Notices

हाल केही दिन देखि हेटौडा बजार क्षेत्रका राजमार्गको २५ मीटर भित्र पर्ने निजी सम्पत्तिलाई क्षतिपूर्ति, मुआब्जा नदिई गैर कानूनी रुपले सडक डिभिजन कार्यालयले भत्काएको विरोधमा आ–आफ्ना सम्पूर्ण व्यवसाय बन्द गरी व्यवसायी तथा घरधनीहरुको आन्दोलनलाई थप बल पुर्याउन सहयोग गरिदिन हुन अनुरोध छ ।
हेटौंडा बसोबास संरक्षण समिति, मकवानपुर ।

... Read More

सडक डिभिजन कार्यालय मकवानपुरले छोटो समयावधि दिई पूर्ण रुपले सुसूचित नगराई २५/२५ मिटर सडक विस्तार गर्ने कार्यलाई अगाडी वढाएको सन्दर्भमा सोको ठोस निष्कर्षकालागि मकवानपुर उद्योग वाणिज्य संघको पहलमा वृहत –यालीको आयोजना गरिएकोले निम्न मिति, समय र स्थानमा सम्पूर्ण घरधनी, उद्योगी, व्यवसायी र सरोकारवालाको अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं ।

निम्न:
मिति: २०७३ साल पौष १७ गते ।
समय : विहान ८ः०० बजे ।
स्थान : पल्पसा सभागृह ।

मकवानपुर उद्योग वाणिज्य संघ
हेटौडा ।

... Read More

नेपाल सरकार, आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको मिति २०७३ साल कार्तिक २३ गते भएको निर्णयानुसार सबै उत्पादक, वितरक तथा बिक्रेताहरुले सञ्चालन गरेका व्यावसायिक प्रतिष्ठानमा म्याद नाघेका, टुटफुट भएका र लेबल नभएका सामानहरुलाई छुट्टै स्थान खडा गरी “विक्रीका लागि होईन” (NOT FOR SALE) भन्ने सूचना टाँस गर्नुपर्ने निर्णय भएकोले सोही बमोजिम गर्न गराउन हुन सम्बन्धित सबैको जानकारीकालागि यो सूचना प्रकाशित गरिएको छ ।
साथै सम्बन्धित निकायबाट अनुगमनका क्रममा निर्णय बमोजिम नभएको पाईएमा कार्वाहीको भागीदार स्वयं व्यवसायी हुनुपर्ने समेत यसै सूचना मार्फत जानकारी गराउँदछौं ।

मकवानपुर उद्योग वाणिज्य संघ
चेम्बरमार्ग, हेटौंडा–२

... Read More