News & Events »

संघको अधिबेशन पौष १५ बाट, उपाध्यक्षमा भण्डारी आए । हेटौंडा, कार्तिक १७ ।

मकवानपुर उद्योग वाणिज्य संघको ५१ औं बार्षिक साधारण सभा तथा अधिबेशन आगामी पौष १५, १६ र १७ गते गर्ने निर्णय गरेको छ । आज बसेको संघको नियमित बैठकले सर्वसम्मत रुपमा विशेष कारणबश सो मितिमा अधिबेशन गर्ने निर्णय गरेको हो । यस अघि संघले पौष २७, २८ र २९ गते गर्ने निर्णय गरेको थियो ।
यसै गरी आजकै बैठकले संघको रिक्त उपाध्यक्ष पदमा उज्वल शर्मा भण्डारीलाई चयन गरेको छ । संघका तत्कालीन उपाध्यक्ष लबशेर विष्ट थाहा नगरपालिकामा गत स्थानीय चुनाबबाट नगर प्रमुखमा निर्वाचित भएपछि उनले सो पदबाट राजीनामा दिएसँगै उपाध्यक्ष पद रिक्त रहदै आएको थियो ।