News & Events


     मकवानपुर उद्योग वाणिज्य संघ अन्तरगतको महिला उद्यमी विकास समितिको आयोजनामा तीनदिने आईसक्रिम बनाउने तालिम सम्पन्न भएको छ ।
    संघका अध्यक्ष भुवनलाल श्रेष्७ले प्रमुख आतिथ्यमा तालिमको उद्घाटन गर्दै तालिममा छण् जना महिलाहरुको सहभागिता रहेको छ । पछिल्लो चरणका तालिमहरुको नतिजा हेर्दा तालिमहरुमा सहभागि हुने तर त्यसलाई व्यवहारमा नउतार्ने चलन रहेको भन्दै तालिममा सहभागी जो कोहिले तालिममा सिकेका सीपलाई व्यवहारमा उर्तान र व्यवसाय गर्न आग्रह गर्नुभएको थियो । सिकेका सीपलाई व्यवहारमा उतार्न चाहे त्यसका लागि आवश्यक सम्पूर्ण सहयोग गर्न उद्योग वाणिज्य संघ तयार रहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

     महिलाहरु पनि व्यवसायिक रुपमा अगाडि वढ्न र आत्मनिर्भर बन्न ... Read More



मकवानपुर उद्योग वाणिज्य संघ, घरेलु तथा साना उद्योग कार्यालय हेटौडा तथा उद्योग विभाग त्रिपुरेश्वरको संयुक्त आयोजनामा वौद्धिक सम्पत्ति सम्बन्धी सचेतना गोष्ठी सम्पन्न भएको छ ।
    संघका अध्यक्ष श्री भुवनलाल श्रेष्ठज्यूको सभाध्यक्षता तथा उद्योग विभागका महानिर्देशक ध्रुर्वलाल राजवंशीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको  थियो । उक्त कार्यक्रममा संघका अध्यक्षले स्वागत मन्तब्यका साथै वस्तुस्थितिको बारेमा समेत प्रकाश पार्नुभयो । अहिलेको २१ औं शताब्दिमा पैतृक सम्पतीको भन्दा बौद्धिक सम्पतिको महत्व बढि रहेको विचार व्यक्त गर्नुभएको थियो । वौद्धिक सम्पत्ति कुनै व्यक्तिको दिमागको सिर्जना र मानव कल्याणकारी भएकोले उत्पादित औद्योगिक सम्पत्तिका विषयमा समय समयमा जानकारी दिंदा त्यो वस्तुको महत्व थाहा पाउन सकिन्छ भन्ने उद्देश्यका ... Read More


भारतीय दुतावास र नेपालमा विभिन्न संघसंस्था मिलेर गरिने कामबाट नेपाललाई व्यवसायिक तथा सामाजिक सम्बन्ध विस्तारमा निकै सहयोग पुग्ने निष्कर्ष निकालिएको छ । भारतीय महावाणिज्य दुतावास वीरगञ्ज र मकवानपुर उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा शक्रबार हेटौंडामा भएको नेपाल भारत व्यावसायिक अन्तरक्रिया तथा प्रदर्शनी कार्यक्रममा बोल्ने वक्ताहरुले नेपालको उत्पादन भारत निर्यात गर्दा दिदेशीय सम्बन्ध मजबुत हुनुको साथै आर्थिक लाभ पनि लिन सकिने बताउनुभएको थियो ।
    अन्तरक्रिया कार्यक्रममा बोल्दै भारतीय महावाणिज्य दुतावास वीरगञ्जका महावाणिज्यदुत अञ्जु रञ्जनले नेपालमा उत्पादन हुने सामानहरु निकै गुणस्तर र आकर्षणयुक्त हुने भन्दै त्यसले भारतीय बजारमा निकै राम्रो स्थान पाउने बताउनुभयो । नेपालमा उत्पादन हुने हस्तकलाका सामग्रीका साथै मैनबत्तिको विशेष ... Read More