News & Events »

संघको चियापान सम्पन्न । हेटौंडा, आश्विन ३१

मकवानपुर उद्योग वाणिज्य संघले अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । प्रत्येक बर्ष बडादशैं पछिको नेपालीहरुको दोश्रो ठूलो चाड तिहार, नेपाल सम्वत् तथा छठपर्वको अवसरमा कार्यक्रम गर्ने परम्परा मुताविक यस बर्षको सो कार्यक्रम आज सम्पन्न गरेको हो । कार्यक्रममा जिल्लाका विभिन्न राजनैतिक दल, सरकारी, गैर सरकारी, संघ, संस्थाका प्रतिनिधि लगायत संघका पदाधिकारी, सदस्य, सल्लाहकार, सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।