News & Events »

कानून संशोधन आजको आवश्यकता–मुख्यमन्त्री पौडेल । हेटौंडा, फागुन १८

प्रदेश नम्बर ३ का मुख्य मन्त्री डोरमणी पौडेलले हालको प्रशासनिक संयन्त्र चित्तबुझ्दो नभएको बताएका छन् । मकवानपुरका निजी क्षेत्रले आज हेटौंडामा गरेको सम्मान कार्यक्रममा मुख्यमन्त्री पौडेलले सो कुरा बताएका हुन् । देश संघीयतामा गैसके पनि कतिपय नियम कानून् पुरानै रहेकोले ती सबैमा परिवर्तनको आवश्यकता रहेको बताएका छन् । प्रदेशहरुले आफ्ना नीति नियम नपाउदा चाहे जसरी आफूहरुले काम गर्न नपाएको बताएका थिए ।  
जिल्लाको उद्योग वाणिज्य संघ, नारायणी यातायात व्यवसायी संघ र निर्माण व्यवसायी संघहरुले संयुक्त रुपमा गरेको सम्मान कार्यक्रममा मुख्यमन्त्री पौडेलले भन्नु भयो, अब चाँडै नै प्रशासनिक संयन्त्र चुस्त राख्न दरिलो कानूनी व्यवस्था तयार हुदैछ । हाल प्रदेश नम्बर ३ मा सरकारले निजामति कर्मचारी खटाएको भएपनि कतिपय मन्त्रालयहरुमा अझै पनि सरकारी आदेशको अटेर गरी सम्बन्धित कार्यालयमा कर्मचारी आईपुगेकै छैनन् । आफ्नो मन्तव्यको धेरै समय सरकारी कर्मचारी प्रति कटाक्षमा बिताएका पौडेलले कर्मचारीमा समेत पुरानै मानसिकता रहेको र केन्द्रीय राजधानी काठमाडौंमा नै आफूहरुको सरुवा थमौतिका लागि कर्मचारीहरु राजनैतिक दलहरुको दैलो पुगीरहेकोले जनताको सेवा गर्न कठीनाई भएको दाबी समेत गरेका छन् । थिए । कार्यक्रमलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले पनि सम्बोधन गरेका थिए ।
मकवानपुर उद्योग वाणिज्य संका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा भएको सो सम्मान कार्यक्रममा मकवानपुरबाट प्रतिनिधि सभा सदस्य कृष्णप्रसाद दहाल, प्रदेश नम्बर ३ का सभामुख सानुकुमार श्रेष्ठ, मकवानपुरका प्रदेश सभा सदस्य कुमारी मोक्तान, प्रेमबहादुर पुलामी, ओम घलान लगायतको सहभागिता थियो । सम्मान कार्यममा नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठ, निर्माण व्यवसायी संघका बरिष्ठ उपाध्यक्ष बालकुमार मल्लसहितले मन्तव्य राखेको सो कार्यक्रममा सभा अध्यक्ष कटुवालले आफ्नो मन्तव्यमा व्यवसायीहरुको समस्या र चुनौति तर्फ प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए ।   
(अन्तिमको टोपी लगाएको बाईट क्लिप्स अध्यक्ष कटुवालको हो)