News & Events »

अध्यक्ष न्यौपानेको स्वागत सम्पन्न । हेटौंडा, चैत्र ३१ ।

मकवानपुर उद्योग वाणिज्य संघले आज आफ्नो अध्यक्ष राजकुमार न्यौपानेलाई स्वागत तथा सम्मान कार्यक्रम गरेको छ । बर्तमान अध्यक्ष न्यौपाने नेपाल उद्योग वाणिज्य महासंघको २९ गते भएको ५१ औं साधारण सभामा कार्यकारिणी सदस्यमा निर्वाचित भएका हुन् । कार्यक्रममा मकवानपुरले केन्द्रीय स्तरमा आफ्नो उपस्थिति जनाउन सफल रहनुमा सम्पूर्ण कार्य समिति तथा व्यावसायीहरुको प्रमुख भूमिका रहेको कार्यक्रमका सभाध्यक्ष तथा संघका बरिष्ठ उपाध्यक्ष कृष्ण कटुवालले बताउनु भएको थियो । स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य तथा संघका अध्यक्ष न्यौपानेले आफूले सधै व्यवसायीहरुको हकहितमा आफ्नो मूख्य ध्यान रहने र मतदातालाई निराश नबनाउने प्रतिबद्धता जनाउनु भएको थियो ।
स्वागत कार्यक्रममा संघका पूर्व अध्यक्ष उत्तम शर्मा, महासचिव महेन्द्र राउत, सहकोषाध्यक्ष निलम बैद्य, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई, राजनैतिक दलका तर्फबाट संघका सल्लाहकार बलराम बललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । संघका पदाधिकारी, सदस्य तथा व्यवसायीहरुको सहभागिता रहेको कार्यक्रमलाई संघका उपाध्यक्ष लबशेर विष्टले समापन गर्नु भएको थियो । महासंघमा जिल्ला नगर उद्योग वाणिज्य संघको खुल्ला तर्फबाट केन्द्रीय सदस्यमा ६२ मत सहित न्यौपाने विजयी हुनुभएको हो ।