यस मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा हेटौंडा उप–महानगरपालिका लगायत मकवानपुर जिल्लाको समग्र औद्योगिक, आर्थिक तथा व्यावसायिक विकासमा नगर प्रमुखका प्रत्याशीका कार्ययोजना विषयक नगर प्रमुखका प्रत्याशीहरुसँग बृहत अन्तक्र्रिया तथा छलफल कार्यक्रम राखिएकोले यहाँको गौरवमय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं ।
मिति– २०७४ बैशाख २३ गते, शनिबार,
समय– विहान ११ बजे ।
स्थान– पल्पसा सभागृह, हेटौंडा
आयोजक
मकवानपुर उद्योग वाणिज्य संघ
हेटौंडा–२, चेम्बरमार्ग
फागुन २१ गते बिहान ८ बजेबाट पल्पसा सभागृहमा उद्योग बाणिज्य संघको स्वर्ण महोत्सव तथा ५०औ बार्षिक सभा हुँदैछ उपस्थित भैदिनु हुन सदस्यज्युहरुमा अनुरोध छ.
प्रतिनिधि परिबर्तन गर्न सभाको ७ दिन अगाडी प्रमाण सहित र प्रस्ताव पेस गर्न ३ दिन अगाडी लिखित प्रस्ताव सहित संघमा सम्पर्क गर्नु होला
MCCI
पुर्खौदेखि राज्यलाई तिर्नुपर्ने सम्पूर्ण कर, पोत तिरी भोगचलन गर्दै आईरहेको व्यक्तिको निजी सम्पत्तिलाई सडक ऐनको हवाला दिंदै जग्गा प्राप्ति ऐनको बर्खिलाप हुने गरी प्रहरी प्रशासनको घेराबन्दीमा जबरजस्ती अन्यायपूर्ण रुपमा घरजग्गा कब्जा गर्ने कार्यको यस समिति घोर भत्र्सना गर्दछ ।
सडक डिभिजन कार्यालय, हेटौंडाले मिति २०७३ माघ ५ गते नयाँ पत्रिका राष्ट्रिय दैनिकलगायत विभिन्न संचारमाध्यममा निजी घरहरु भत्काउन समय अपुग भएमा म्याद थपको लागि १५ दिनको समय दिई आव्हान गर्ने सूचना एकातर्फ प्रकाशित गर्ने र अर्कोतर्फ माघ ६ गते नै निजी घर भत्काउने कार्य यथावत राख्ने विरोधाभाषपूर्ण कार्यशैलीको पनि यस समिति घोर भत्र्सना गर्दछ । सांकेतिक रुपमा केही घरधनीहरुले सम्माननीय सर्वोच्च अदालतबाट ... Read More