Notice

मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा २०७२ फागुन २० गतेदेखि ३० गतेसम्म हुने राष्ट्रिय औद्योगिक व्यापार मेला २०७२ मा स्टल लिन चाहानु हुने व्यवसायिक संघ/संस्था, उद्योग, प्रतिष्ठान, शैक्षिक संस्था, कृषि, घरेलु, संघसंस्था लगायतले तुरुन्त स्टल बुकिङ गरी आफ्नो स्थान सुरक्षित राख्न हुन हार्दिक अनुरोध गर्दछौं । स्टल बुकिङको लागि कार्यालय समयमा संघमा सम्पर्क राख्नुहोला ।

मकवानपुर उद्योग वाणिज्य संघ
हेटौंडा–२
०५७–५२०३१०/५२३३१०

... Read More

यस संघ र जिल्ला विकास समिति, मकवानपुरको सहकार्यमा वाणिज्य संकाय तर्फबाट प्लस २ उत्तिर्ण गरेका ५० जना विद्यार्थीहरुलाई निःशुल्क व्यवसायिक लेखा सम्बन्धी अभिमूखिकरण तालिम प्रदान गर्न गइरहेको हुदा ईच्छुक विद्यार्थीहरुले संघको कार्यालयमा मिति २०७२ जेष्ठ २९ गतेसम्म निवेदनको साथमा वायोडाटा र शैक्षिक प्रमाण पत्रको प्रतिलिपि पेश गर्नुहुन सम्बन्धित सवैलाई सूचित गरिन्छ । जनजाती तथा ग्रामिण क्षेत्रका विद्यार्थीहरुलाई विशेष प्राथमिकता प्रदान गरिने छ । ५० जना भन्दा बढी विद्यार्थीहरुको निवेदन पर्न आएमा संघले छनौट गर्नेछ ।

मकवानपुर उद्योग वाणिज्य संघ
चेम्बर मार्ग, हेटौंडा–२
सम्पर्क नं. ०५७–५२०३१०, ५२३३१०

... Read More


यस संघको अनुरोधमा हरेक शनिवार पसल बन्द गरिदै आएकोमा बैशाख १२ र १३ गते गएको महाभूकम्पको कारण उपभोग्य बस्तुको सहज आपूर्तीको लागि शनिबार पसल खुल्ला गरिदिनु हुन सम्पूर्ण व्यवसायीहरुमा अनुरोध छ । साथै गुणस्तरीय सामानको सुपथ मुल्यमा विक्री वितरण गर्नुहुन सम्पूर्ण व्यवसायीहरुमा हार्दिक अनुरोध गरिन्छ ।
मकवानपुर उद्योग वाणिज्य संघ
हेटौडा

... Read More

« previous12next »