News & Events »

जनतालाई निरास बनाउदिन– प्रचण्ड । पौष २५ ।

उद्योग वाणिज्य संघ, चितवनको आयोजनामा आजबाट शुरु भएको चितवन महोत्सवमा प्रमुख अतिथिका रुपमा चितवन आउनु भएका प्रधानमन्त्री प्रचण्डलाई मउवासंघका अध्यक्ष राजकुमार न्यौपानेले २५ मीटर सडकको विषयमा ध्यानाकर्षण गराउनु भएकोछ । महोत्सवको उद्घाटन पछि केहीबेर हेटौंडा क्षेत्रको २५ मीटर सडक विस्तारको विषयमा कुराकानी भएको अध्यक्ष न्यौपानेले बताउनु भएकोछ ।  मध्यमाञ्चल क्षेत्रीय प्रशासक विनोद के.सी. समेतको उपस्थितिमा भएको छलफलमा प्रधानमन्त्रीले भन्नु भयो , यस विषयमा मैले जानकारी केही दिन अघि मात्रै पाएकोछु, बास्तविकता नबुझी सरकारले कुनै कदम नचाल्ने हुनाले मकवानपुरबासीलाई त्रसित नहुन आग्रह गर्नु भएकोछ । प्रचण्डले अगाडी भन्नु भयो,– यस विषयलाई लिएर मलाई भेट्न काठमाडौं आउनुस्, बास्तविकता के रहेछ, म आजैदेखि यस विषयलाई गम्भीर रुपले लिन्छु । संघका अध्यक्ष न्यौपानेले महोत्सव उद्घाटन कार्यक्रमलाई सम्बोधनका क्रममा समेत जनतालाई दुख नदिन आग्रह गर्दै मुआब्जा सहितको सडक विस्तारको विषयमा बोले पछि चितवनका केही सांसदले समेत न्यौपानेको विचारलाई ऐक्यबद्धता जनाउदै सुन्दर र ऐतिहासिक शहरका जनतालाई दुख दिन नहुने तथा यसको विकल्प सरकार आफैले निकाल्नुपर्ने र बीरगञ्ज, हेटौंडा, नारायणगढ जस्ता शहरलाई वैकल्पिक मार्ग दिएर समेत शहर जोगाउनु पर्ने तर्फ ध्यानाकर्षण गराएका थिए ।
आजबाट शुरु भएको चितवन महोत्सव माघ ५ गते सम्म सञ्चालन हुदैछ ।