियो । बागमती प्रदेश सभा सदस्य तथा नेकपा माओवादी केन्द्रका जिल्ला समिति अध्यक्ष प्रेम बहादुर पुलामी छिन्तुलगायत नेकपा माओवादी केन्द्रका अन्य व्यक्तित्वहरुको पनि उपस्थिति रहेको थियो । हेल्प डेस्कका सदस्य सरोज खनालले संचालन गर्नुभएको सहयोग हस्तान्तरण कार्यक्रममा सांसद प्रेम बहादुर पुलामी छिन्तुले पल्पसा आइसोलेशन सेन्टरका संयोजक भुवनलाल श्रेष्ठलाई सहयोग हस्तान्तरणपश्चात मन्तव्य राख्नु भएको थियो ।

COVID Help Desk3.06 (1)
हेल्प डेस्कलाई हेटौंडा ढुवानी एशोसिएशनबाट आइतबार सहयोग प्राप्त भएको छ । एशोसिएशनले हेल्प डेस्कलाई नगद रु. ३०,०००।– सहयोग गरेको हो । एशोसिएशनका अध्यक्ष प्रदिप अर्याल, बाबुराम घिमिरे, शिव प्रसाद खतिवडा, इश्वर दहाल, कमल प्रसाद विडारी, रमेश अधिकिारी, गोविन्द दहाल, नकुल धिताल, सुर्क प्रजा, सुर्यलाल श्रेष्ठ, सुनिल श्रेष्ठ, रत्नलाल श्रेष्ठ, जगदिस दहाल, शंकर बहादुर राउतलगायतको उपस्थिति रहेको थियो । अध्यक्ष अर्यालले सहयोग हस्तान्तरणपश्चात मन्तव्य राख्नु भएको थियो । दुवै सहयोग हस्तान्तरण कार्यक्रममा हेल्प डेस्कका सदस्य सरोज खनाल, सचिवालय संयोजक कृष्ण कुमार गुप्ता, हेल्प डेस्कका सदस्यहरु भुवनलाल श्रेष्ठ, श्याम सुन्दर ढकाल, ज्ञानेन्द्र कार्की, अञ्जली थापा, मउवासंघका उपाध्यक्ष राम प्रसाद न्यौपाने, कोषाध्यक्ष अनिल अग्रवाल, सदस्यहरु कुल प्रसाद चौलागाई, बालकुमार मल्ल ठकुरी, क्यान महासंघका अध्यक्ष पुष्पराज पुडासैनीलगायतको उपस्थिति रहेको थियो ।

पल्पसा आइसोलेशन सेन्टरलाई व्यवस्थितरुपमा संचालन गर्न मउवासंघबाट एकजना पदाधिकारीको संयोजनमा दुईजना कार्यसमिति सदस्यहरु दैनिकरुपमा स्वयमसेवी हिसावले खट्ने गरेका छन् । आइतबार संघका उपाध्यक्ष रामप्रसाद न्यौपानेको संयोजन रहेको थियो ।



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback