News & Events »

किवी खेतीको विषयमा छलफल, कार्तिक १० ।

मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा किवी खेतीको विषयमा छलफल कार्यक्रम आयोजना गरेकोछ । ओभीओपी कार्यक्रम अन्तर्गत मकवानपुरको उत्तरी क्षेत्रमा भईरहेको किवी खेतीको विषयमा छलफल कार्यक्रम गरिएको हो । संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा वाईका नेपाल कार्यालयका प्रबद्र्धनकर्ता ताकेसी हाण्डा, सुसुमु निसिको समेत सहभगिता रहेको थियो । नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ कार्यक्रम अधिकृत गणेश शाक्यले किवी खेती तथा यसको व्यवसायिक प्रबद्र्धनका विषयमा प्रस्तुतिकरण समेत दिनु भएको थियो । मउवासंघका कार्यालय सचिव विवेक मानन्धरले कार्यक्रममा मकवानपुरमा किवी खेतीको हाल सम्म भएका प्रयास, यसको प्रगति तथा चुनौतिका बारेमा सहभागिहरुलाई जानकारी गराउनु भएको थियो । कार्यक्रममा जिल्ला कृषि कार्यालयका प्रमुख निर्मल गदालले किवी खेतीका लागि आफ्नो कार्यालयले प्राविधिकहरुको समूहलाई परिचालित गरिने बताउनु भएको थियो । कार्यक्रममा जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा. रामप्रकाश प्रधान, विभिन्न कृषिसंग सम्बन्धित संघका प्रतिनिधि, संघका, पदाधिकारी, कार्यसमितिका सदस्य, कृषकहरुको समेत सहभागिता रहेको थियो । संघका उपाध्यक्ष कृष्णकुमार अग्रवालले समापन गर्नु भएको कार्यक्रमलाई संघका कार्यक्रम अधिकृत देवराज पन्तले सञ्चालन गर्नु भएको थियो । एक गाउँ, एक उत्पादन अन्तर्गत मकवानपुरमा केही समयदेखि किवी खेती हुँदै आएको छ ।