News & Events »

हेटौंडा, जेष्ठ ८ । मकवानपुर उद्योग वाणिज्य संघ, महिला उद्यमी विकास समितिको अध्ययन अवलोकन भ्रमण

हेटौंडा, जेष्ठ ८ । मकवानपुर उद्योग वाणिज्य संघ, महिला उद्यमी विकास समितिको अध्ययन अवलोकन भ्रमण टोली ५ दिने अवलोकन भ्रमण पूरा गरी आज हेटौंडा फर्किएको छ । गते ४ गते देशको पूर्वी जिल्ला भ्रमण क्रममा विभिन्न उद्योग वाणिज्य संघहरुसँग महिला उद्यमीहरुको विकास तथा रोजगार विषयमा अन्तक्र्रिया समेत गरेको थियो । संघका अध्यक्ष राजकुमार न्यौपानेको नेतृत्वमा गएको भ्रमण टोलीले भारतको सिक्कम, दार्जिलिङ्ग अवलोकनका साथै, पूर्वी जिल्लाका इलाम, झापा, सुनसरी, सिरहाका संघहरुमा अन्तक्र्रिया गरेको समितिकी सभापति निलम पाण्डेले जानकारी दिनु भएको छ । अवलोकन भ्रमण पछि, यस्ता भ्रमणले महिला नेतृत्व तथा व्यावसायिक विकासमा सघाउ पुग्ने भ्रमण टोलीका सदस्य उपाध्यक्ष कृष्ण अग्रवालले बताउनु भएको छ । अध्ययन अवलोकनका लागि झण्डै डेढ दर्जनको सहभागिता रहेको थियो ।