News & Events »

मउवासंघको स्वागत कार्यक्रम सम्पन्न (२०७७ माघ ३)

FNCCI Bagamti Province1

नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका नवनिर्वाचित कार्यकारिणी समितिका अध्यक्ष, पदाधिकारी तथा सदस्यहरुको सम्मानमा मकवानपुर उद्योग वाणिज्य संघले शनिबार संघमै एक कार्यक्रम आयोजना गरी स्वागत गरेको छ । स्वागत कार्यक्रममा संघका अध्यक्ष कृष्ण कटुवाल, नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष दिलसुन्दर श्रेष्ठ, केन्द्रीय सदस्य तथा संघका पूर्व अध्यक्ष अरुणराज सुमार्गी, नेउवामहासंघ बागमती प्रदेशका उपाध्यक्षद्वय सविन श्रेष्ठ, दुर्गाराज श्रेष्ठ, संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने र उपाध्यक्ष कृष्ण कुमार गुप्तालगायतले मन्तव्य राखेका थिए ।
स्वागत कार्यक्रममा हेटौंडामा कार्यक्रम आयोजना गर्दैगर्दा नेउवामहासंघ बागमती प्रदेशले पूर्णता पाएको, हेटौंडामै प्रदेशको कार्यालय रहने सुनिश्चित भएको र एक हिसावले मकवानपुर उद्योग वाणिज्य संघकै नेतृत्वमा मध्यमाञ्चल स्तरीय महासंघको नेतृत्व रहदैगर्दा राज्य प्रदेश संरचनामा गएको कारण नेउवामहासंघ प्रदेश ३ को पहिलो जिम्मेवारीको नेतृत्व मकवानपुर उद्योग वाणिज्य संघले नै गरेको चर्चा गरिएको थियो ।

FNCCI Bagamti Province2

छलफलमा प्रदेशको कृषिलगायत उद्योग/व्यवसाय क्षेत्रको विकासको लागि विभिन्न हिसावले पहल आवश्यक रहेको छलफल गरिएको थियो ।

FNCCI Bagamti Province3



Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Post Box No.: 13
Phone: 057-520310, 523310, 521260
Fax: 057-521110, Mobile: 9855070110
Email: makawanpurcci@gmail.com

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback