News & Events »

मउवासंघको अन्तरक्रिया सम्पन्न । भाद्र ११, २०७३

भाद्र ११, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघले बजार अनुगमन सम्बन्धि छलफल तथा अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ । संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विष्णुकुमार महतले व्यवसायीले लेवल नलागेका, म्याद सकिएका वस्तु विक्री नगर्ने हो भने प्रशासनले अनुगमन नै गर्नु नपर्ने धारणा व्यक्त गर्नु भयो । कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख पुष्कर भट्टराईले अनुगमन उपभोक्ताको हितका लागि हो भन्ने व्यवसायीले बुझ्नुपर्ने धारणा व्यक्त गर्नु भयो । अन्तक्र्रिया कार्यक्रममा क्षेत्रीय खाद्य तथा गुण नियन्त्रण कार्यालय, हेटौंडाका प्रमुख राजकुमार रिजालले अनुगमन बजार सुधारका लागि भएको र व्यवसायीले अनुगमन आउदा गर्वका साथ विक्री गर्न राखिएका सामान देखाउन सक्ने वातावरण श्रजना गर्न समेत आग्रह गर्नु भयो । कार्यक्रमलाई सम्बोधन गर्दै हेटौंडा उपमहानगरपालिकाका कार्यकारी अधिकृत सुदेवकुमार पोखरेलले व्यवसायीले उपभोक्ताको हितलाई समेत मनन गर्न आग्रह गर्नु भयो ।
विभिन्न वस्तुगत संघ, व्यवसायीहरुको सहभागिता रहेको अन्तक्र्रिया कार्यक्रममा व्यवसायीहरुले सबैलाई एउटै भाडोमा राखेर हेर्न नहुने र भन्सारबाटै न्युन विजकीकरणको समस्या शुरुहुने धारणा व्यक्त गरेका थिए । आफू व्यवसायी कम तर उपभोक्ता बढी भएको सहभागिहरुको धारणा थियो । संघका उपाध्यक्ष कुष्ण अग्रवालले समापन गर्नु भएको उक्त कार्यक्रममा कार्यक्रम सञ्चालक महासचिव महेन्द्र राउतले संघले यस्ता कार्यक्रम संघले नियमित रुपमा गरिरहेको बताउनु भएको छ ।