News & Events »

संघको महिला सभापतिमा बैद्य । हेटौंडा, माघ ११

मकवानपुर उद्योग वाणिज्य संघको महिला सभापतिमा कार्य समिति सदस्य निलम बैद्य चयन भएकी छिन् । संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा अघिल्लो कार्य समितिकी महिला सभापति तथा वर्तमा कार्य समितिकी सदस्य निलम पाण्डेले एक कार्यक्रमका बीच सो पद हस्तान्तरण गरेकी हुन् । कार्यक्रममा संघका अध्यक्ष कटुवालले समितिले आगामी दिनमा गर्ने सबै तालिम, गोष्ठी, व्यावसायिक भ्रमण लगायतमा पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
    आज भएको कार्यक्रममा निवर्तमान सभापति पाण्डेले आफ्ना कार्यकालमा भए गरेका विभिन्न गतिविधिलाई सारांशमा प्रस्तुत गरेकी थिईन् । पद हस्तान्तरण पछि बोल्दै सभापति बैद्यले आफ्नो कार्यकालका लागि १३ जनाको कार्यसमिति सहित आवश्यकता अनुसार अन्य क्षेत्रगत उपसमिति गठन गर्ने जानकारी दिएकी छिन् । संघमा भएको सो कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, उपाध्यक्ष गणेश भेटुवाल, रामप्रसाद न्यौपानेले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा संघका सचिव÷प्रवक्ता काव्यमणि अधिकारी, सदस्य प्रतिमा श्रेष्ठ, महिला समितिका पूर्व सभापति, सदस्यहरुको उपस्थिति रहेको थियो ।