Notice

संघको आगामी २०७२ माघ ९ गते हुन गईरहेको ४९ औं बार्षिक साधारण सभामा उद्योग, वाणिज्य, एशोसियट, बस्तुगत तर्फको प्रस्ताव मस्यौदा पेश गर्नका लागि संघमा आवद्ध सदस्यहरुको कुनै प्रस्ताबहरु भएमा मिति २०७२ माघ ६ गते भित्र लिखित रुपमा संघमा पेश गर्नुहुन अनुरोध गरिन्छ । साथै प्रतिनिधि फेरबदल गर्नुपर्ने भए माघ २ गते भित्र संघमा लिखित जानकारी गराउनु हुन र चालु आ.व. २०७२/७३ को लागि विलम्ब शुल्क नपर्नेगरी पौषमसान्तसम्म सदस्यता नविकरण गर्न सकिने व्यवस्था गरिएकोले नकिवरण बाकी सदस्यहरुले सिघ्र नविकरण गर्नुहुन  अनुरोध गरिन्छ ।   

महेन्द्र राउत
महासचिव
मकवानपुर उद्योग वाणिज्य संघ ।
०५७–५२०३१०, ०५७–५२३३१०

... Read More

यस संघ र जिल्ला विकास समिति, मकवानपुरको सहकार्यमा वाणिज्य संकाय तर्फबाट प्लस २ उत्तिर्ण गरेका ५० जना विद्यार्थीहरुलाई निःशुल्क व्यवसायिक लेखा सम्बन्धी अभिमूखिकरण तालिम प्रदान गर्न गइरहेको हुदा ईच्छुक विद्यार्थीहरुले संघको कार्यालयमा मिति २०७२ जेष्ठ २९ गतेसम्म निवेदनको साथमा वायोडाटा र शैक्षिक प्रमाण पत्रको प्रतिलिपि पेश गर्नुहुन सम्बन्धित सवैलाई सूचित गरिन्छ । जनजाती तथा ग्रामिण क्षेत्रका विद्यार्थीहरुलाई विशेष प्राथमिकता प्रदान गरिने छ । ५० जना भन्दा बढी विद्यार्थीहरुको निवेदन पर्न आएमा संघले छनौट गर्नेछ ।

मकवानपुर उद्योग वाणिज्य संघ
चेम्बर मार्ग, हेटौंडा–२
सम्पर्क नं. ०५७–५२०३१०, ५२३३१०

... Read More


यस संघको अनुरोधमा हरेक शनिवार पसल बन्द गरिदै आएकोमा बैशाख १२ र १३ गते गएको महाभूकम्पको कारण उपभोग्य बस्तुको सहज आपूर्तीको लागि शनिबार पसल खुल्ला गरिदिनु हुन सम्पूर्ण व्यवसायीहरुमा अनुरोध छ । साथै गुणस्तरीय सामानको सुपथ मुल्यमा विक्री वितरण गर्नुहुन सम्पूर्ण व्यवसायीहरुमा हार्दिक अनुरोध गरिन्छ ।
मकवानपुर उद्योग वाणिज्य संघ
हेटौडा

... Read More