News & Events »

मकवानपुर उद्योग वाणिज्य संघको साधारण सभा फागुन २१ गते हुने ।

मकवानपुर उद्योग वाणिज्य संघको माघ २१ गते बसेको कार्यसमितिको नियमित बैठकले संघको ५० औं वार्षिक साधारण सभा तथा स्वर्ण महोत्सव समारोह आउँदो फागुन २१ गते गर्ने निर्णय गरेको छ । यसअघि यही माघ २९ गर्ने भनिएको भएतापनि २५ मिटर सडक विस्तार समस्याका कारण वार्षिक साधारण सभाको मिति फागुन २१ गतेकालागि सारिएको हो । संघले ५० औं वार्षिक साधारण सभा तथा स्वर्ण महोत्सवको अवसर पारी गर्ने भनिएको सप्ताहव्यापी कार्यक्रमहरु पनि क्रमशः आयोजना गर्ने भएको छ ।