News & Events »

अन्तक्र्रिया सम्पन्न । हेटौंडा, चैत्र २१ ।

नेपाल राष्ट्र बैक, मूल्य महाशाखाको अनुसन्धान विभागको आयोजनामा आज हेटौंडामा मूल्य तथ्यांक प्रदायक श्रोत पसल तथा संघसंस्थाहरुसँग अन्तक्र्रिया गरेको छ । मकवानपुर उद्योग वाणिज्य संघका महासचिव महेन्द्र राउतको प्रमुख आतिथ्यतामा सम्पन्न अन्तक्र्रिया कार्यक्रममा बैंकका सहायक निर्देशक डा. गणेश गौतमले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नु भएको थियो । संघका महासचिव राउतले व्यवसायीले राजश्व कार्यालय र नगरपालिका दुबैलाई कर बुझाउनु पर्ने अहिलेको अवस्थालाई अन्त गरि व्यवसायीलाई राहत दिन आग्रह गर्नु भएको थियो ।
करीब ३० जना व्यवसायीहरुको सहभागिता रहेको कार्यक्रममा सहभागिहरुको जिज्ञासालाई सहायक निर्देशक डा. गौतमले समाधान गर्नु भएको थियो । नेपाल राष्ट्रबैंकले नियमित रुपमा ४९६ प्रकारका सामग्रीको नेपाल भरीका मुख्य ६० स्थानबाट मूल्य संकलन गर्दै आएको जनाएको छ । बैकले हेटौंडा बजारका १५० वटा पसलहरुबाट उपभोग्य वस्तुको वर्गीकरण गरी साप्ताहिक, मासिक र त्रैमासिक रुपमा मूल्य संकलन गरिरहेको जनाएकोछ ।
यसै गरी नेपाल राष्ट्र बैक कै आयोजनामा हेटौडामा पूर्व बजेटकालीन अन्तक्र्रिया पनि गरेको छ । नेपाल सरकारको आउँदो २०७४।७५ को बजेटलाई प्रभावकारी बनाउने अभिप्रायले अन्तक्र्रिया गरेको हो । हेटौंडाका सरोकारवाला निकायसँग गरेको कार्यक्रममा सहभागिहरुले आफ्नो क्षेत्रको समस्या र सुझावलाई आगामी बजेटमा सम्बोधन गर्न पहल गर्ने बैंकका निर्देशक डा. गुणाकर भट्टले बताउनु भएको छ । कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघको तर्फबाट महासचिव महेन्द्र राउतले निजी क्षेत्रको विकासका लागि संघको तर्फबाट ध्यानाकर्षण पत्र बुझाउनु भएको थियो ।