News & Events »

भुकम्प पीडितको गुनासो भए मलाई जानकारी दिनुस् – मकवानपुर प्रजिअ कार्तिक २७, हेटौंडा ।

मकवानपुर उद्योग वाणिज्य संघ तथा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको संयुक्त आयोजनामा आज हेटौंडामा भुकम्प पछिको पुनर्निर्माण रपुनस्थापना विषयमा अन्तक्र्रिया गरेको छ । संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षता तथा मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा हेटौंडा उमपाका वडा अध्यक्षहरुले भुकम्प प्रभावितहरुको पक्षमा सरकारले आशा गरे बमोजिम कार्य गर्न नसकेको गुनासो गरेका थिए । सहभागिहरुको गुनासो पछि कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बुढाले सबै सरकारी तथा गैरसरकारी निकायले आफ्नो अधिकार क्षेत्र भित्र रहेर कार्य गरिरहेको र कुनैपनि कमीकमजोरी भएमा जिल्ला प्रमुखको हैसियतले आफूले त्यस्ता कमीकमजोरी हटाउन आवश्यक पहल गर्ने र कुनै पनि गुनासो भएमा आफूलाई जानकारी गराउन आग्रह गरेका छन् । अन्तक्र्रिया कार्यक्रममा संघका अध्यक्ष न्यौपानेले पीडितहरुको आवाज स्थानीय जनप्रतिनिधि मार्फत आउनु आफैमा राम्रो रहेको बताएका छन् ।
    कार्यक्रममा ट्रान्सपरेन्सीकी आर्थिक÷कार्यक्रम अधिकृत बबिता शर्माले जिल्लामा ट्रान्सपरेन्सी इन्टरनेशनलले भुकम्प पीडितको लागि मकवानपुर जिल्लामा गरेका विभिन्न कार्यक्रमको जानकारी दिएकी थिईन् । आज भएको सो कार्यक्रममा भुकम्प पीडित तथा विभिन्न सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।