News & Events »

स्वागत कार्यक्रम सम्पन्न (2074.01.04)

मकवानपुर उद्योग वाणिज्य संघमा आवद्ध क्रियाशिल महिला उद्यमीहरुले एक कार्यक्रम आयोजना गरी नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा संघका अध्यक्ष राजकुमार न्यौपाने निर्वाचित हुनुभएकोमा सम्मान स्वरुप सोमबार स्वागत कार्यक्रमको आयोजना गरेको छ ।
चैत्र २८ र २९ गते सम्पन्न नेपाल उद्योग वाणिज्य महासंघको ५१ औं साधारण सभा तथा अधिवेशनबाट कार्यकारिणी सदस्यमा न्यौपाने निर्वाचित भएका हुन् । दशकौंको अवधिपछि महासंघमा निर्वाचित प्रतिनिधित्व मकवानपुर जिल्लाको तर्फबाट हुन पाउनु जिल्लाको उद्योग वाणिज्य क्षेत्रको तर्फबाट गर्वको विषय बनेकाले सहर्ष स्वागत कार्यक्रम गरिएको र यसले महिला उद्यमीको प्रतिनिधित्व महासंघमा सुनिश्चित गराउन सक्ने बातावरण पनि बनेको कार्यक्रममा चर्चा गरिएको थियो ।
केन्द्रीय सदस्य न्यौपानेले महिला उद्यमीको विकासलगायत जिल्ला भित्र थप उद्योगहरु स्थापना गर्न आफ्नो भूमिका रहने बताएका छन् । महिला उद्यमी विकास समितिका सभापति निलम पाण्डेको सभाध्यक्षतामा भएको स्वागत कार्यक्रममा महिला उद्यमी विकास समितिका पूर्व सभापति सरिदी श्रेष्ठ, निवर्तमान कावा सभापति देवकुमारी ढकाल, सदस्य लक्ष्मी ढकालले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा संघका महासचिव महेन्द्र राउत, कार्यसमिति सदस्य उज्वल चौलागाई, महिला उद्यमी उपसभापति रविलक्ष्मी श्रेष्ठ, कोषाध्यक्ष कमला श्रेष्ठ, सदस्यहरु विद्या गिरी, पारु प्रधान, विमला ढकाल, यम कुमारी श्रेष्ठ र संघका कार्यकारी सचिव विवेक मानन्धरलगायतको उपस्थिति रहेको थियो ।