News & Events »

प्राविधिक जनशक्तिमा अझपनि अरुकै भर– अध्यक्ष न्यौपाने । श्रावण २०

मकवानपुर उद्योग वाणिज्य संघको सहकार्य तथा शिक्षा मन्त्रालय, एडिबी, प्राविधिक शिक्षा रणनीतिक योजनाको आयोजनामा जिल्लामा आबश्यक प्राविधिक जनशक्तिको विषयमा सरोकारवालाहरुसँग संघ सचिवालयमा अन्तक्र्रिया गरेकोछ । संघका अध्यक्ष राजकुमार न्योपानेको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न प्राविधिक शिक्षा प्रदायक संस्था तथा सीपमूलक व्यवसायिक संघहरुको सहभागिता रहेको थियो । कार्यक्रममा संघका अध्यक्ष राजकुमार न्यौपानले जिल्लाका औद्योगिक प्रतिष्ठानहरुका प्राविधिकका लागि अझैपनि अन्य देशकै भरपर्नु परेको गुनासो गर्दै औद्योगिक जिल्लाको रुपमा परिचित मकवानपुरका उद्योग कलकारखानामा आवश्यक सबै प्रकारका जनशक्ति उत्पादनमा सरकारले ध्यान दिनुपर्ने बताएका छन् ।
अन्तक्रिृया कार्यक्रममा प्राविधिक शिक्षा रणनीतिक योजना एडिबीका रिचार्ड बोनोकोष्कीले समग्र जिल्लाको कृषि, उद्योग, पशुपालनको अवस्थाको बारेमा सहभागिहरुसँग जिज्ञासा राखेका थिए । कार्यक्रममा सिटीईभीटीका बिनोदचन्द्र झा, मकवानपुर टेक्निकल इन्स्टिच्युटका चन्द्रशेखर पण्डित, सीप विकास तालिम केन्द्रका युवराज गुरुङ्ग, निर्माण व्यवसायी संघका महासचिव श्याम ढकाल, हस्तकला संघका ज्ञानभक्त लामा, सिलाई व्यवसायी संघका नारायण थिङ्ग, मेनुका श्रेष्ठ, संघका कार्यकारी सचिव विवेक मानन्धर लगायतको सहभागिता रहेको थियो । अन्तक्र्रियामा सरोकारवाला निकायबाट आएका सुझावको आधारमा प्राविधिक शिक्षाको कार्ययोजना बनाई रोजगार श्रृजना गरिने एडिबी, प्राविधिक शिक्षा रणनीतिक योजनाका हरि प्रधानले बताएका छन् । प्राविधिक शिक्षाको रणनीतिक योजना बनाउन देशका विभिन्न उद्योग वाणिज्य संघहरुसँग छलफल गर्ने क्रममा आयोजक टोली मकवानपुर आईपुगेको हो ।