News & Events »

संघको कार्यशाला भोलिबाट सौराहामा शुरुहुने । हेटौंडा, माघ १८

मकवानपुर उद्योग वाणिज्य संघको आगामी ३ बर्षे रणनीति तथा कार्ययोजना सम्बन्धि कार्यशाला गोष्ठी भोलि माघ १९ देखि २० गतेसम्म चितवनको सौराहामा हुने भएको छ । संघका अध्यक्ष कृष्ण कटुवालको नेतृत्वमा कार्यसमितिका सम्पूर्ण पदाधिकारी सहित जिल्ला समन्वय समिति मकवानपुर, हेटौंडा उपमहानगरपालिका, उद्योग संघ मकवानपुर, नारायणी यातायात व्यवसायी संघ र मकवानपुर निर्माण व्यवसायी संघको समेत सहभागिता रहने संघका प्रवक्ता काव्यमणी अधिकारीले जनाएका छन् ।
कार्यशालामा संघका पूर्व अध्यक्ष, सल्लाहकार सहित करीब ४५ जनाको सहभागिता रहनेछ । संघको निर्वाचन पश्चात नयाँ कार्यसमिति आए पछि प्रत्येक ३÷३ बर्षमा कार्यशाला गोष्ठी हुँदै आएको छ ।  
कार्यशाला गोष्ठीको क्यानका पूर्व केन्द्रीय सदस्य विप्लवमान सिंहले सहजीकरण गर्ने र गोष्ठीमा आगामी ३ बर्ष भित्र संघले गर्ने कार्ययोजनाको विषयमा छलफल हुने जनाईएको छ ।