Notices »

व्यवसाय तथा विज्ञापन कर चुक्ता गर्नुपर्ने सम्वन्धी जरुरी सूचना ।

मकवानपुर उद्योग वाणिज्य संघ र हेटौंडा उपमहानगरपालिका कार्यालय वीच स्वायत्त शासन ऐन २०५६ बमोजिम सार्वजनिक निजि साझेदारी (पिपिपि) अवधारणा अन्तर्गत भएको सम्झौता मुताविक नगरक्षेत्र भित्र विभिन्न उद्योग/फर्म/कम्पनीवाट गरिएकोे व्यावसायिक विज्ञापन (साईन वोर्ड, पर्चा, पम्प्लेट, तुल व्यानर, लाईट वोर्ड, वाल पेन्ट, सटरपेन्ट, होर्डिङ वोर्ड आदि) राख्नु पूर्व यस संघको स्वीकृति लिएर मात्र राख्न हार्दिक अनुरोध गरिन्छ । अनुगमनको क्रममा विना स्वीकृति विज्ञापन गरेको पाइएमा त्यस्ता विज्ञापनहरु हटाइने व्यहोरा सम्बन्धित सम्पूर्ण व्यवसायीहरुमा जानकारी गराइन्छ ।
कुनै पनि उद्योग/फर्म/कम्पनीवाट नगर क्षेत्र भित्र आफ्नो व्यवसाय सञ्चालन गर्नु पुर्व उपर्युक्त ऐन बमोजिम हेटौंडा उपमहानगरपालिकामा व्यवसाय करमा दर्ता गरेर मात्र व्यवसाय गर्नु पर्ने प्रावधान भएको हुदा व्यवसाय करमा दर्ता हुन र व्यवसाय कर चुक्ता गर्न बाकी सम्पूर्ण व्यवसायीहरुले सिघ्र कर चुक्ता गर्नुहुनसमेत यसै सूचनाबाट जानकारी गराइन्छ ।


मकवानपुर उद्योग वाणिज्य संघ ।
हेटौंडा ।
०५७–५२०३१०, ५२३३१०