News & Events »

उद्योग मन्त्रीलाई स्वागत कार्तिक ७

नेपाल सरकारका उद्योग मन्त्री माननीय नविन्द्रराज जोशीलाई एक कार्यक्रमका वीच मकवानपुर उद्योग वाणिज्य संघले स्वागत गरेकोछ । मकवानपुरमा रहेका विभिन्न उद्योगहरुको वस्तुस्थिति बुझ्न हेटौंडा आउनुभएका मन्त्री जोशीलाई स्वागत गरेको हो । हेटौंडा सिमेन्ट उद्योगको सभाकक्षमा भएको मजदुर तथा व्यवसायीहरुको भेटघाट कार्यक्रममा संघले व्यवसायीहरुका लागि विभिन्न औद्योगिक नीति, उद्योगमैत्री वातावरण बनाउन आग्रह गरिएको थियो । संघको तर्फबाट अध्यक्ष राजकुमार न्यौपानेले मन्त्री जोशीलाई फूलमाला लगाएर स्वागत गर्नुभएको थियो । स्वागत कार्यक्रममा संघले उद्योगहरुको विकासका लागि आफ्नो अवधारणा सहितको स्मरण पत्र समेत दिएको थियो ।कार्यक्रममा उद्योग सचिव शंकर प्रसाद कोईराला, मकवानपुरका निमित्त प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्त, जिल्ला प्रहरी प्रमुख मीरा चौधरी, हेटौंडा सिमेन्ट उद्योगका कर्मचारी, मजदुर, विभिन्न क्षेत्रका व्यवसायी, सञ्चारकर्मी, संघका पदाधिकारी तथा सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।