Notices

नेपालीहरुको दोश्रो ठूलो चाड तिहार, नेपाल सम्बत तथा छठ पर्वको अवसरमा मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा यही मिति २०७३ कार्तिक ११ गते विहीबार बिहान ८ बजे संघको सभाहलमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम राखिएकोले सम्पूर्ण उद्योगी व्यवसायीहरुमा उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछौं ।

मकवानपुर उद्योग वाणिज्य संघ परिवार ।

... Read More

सबै नेपाली नागरिकलाई आफ्नो ठाऊँ, जिल्ला वा राष्ट्रिय रुपमा समेत गर्न सक्ने सम्भाव्य उद्योग अथवा परम्परा देखि चलि आएका व्यवसायको आधुनिकीकरणको सम्भाव्यता हेरी सञ्चालनका लागि प्रस्ताव आह्वान गरिएको छ । छनौटमा परेका प्रस्ताव उपर सम्बन्धित कार्यालय मार्फत प्रबद्र्धनात्मक कार्यक्रमहरु सञ्चालन गरिने जानकारीका लागि यो सूचना प्रकाशित गरिएकोछ ।
आवश्यक कागजातहरु
१. परियोजाना प्रस्ताव
२. व्यावसायिक योजना
३. नेपाली नागरिकताको प्रतिलिपी
४. सम्पर्क ठेगाना

कागजात पेश गर्नुपर्ने स्थान
जिल्लाको घरेलु तथा साना उद्योग कार्यालय

थप जानकारीका लागि
९८४९१०३४४१ अथवा ९८४१२६७६४२
web site- www.moi.gov.np, www.dcsi.gov.np, Read More


मकवानपुर उद्योग वाणिज्य संघको आयोजना र प्रुडेन्सियल इन्सुरेन्स कम्पनीको सहयोगमा व्यवसायीहरुका लागि व्यावसायिक विमा सम्बन्धि अभिमुखीकरण तथा अन्तक्र्रिया कार्यक्रम राखिएकोले निम्न मिति, समय र स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध छ ।

मिति: २०७३ आश्विन १ गते शनिबार ।
समय: दिउँसो १ बजे ।
स्थान: संघको सभाहल, हेटौंडा–२
विस्तृत जानकारीका लागि– ०५७–५२०३१०, ९८५५०७०११० मा पनि सम्पर्क गर्न सक्नुहुनेछ ।

मकवानपुर उद्योग वाणिज्य संघ
हेटौंडा–२

... Read More