News & Events »

व्यवसायिक तालिमका बारे अन्तक्र्रिया सम्पन्न । हेटौंडा, जेष्ठ १० ।

मकवानपुर उद्योग वाणिज्य संघको आयोजना तथा राष्ट्रसंघको सीप विकास कार्यक्रमको सहकार्यमा मकवानपुरमा दक्ष जनशक्ति तयार विषयक अन्तक्र्रिया सम्पन्न भएको छ । संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका विभिन्न व्यवसायिक संघहरुका प्रतिनिधिको सहभागिता रहेको थियो । अन्तक्र्रिया कार्यक्रममा नेपाल सरकारले २०६९ मा तयार पारेको व्यवसायिक तालिम नीति तथा योजनाको कार्यान्वयन तथा प्रभावकारिताका विषयमा सहभागिहरुसंग अन्तक्र्रिया गरिएको थियो । कार्यक्रममा नेपाल सरकारका पूर्वसचिव महाश्रम शर्माले सरकारको व्यवसायिक तालिम र सीपको नीतिलाई अब आउने दिनमा कसरी बढी प्रभावकारी बनाउने भन्ने विषयमा सम्बन्धित क्षेत्रका व्यक्तिहरुबाट नै सुझाव संकलन गर्नका लागि कार्यक्रम गरिएको प्रष्ट पार्नु भएको थियो ।
कार्यक्रममा राष्ट्रसंघ स्कील प्रोग्रामका डा. हरि प्रधान, राजेन्द्र श्रेष्ठ, विभिन्न वस्तुगत संघका प्रतिनिधि, संघका महासचिव महेन्द्र राउत, सदस्य विष्णुगोपाल महर्जन, शान्तिराम धिमाल, घरेलु तथा साना उद्योगका प्रणय प्रसाद अर्याल, संघका कार्यकारी सचिव विवेक मानन्धर लगायतको सहभागिता रहेको थियो ।