News & Events »

संघले मकवानपुर प्रहरी प्रमुखको स्वागत गर्यो । भाद्र ४, हेटौंडा

जिल्ला स्तरीय कार्यालयमा आउने नयाँ कार्यालय प्रमुखहरुलाई स्वागत गर्ने परम्परा अनुसार मकवानपुर उद्योग वाणिज्य संघले मकवानपुर प्रहरी प्रमुखलाई आज एक कार्यक्रमका बीच स्वागत गरेको छ । केही दिन अघि मात्र जिल्ला प्रमुखका रुपमा आएका प्रहरी उपरीक्षक विकासराज खनाललाई संघले स्वागत गरेको हो । संघका अध्यक्ष राजकुमार न्यौपानेको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा बजारको सिसी टीभी क्यामेरा व्यवस्थापन, लागूऔषध आसारपसार नियन्त्रण, औद्योगिक सुरक्षा लगायत विषयमा छलफल समेत गरिएको थियो ।
कार्यक्रममा संघका अध्यक्ष न्यौपानेले समग्र जिल्लाको व्यवसायिक गतिविधि तथा प्रहरीसँग संघको सहकार्यको विषयमा आफ्नो मन्तव्य राखेका थिए । आज सम्पन्न स्वागत कार्यक्रममा प्रहरी उपरीक्षक खनालले प्रहरी एक्लैले मात्र सबै समस्या न्युनिकरण गर्न नसने हुनाले यसका लागि जिल्लाका व्यवसायी समेतको सहकार्य आफूले अपेक्षा गरेको बताएका छन् । कार्यक्रममा बोल्दै उपरीक्षक खनालले शान्ति सुरक्षा कायम गर्न दबाब र प्रभावमा नपरी विकृति विसंगति हटाउन आफू प्रतिबद्ध रहेको बताएका छन् । वस्तुगत संघका तर्फबाट कुमार पौडेल, संघका कोषाध्यक्ष प्रमोदसिंह रानाभाट, पश्चिमी क्षेत्रका सभापति गोविन्द रिजाल, होटल एशोसियसनका भगिरथ शर्मालगायतले मन्तव्य राखेका थिए । संघका महासचिव महेन्द्र राउतले सञ्चालन गरेको कार्यक्रममा संघका कार्यसमिति सदस्य, विभिन्न वस्तुगत संघका प्रतिनिधि, सञ्चारकर्मी, कर्मचारीहरुको उपस्थिति रहेको थियो । प्रहरी उपरीक्षक खनाल यस अघिका प्रहरी प्रमुख बसन्त कुमार लामाको सरुवापछि मकवानपुर प्रहरी प्रमुखका रुपमा आएका हुन् ।