News & Events »

संघको पत्रकार भेटघाट सम्पन्न । हेटौडा, माघ ९ ।

हाल हेटौडा बजार क्षेत्रमा भईरहेको २५ मीटर सडक विस्तारको विषय माथि मकवानपुर उद्योग वाणिज्य संघको आधिकारिक धारणाका लागि संघको कार्यसमितिको बोर्ड बैठकको निर्णय पत्रकार भेटघाट मार्फत सार्वजनिक गरिएको हो ।
संघका बरिष्ठ उपाध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा भएको आजको पत्रकार भेटघाटमा कटुवालले केही दिनमा नै प्रभावित व्यवसायीहरुको लगत संकलन गर्ने र २५ मिटर सडक विस्तार गर्नु परेमा घरधनीलाई मुआब्जा र व्यवसायीहरुलाई स्थान्तरणका लागि पर्याप्त समय दिनु पर्ने संघको धारणा रहेको बताउनु भएको थियो । कार्यक्रममा संघका उपाध्यक्ष कृष्ण अग्रवाल, कासस माधव न्यौपाने, काव्यमणी अधिकारी, छतेन्द्र आचार्य, रवि कंडेललगायतको सहभागिता रहेको थियो । भेटघाट कार्यक्रममा पत्रकारहरुको जिज्ञासा तथा प्रश्नहरुको उत्तरलाई बरिष्ठ उपाध्यक्ष कृष्ण कटुवालले संघको तर्फबाट सहजीकरण गर्नु भएको थियो ।