News & Events »

त्रियुगा उद्योग वाणिज्य संघको स्वागत कार्यक्रम (श्रावण २८)

मकवानपुर उद्योग वाणिज्य संघले आज त्रियुगा उद्योग वाणिज्य संघको अध्ययन अवलोकन टोलीलाई स्वागत कार्यक्रम आयोजना गरेकोछ । नेपालका विभिन्न पर्यटकीय स्थलको भ्रमण र जिल्लाहरुका उद्योग वाणिज्य संघहरुसँग त्रियुगा उद्योग वाणिज्य संघले कसरी सहकार्य गरी अघि बढ्न सक्छ ? भन्ने उद्देश्यले भ्रमणको आयोजना गरिएको त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष गजेन्द्रकुमार भगतले बताउनु भएकोछ । मकवानपुर  उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेले मकवानपुरको समग्र व्यवसाय र व्यवसायिक सम्भावनाको बारेमा अवगत गराउनु भएको थियो । स्वागत कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष कृष्ण कटुवालले उदयपुरमा फस्टाउदै गएको सामुहिक तथा व्यवसायिक बाख्रापालनको बारेमा भ्रमण टोली सँग जिज्ञासा राख्नु भएको थियो ।
भ्रमण टोलीले हेटौंडा नगर भित्रको सरसफाई, ढल निकासको प्रशंसा गर्दै भ्रमणको क्रममा यहाँ आएपछि उदयपुर जिल्लाका बजार तथा नगरहरुलाई समेत सफा सुन्दर बनाउन अभिप्रेरित भएको बताउनु भएकोछ ।
स्वागत कार्यक्रममा मउसंघका कार्य समिति सदस्य माधव न्यौपाने, काव्यमणि अधिकारी लगायतको सहभागिता रहेको थियो । आज चितवन हँुदै विभिन्न स्थानको भ्रमण गर्ने टोलीमा त्रियुगा उद्योग वाणिज्य संघका कार्य समिति पदाधिकारीहरुको सहभागिता रहेकोछ ।