News & Events »

संघले प्रतिक्षालय निर्माण गर्यो । हेटौंडा, फाल्गुण २० ।

मकवानपुर उद्योग वाणिज्य संघको ५० औ बार्षिक साधारण सभा तथा स्वर्ण महोत्सवको अवसरमा आयोजित साप्ताहिक कार्यक्रम अन्तर्गत हेटौडाको राप्ति तटमा प्रतिक्षालय निर्माण गरेको छ । संघको स्वर्ण महोत्सव मूल समितिका संयोजक उत्तम शर्मा ढकालको अध्यक्षता तथा माननीय महालक्ष्मी डिना उपाध्यायको प्रमुख आतिथ्यतामा भएको प्रतिक्षालय उद्घाटन कार्यक्रममा प्रमुख अतिथि उपाध्यायले यस्ता समाजिक कार्यमा लागि थप सहयोगका लागि सम्बन्धित निकायमा आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै संघका अध्यक्ष राजकुमार न्यौपानेले सार्वजनिक भौतिक संरचनाहरु निर्माण सम्पन्न पछिको संरक्षण चुनौतिपूर्ण रहेकोले यस विषयमा नगरपालिकाले समेत ध्यान दिन आग्रह गर्नु भएको थियो । हिन्दु संस्कार अनुसार मृत्यु पछिको अन्तिम संस्कार गर्न राप्ति तटमा लैजादा सो क्रममा मलामीहरुका लागि घामपानीमा ओत लाग्न सहयोग पुग्ने अभिप्रायले संघले प्रतिक्षालय निर्माण गरेको संघका वरिष्ठ उपाध्यक्ष तथा प्रतिक्षालय निर्माण संयोजक कृष्ण कटुवालले बताउनु भएको छ । कार्यक्रममा मध्यमाञ्चल वाणिज्य महासंघका अध्यक्ष अरुण सुमार्गी, मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायण शर्मा दवाडी, माननीय सांसद सरिता प्रसाईं (झापा), हेउनपाका विके महर्जन, भीम तिमल्सिना, संघका पदाधिकारी तथा सदस्य, कर्मचारी लगायतको सहभागिता रहेको थियो । करीब ४ लाख भन्दा बढी निर्माण खर्च लागेको उक्त प्रतिक्षालय निर्माण सम्पन्न गर्न संघले कृष्ण कटुवालको संयोजकत्वमा लबशेर विष्ट, सन्तोष अर्याल, विष्णु गोपाल महर्जजन, सदस्य रवि कडेल शर्माको निर्माण उपसमिति गठन गरेको थियो । भोलि फागुन २१ गते शनिबार संघको स्वर्ण महोत्सव तथा ५० औं वार्षिक साधारण सभा पल्पसा हलमा हुने संघका महासचिव महेन्द्र राउतले जानकारी दिनु भएको छ ।