News & Events »

कोरियाको वाणिज्य संघको टोली नेपाल आउने । २०७३ आश्विन १६ गते ।


दक्षिण कोरियाको दोश्रो ठूलो शहर वुसानको छागवानमा आयोजना भएको आप्रवासीहरुको वहुसाँस्कृतिक मेला माम्फमा सहभागी हुन नेपालको मकवानपुरवाट आएको प्रतिनिधि मण्डलले आज शनिबार छाँगवान उद्योग वाणिज्य संघसंग भेटघाट गरेको छ । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपाने, महासचिव महेन्द्र राउत तथा कार्यसमिति सदस्य उज्वल चौलागाइको टोलीले हिजो छाँगवान चेम्वर अफ कर्मसका अध्यक्ष तथा कोरिया चेम्वर अफ कर्मसका उपाध्यक्ष चोइ च्याग खाग तथा महासचिव सान मोन जोनसंग भेटघाट तथा छलफल भएको हो । भेटमा दिपक्षीय हित तथा आपसी सहकार्यमा छलफल भएको थियो ।
छलफलमा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेले छाँगवानका अध्यक्ष खागलाइ नेपाल भ्रमण तथा नेपालमा लगानीको वातावरण बनाउन आग्रह गर्नु भएको थियो । जवाफमा वुसान सिसि आइका अध्यक्ष खागले आगामी दिनमा नेपाल भ्रमण गर्ने तथा नेपालका उद्योग व्यवसायीहरुलाई पनि कोरियामा लगानी संभावनाको लागि निमन्त्रणा गर्ने पनि वताउनु भयो ।
“अव केही दिनमा नै संघको सहकार्यमा कोरियाका उद्योगी तथा व्यवसायीले नेपाल भ्रमण गर्ने छन् भने नेपालका व्यवसायीलाई पनि कोरियामा स्वागत गर्न आतुर रहेको हामीले पाएका छौ ।” मउवासंघका महासचिव महेन्द्र राउतले वताउनु भएकोछ । कार्यक्रममा अध्यक्ष न्यौपानेले मायाको चिनो तथा नेपाली टोपीले स्वागत गर्नु भएको थियो । कार्यक्रममा छलफलमा किमे माइग्रेन्टहाउसका अध्यक्ष यज्ञराज सुवेदी समेत रहनु भएको थियो । यसै विच यहा आयोजना भएको विश्वका सत्र देशको प्रर्दशनीमा नेपालको स्टल प्रमुख आर्कषणको केन्द्र विन्दुमा रहेको छ । नेपालको स्टलमा नेपालमा रहेका पर्यटन प्रवद्र्धन गर्नुका साथै नेपालका हस्तकला तथा अन्य नेपाल सम्बन्धी जानकारी रहेको कार्यक्रमका एक  सहभागी मउवासंघका कार्य समिति सदस्यउज्वल चौलागाइले वताउनु भयो । यो कोरियामा भएको मउवासंघको दोश्रो भेटघाट हो ।