News & Events »

मूल्य सूची बोर्ड मनहरीमा वितरण सम्पन्न । आश्विन २५ ।

मकवानपुर उद्योग वाणिज्य संघले आज एक कार्यक्रमका बीच संघको पश्चिमी क्षेत्र, मनहरीमा निःशुल्क मूल्य सूची बोर्ड वितरण गरेको छ । संघका अध्यक्ष राजकुमार न्यौपानेको प्रमुख उपस्थितिमा संघले तयार गरेको मूल्य सूची बोर्ड वितरण गरिएको हो । कार्यक्रममा अध्यक्ष न्यौपानेले प्रशासनले गर्ने अनुगमनका क्रममा मूल्य सूची नभएका कारण पनि व्यवसायीहरु कार्वाहीमा पर्ने भएकोले आफ्ना सदस्यहरुलाई सो वोर्ड वितरण गरिएको बताएका छन् । संघका महासचिव महेन्द्र राउतले मूल्य सूची राखी सकेपछि नयां आएको परिमार्जित मूल्यलाई उल्लेख गर्न बिर्सन नहुने, अन्यथा सोही कारण अनुगमनको क्रममा व्यवसायी कार्वाहीमा पर्न सक्ने भएकोले यस प्रति ध्यान पुर्याउन व्यवसायीहरुलाई आग्रह गरेका थिए । कार्यक्रममा संघको पश्चिमी क्षेत्रका सभापति गोविन्द रिजालले मनहरी लगायत आसपासका क्षेत्रका व्यवसायीहरुको सुविधाका लागि वितरण गरिएको मूल्य सूची बोर्डको आजैबाट कार्यान्वयन गरिने बताएका थिए । मूल्य रकम पुनर्लेखन गर्न सकिने करीब ७० हजार रुपैयां खर्च गरि तयार गरिएका बोर्डहरु मध्ये करीब २ सय थान पश्चिमी क्षेत्रमा वितरण गरिएको हो । कार्यक्रममा पश्चिमी क्षेत्र समितिका पदाधिकारी, सदस्य लगायत स्थानीय व्यवसायीहरुको उपस्थिति रहेको थियो ।