Notices »

योग शिविरमा सहभागि हुन हार्दिक आमन्त्रण (2073.03.01)

अन्तर्राष्ट्रिय योग दिवशको अवसरमा मकवानपुर उद्योग वाणिज्य संघ तथा भारतीय महावाणिज्य दुताबास, श्रीपुर, वीरगंजको संयुक्त आयोजनामा निम्न  मिति, समय र स्थानमा भारतीय योग गुरुवाट प्रशिक्षण हुने योग शिविर कार्यक्रममा  सम्पूर्ण उद्योगी/व्यवसायी तथा ईच्छुक महानुभावहरु सहभागि भई लाभ उठाउनुहुन हार्दिक आमन्त्रण गर्दछौं ।

निम्नः
मिति : २०७३ आषाढ २ गते विहीवार ।
समय : विहान ६ः०० देखि ८ः०० वजेसम्म ।
स्थान : पल्पसा सभागृह, हेटौंडा–२ ।

(नोटः कार्यक्रमपश्चात अमृत भोजनको समेत व्यवस्था गरिएको छ  र योगको लागि म्याटको व्यवस्था आफैले गर्नुपर्ने छ ।)
                          

                       मकवानपुर उद्योग वाणिज्य संघ ।
                            हेटौंडा—२ , चेम्वरमार्ग ।
                          ०५७–५२०३१०/५२३३१०