News & Events »

मनाइयो उद्योग वाणिज्य दिवस २०७३

मकवानपुर उद्योग वाणिज्य संघले सोमबार एक कार्यक्रम आयोजना गरी उद्योग वाणिज्य दिवस २०७३ मनाएको छ । हरेक वर्ष चैत्र २८ गते उद्योग वाणिज्य दिवस नेपालभर मनाउने गरिन्छ । यसै बीच संघले मामाघर नेपालमा आश्रित असहाय वालवालिकाहरुको लागि एक दिनको खाना बराबरको सामाग्री सहयोग गरी मनाएको हो । संघका वरिष्ठ उपाध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा कार्यक्रम गरिएको थियो । कार्यक्रममा संघका उपाध्यक्ष लवशेर विष्ट, विष्णु खनाल, कोषाध्यक्ष प्रमोद सिंह रानाभाट, सचिव दिवस पराजुली, सन्तोष अर्याल, महिला उद्यमी सभापति निलम पाण्डे, कार्यसमिति सदस्यहरु अनिल अग्रवाल, काव्यमणि अधिकारी, छतेन्द्र आचार्य, रविन्द्र घिमिरे, दिपक उप्रेती, मामाघर नेपालका सचिव देवराज लामिछाने, आइरन तथा स्क्र्याप व्यवसायी संघका कावा अध्यक्ष सुनिल अधिकारीलगायतको उपस्थिति रहेको थियो । संघका वरिष्ठ उपाध्यक्ष कृष्ण कटुवाल, उपाध्यक्ष लवशेर विष्ट, सचिव दिवस पराजुली र मामाघर नेपालका सचिव देवराज लामिछानेले कार्यक्रममा मन्तव्य राखेका थिए । मामाघर नेपालमा आश्रित असहाय वालवालिकाहरुको उज्वल भविष्यको लागि साना ठूला सबै किसिमको सहयोग आवश्यक रहेको र सडक वालवालिकाहरुको संरक्षण गरी ठूलो मानवीय धर्म मामाघर नेपालले पूरा गरिरहेको चर्चा गरिएको थियो ।