News & Events »

रामपुर उवासंघको स्वागत हेटौंडामा । कार्तिक ७, हेटौंडा ।

मकवानपुर उद्योग वाणिज्य संघले आज रामपुर उद्योग वाणिज्य संघको भ्रमण टोलीलाई स्वागत गरेको छ । संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा स्वागत कार्यक्रम सम्पन्न भएको हो । देशका विभिन्न उद्योग, कलकारखानाको अवलोकन सहित उवासंघसँग समेत व्यवसायिक विषयमा अन्तक्र्रिया गर्दै सो भ्रमण टोली मकवानपुर आईपुगेको हो । स्वागत कार्यक्रममा एकापसी हितको विषयमा समेत छलफल भएको थियो भने भ्रमण टोलीले भोलि बुधबार हेटौंडा औद्योगिक क्षेत्रका केही उद्योगहरुको अवलोकन गर्ने जनाईएको छ । रामपुर उवासंघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालको नेतृत्वमा २४ जना भ्रमण सदस्यहरु रहेका छन् ।  
संघका सचिव उज्वल चौलागाईले सञ्चालन गरेको सो स्वागत कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष कृष्ण कटुवाल, महासचिव महेन्द्र राउत, पश्चिमी क्षेत्र समितिका सभापति गोविन्द रिजाल, सदस्य माधव न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।