News & Events »

२०७३ मउवासंघको स्वागत कार्यक्रम सम्पन्न ।

भाद्र २३ । हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघले आज वालिङ्ग उद्योग वाणिज्य संघको भ्रमण टोलीलाई स्वागत कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला तथा नगर उद्योग वाणिज्य संघको गतिविधि तथा आगामी दिनमा सहकार्य गरेर अघि बढ्ने उद्देश्यले वालिङ्ग उवासंघका अध्यक्ष शोभाकान्त पौडेलको नेतृत्वमा भ्रमण टोली हेटौंडा आईपुगेको हो । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा सम्पन्न स्वागत कार्यक्रममा संघहरुका वीच एकता सहकार्य भएमा उद्योगी व्यवसायी लगायत सम्पूर्ण नागरिकहरुलाई नै फाईदा पुग्ने बताउनु भयो । स्वागत कार्यक्रममा वालिङ्ग उवासंघका अध्यक्ष शोभाकान्त पौडेलले आफ्ना क्षेत्रमा अनुकरणीय काम गरेका उद्योग वाणिज्य संघहरुको अनुभव साटासाट गर्दै संघको आयआर्जन बृद्धिमा सघाउ पुर्याउने उद्देश्यले भ्रमणको आयोजना गरिएको बताउनु भयो ।  भ्रमण टोलीमा वालिङ्ग नगर पालिकाका कार्यकारी अधिकृत सुरत पोखरेल, महासचिव गिरमान गुरुङ्ग महिला उद्यमी संयोजक कविता भुषाल, बरिष्ठ उपाध्यक्ष अनन्तराज पोखरेल, सल्लाहकारद्वय केदार काफ्ले र रुपा थापा, कोषाध्यक्ष सुदन श्रेष्ठ, सह–कोषाध्यक्ष यमप्रसाद अधिकारी, कार्यकारी सचिव बाबुराम पोखरेल लगायत २८ जनाको सहभागिता रहेको छ । मउवासंघका बरिष्ठ उपाध्यक्ष कृष्ण कटुवाल, उपाध्यक्ष कृष्ण कुमार गुप्तासहित कार्य समितिका सदस्यहरुको समेत सहभागिता रहेको थियो । स्वागत कार्यक्रमलाई स्वागत गर्दै वालिङ्ग नपाका कार्यकारी अधिकृत सुरत पोखरेलले मकवानपुरमा रहेको विज्ञापन कर संकलन कार्यलाई आफूले पनि लागू गर्ने बताउनु भयो । आज वालिङ्गबाट शुरु भएको भ्रमण टोलीले बुटबल, रत्ननगर उवासंघ लगायत विभिन्न ९ वटा वाणिज्य संघहरुको भ्रमण गरी भाद्र ३० गते उद्योग वाणिज्य महासंघमा अन्तक्र्रिया गरी भ्रमण सम्पन्न हुनेछ ।