Notices »

हेटौंडा बसोबास संरक्षण समितिको अनिश्चितकालीन आमहडताल सम्बन्धी सूचना

पुर्खौदेखि राज्यलाई तिर्नुपर्ने सम्पूर्ण कर, पोत तिरी भोगचलन गर्दै आईरहेको व्यक्तिको निजी सम्पत्तिलाई सडक ऐनको हवाला दिंदै जग्गा प्राप्ति ऐनको बर्खिलाप हुने गरी प्रहरी प्रशासनको घेराबन्दीमा जबरजस्ती अन्यायपूर्ण रुपमा घरजग्गा कब्जा गर्ने कार्यको यस समिति घोर भत्र्सना गर्दछ ।
सडक डिभिजन कार्यालय, हेटौंडाले मिति २०७३ माघ ५ गते नयाँ पत्रिका राष्ट्रिय दैनिकलगायत विभिन्न संचारमाध्यममा निजी घरहरु भत्काउन समय अपुग भएमा म्याद थपको लागि १५ दिनको समय दिई आव्हान गर्ने सूचना एकातर्फ प्रकाशित गर्ने र अर्कोतर्फ माघ ६ गते नै निजी घर भत्काउने कार्य यथावत राख्ने विरोधाभाषपूर्ण कार्यशैलीको पनि यस समिति घोर भत्र्सना गर्दछ । सांकेतिक रुपमा केही घरधनीहरुले सम्माननीय सर्वोच्च अदालतबाट अल्पकालीन अन्तरिम आदेश ल्याईसकेको र सोको न्यायिक समाधान नभएसम्म भत्काउने कार्य रोकिनु पर्नेमा प्रहरी प्रशासनको दमनमा निजी सम्पत्तिमाथि डोजर चलाउनु आपैmमा गैरन्यायिक छ । दमनको क्रममा पूर्वसांसद वीरबहादुर लामा, मकवानपुर उद्योग वाणिज्य संघका महासचिव महेन्द्र राउतलगायत दुई दर्जनभन्दा बढी पीडितहरु घाईते बनाईएको, किनमेल गर्न बजार आएका सर्वसाधारणलाई प्रहरीद्वारा कुटपिट गरी पक्राउ गरिएको, प्रहरी प्रशासन आपैmले नगरमा पार्किङ्ग गरिएका मोटरसाईकलहरुमाथि तोडफोड गरिएको कार्यको घोर विरोध गर्दै निजी सम्पत्तिमाथि हुन लागेको गैरकानूनी कब्जा र प्रहरी प्रशासनको दमन र ज्यादतीको विरोधमा यस समितिको आयोजनामा यही माघ ७ गतेबाट यातायात, शैक्षिक संस्था, उद्योग व्यवसाय अनिश्चितकालीन बन्द गरी आमहडतालको आव्हान गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीकोलागि अनुरोध छ । अनिश्चितकालीन आमहड्तालमा सहभागी हुन मकवानपुरका सम्पूर्ण घरधनी, उद्योगी, व्यवसायी, विभिन्न संघसंस्था, यातायात व्यवसायीहरुमा हार्दिक अपील गर्दछौं ।

हेटौंडा बसोबास संरक्षण समिति
हेटौंडा, मकवानपुर