Notices

अन्तर्राष्ट्रिय योग दिवशको अवसरमा मकवानपुर उद्योग वाणिज्य संघ तथा भारतीय महावाणिज्य दुताबास, श्रीपुर, वीरगंजको संयुक्त आयोजनामा निम्न  मिति, समय र स्थानमा भारतीय योग गुरुवाट प्रशिक्षण हुने योग शिविर कार्यक्रममा  सम्पूर्ण उद्योगी/व्यवसायी तथा ईच्छुक महानुभावहरु सहभागि भई लाभ उठाउनुहुन हार्दिक आमन्त्रण गर्दछौं ।

निम्नः
मिति : २०७३ आषाढ २ गते विहीवार ।
समय : विहान ६ः०० देखि ८ः०० वजेसम्म ।
स्थान : पल्पसा सभागृह, हेटौंडा–२ ।

(नोटः कार्यक्रमपश्चात अमृत भोजनको समेत व्यवस्था गरिएको छ  र योगको लागि म्याटको व्यवस्था आफैले गर्नुपर्ने छ ।)
                          

                       मकवानपुर उद्योग वाणिज्य संघ ।
                            हेटौंडा—२ , चेम्वरमार्ग ।
                          ... Read More


मकवानपुर उद्योग वाणिज्य संघ र हेटौंडा उपमहानगरपालिका कार्यालय वीच स्वायत्त शासन ऐन २०५६ बमोजिम सार्वजनिक निजि साझेदारी (पिपिपि) अवधारणा अन्तर्गत भएको सम्झौता मुताविक नगरक्षेत्र भित्र विभिन्न उद्योग/फर्म/कम्पनीवाट गरिएकोे व्यावसायिक विज्ञापन (साईन वोर्ड, पर्चा, पम्प्लेट, तुल व्यानर, लाईट वोर्ड, वाल पेन्ट, सटरपेन्ट, होर्डिङ वोर्ड आदि) राख्नु पूर्व यस संघको स्वीकृति लिएर मात्र राख्न हार्दिक अनुरोध गरिन्छ । अनुगमनको क्रममा विना स्वीकृति विज्ञापन गरेको पाइएमा त्यस्ता विज्ञापनहरु हटाइने व्यहोरा सम्बन्धित सम्पूर्ण व्यवसायीहरुमा जानकारी गराइन्छ ।
कुनै पनि उद्योग/फर्म/कम्पनीवाट नगर क्षेत्र भित्र आफ्नो व्यवसाय सञ्चालन गर्नु पुर्व उपर्युक्त ऐन बमोजिम हेटौंडा उपमहानगरपालिकामा व्यवसाय करमा दर्ता गरेर मात्र व्यवसाय गर्नु पर्ने प्रावधान भएको हुदा व्यवसाय ... Read More


       नेपाल स्टक एक्सचेन्जको आयोजना तथा यस संघको सहआयोजनामा शेयर सचेतना सम्वन्धी कार्यक्रम निम्न मिति, समय र स्थानमा आयोजना गरिएकोले उक्त कार्यक्रममा सम्पूर्ण उद्योगी/व्यवसायीहरु उपस्थित भई शेयर खरिद विक्रि र यसवाट हुने फाइदाको सम्वन्धमा आवश्यक जानकारी लिनुहुन मकवानपुर उद्योग वाणिज्य संघ सम्पूर्णमा हार्दिक आमन्त्रण गर्दछ  ।

निम्न
मिति: २०७३ जेष्ठ २९ गते शनिवार ।
समय: बिहान ९.०० वजे देखि ११.०० वजेसम्म ।
स्थान: मकवानपुर उद्योग वाणिज्य संघको सभाहल ।

 

                          मकवानपुर उद्योग वाणिज्य संघ
                          चेम्वरमार्ग, हेटौंडा–२ ।
                          सम्पर्क नंं: ०५७—५२०३१०, ५२३३१०

... Read More