News & Events »

फलफूल वितरण कार्यक्रम सम्पन्न । हेटौंडा, फागुण १६ ।

मकवानपुर उद्योग वाणिज्य संघको फागुण २१ गते हुने आसन्न स्वर्ण महोत्सव तथा ५० औं बार्षिक साधारण सभाको उपलक्ष्यमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत हेटौडा अस्पतालमा रहेका बिरामीहरुलाई आज एक कार्यक्रमको आयोजना गरी फलफूल वितरण गरेको छ । संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षता तथा स्वर्ण महोत्सव मूल समितिका संयोजक उत्तम शर्मा ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अस्पतालमा आज रहेका करीब ७० जना बिरामीहरुलाई फलफूल वितरण गरिएको फलफूल वितरण उप संयोजक रविन्द्र घिमिरेले जानकारी दिएका छन् । कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट शर्भेस शर्मा, दाङ्ग उवासंघका अध्यक्ष हेमराज बन्जाडे, पूर्व अध्यक्ष ध्रुबराज श्रेष्ठ, उपभोक्ता हित संरक्षण मञ्चका अजय अधिकारी, संघका बरिष्ठ उपाध्यक्ष कृष्ण कटुवाल,सल्लाहकार प्रदिप कोईराला लगायत संघका पदाधिकारी, सदस्य, कर्मचारीहरुको उपस्थिति रहेको थियो ।  
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत संघले भोलि मकवानपुरको चुरियामाई, लोथर, रामचन्द्र भञ्ज्याङ्ग, दामेचौरमा पर्यटकीय क्षेत्र विषयवस्तु उल्लेख गरिएको होर्डिङ्ग बोर्ड स्थापना गर्ने संघका महासचिव महेन्द्र राउतले जनाएका छन् ।