News & Events »

मनहरीमा भारतीय राजदुत रञ्जित रेको स्वागत । २०७३ श्रावण ७ गते ।


श्रावण ७ । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा मनहरीमा नेपालका लागि भारतीय राजदुत रञ्जित रेको स्वागत कार्यक्रम गरेकोछ । मउवासंघ, पश्चिमी क्षेत्र समितिको संयोजकत्वमा कार्यक्रम भएको हो । स्वागत कार्यक्रममा बोल्दै राजदुत रेले नेपाल र भारतले संयुक्त रुपमा विकासका कार्य अघि बढाएमा दुबै देशलाई फाईदा पुग्ने बताउनु भएकोछ । मनहरी लगायत मकवानपुरकै समग्र विकासमा भारतले सहयोग गर्ने राजदुत रेको भनाई रहेको थियो । मनहरी बजार नजिकै रहेको चेपांग बस्तीको समेत अवलोकन गरेका रेले चेपांग समुदायको शिक्षा, रोजगारमा सघाउ पुर्याउने राजदुत रेले बताएका छन् । कार्यक्रममा बोल्दै महावाणिज्य दुतावासकी महावाणिज्यदुत अञ्जु रञ्जनले चेपांग समुदायका लागि सीपमूलक शिक्षामा भारतले नेपाल सरकारसँग समन्वय गरी अघि बढ्ने बताएकीछिन् । महावाणिज्यदुत रञ्जनले आगामी जनवरी २६ तारीखमा मनहरी क्षेत्रको लागि एउटा एम्बुलेन्स सहगोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेकी छिन् । कार्यक्रममा बोल्दै मउवासंघका अध्यक्ष राजकुमार न्यौपानेले भारत र नेपाल एक असल छिमेकी भएकोले एउटा छिमेकीले अर्को छिमेकीको समग्र विकासमा हातेमालो गर्नुपर्ने बताउनु भएकोछ । अध्यक्ष न्यौपानेले कार्यक्रममा नेपाली ढाकाको टोपी राजदुत रेलाई लगाई दिनुभएको थिउो । स्वागत कार्यक्रममा बोल्दै मउवासंघ, पश्चिमी क्षेत्र समितिका सभापति गोविन्द रिजालले मनहरीमा स्वास्थ्य, शिक्षामा भारतले नेपाल सरकारसँग समन्वय गरी सहयोगी भूमिका निभाउन सक्ने बताउनु भएकोछ । यसै गरी चेपांग समुदायका खेम चेपांगले १२ गाविसमा छरिएर बसेका चेपांग समुदायको जीवनस्तर निकै कठीन रहेकोले यस तर्फ सबैले सोच्नुपर्ने धारण व्यक्त गर्नुभएको थियो । कार्यक्रममा पत्रकार प्रताप विष्टले चेपांग समुदायको उत्थानमा राज्यले नै प्रमुख भूमिका खेल्नु पर्ने बताउनु भएकोछ । कार्यक्रममा मउवासंघm कार्य समितिका सदस्य, स्थानीय राजनीतिक दल, स्थानीय वासिन्दा, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।