News & Events


        संघका टोली मनहरीमा राहत वितरणमा पुगेको छ । टोलीले विस्कुट ६५ प्याकेट, म्याट ६५ थान, चाउचाउ ६५ कार्टुन, टर्च लाइट ७० थान,त्रिपाल ६५ थान समेतको सामग्री मनहरीको  महाभुकम्प पिडित चेपाङहरुकोलागि हस्तानतरण गरेको छ । मकवानपुर उद्योग वाणिज्य संघ पश्चिमी क्षेत्र समितिका सभापति गोविन्द रिजालको संयोजकत्वमा चेपाङहरुलाइ राहतको सामग्री हस्तानतरण गरिएको थियो ।
    कार्यक्रममा संघका अध्यक्ष्ँ राजकुमार न्यौपाने, महासचिव महेन्द्र राउत, कोषाध्यक्ष प्रमोदसिंह रानाभाट, का.स.स तथा मउविस सभापति निलम पाण्डे, कासस रेणु ज्ञवाली, कासस राधिका सामरी, विशेष आमन्त्रीत सदस्य कृष्णराम न्यौपने, रामहरी बन्जारा लगायतकाको सहभागिता रहेको थियो ।  

... Read More


    संघको राहत वितरण टोली निबुवाटार पुगेको छ । संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षमा निबुवाटार गाविसका ५० घरपरिवारलाई त्रीपाल वितरण गरिएको छ । कार्यक्रममा संघका कार्यसमिति सदस्य तथा महिला उद्यमी विकास समितिका सभापति निलम पाण्डे, कासस रेणु ज्ञवाली, राधिका रामरी, विशेष आमन्त्रीत सदस्य रामहरी बन्जारा, कोरिया मकवानपुर मञ्चका पूर्व अध्यक्ष द्धय रमेश उप्रेती, रुद्रप्रसाद दहाल, मञ्चका सदस्य यादव श्रेष्ठ र कपिल बानिया“ लगायतको उपस्थिति रहेको थियो ।

... Read More

बैशाख १२ र १३ गते गएको महाभूकम्पको कारण उत्पन्न समस्याको तात्कालिक समाधानको लागि मकवानपुर उद्योग वाणिज्य संघले उद्योगी/व्यवसायी तथा ईच्छुक सर्वसाधारणहरुबाट राहत सामग्री तथा नगद संकलन गरी जिल्ला प्रशासन कार्यालय, मकवानपुरका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला दैवी प्रकोप उद्दार समिति संग समन्वय गर्दै बैशाख १३ गतेदेखिनै सक्रिय रही राहत संकलन र प्रभावित क्षेत्रमै गई राहत सामग्रीहरुको वितरण कार्यसमेत गरिरहेको छ । यसै वीच हेटौंडा डेरी ईण्डष्ट्रिज प्रा.लि., नेवारपानीको सहयोग भएको त्रिपाल १०० थान, म्याट ३२ थान, चिउरा ५०० किलो, दही ५०० प्याकेट, चिनी २५० किलो, चाउचाउ १५२० प्याकेट, विस्कुट १० काटुन र लत्ताकपडालगायतका राहत सामग्रीहरु शुक्रबार सुकौरा गाविसमा वितरण गरिएको छ ... Read More




सम्पूर्ण व्यवसायीहरुले भुकम्प पिडितहरुको लागि राहत संकलन कार्य व्यक्तिगतरुपमा नगरि सम्बन्धित वस्तुगत संघहरु मार्फत नै राहत संकलन गरिदिनुहुन मकवानपुर उद्योग वाणिज्य संघ हार्दिक अपिल गरिन्छ । साथै, सहयोगकर्ता व्यवसायीहरुले पनि आफ्नो सम्बन्धित वस्तुगत संघलाई मात्र सहयोग प्रदान गरिदिनुहुन समेत अनुरोध गरिन्छ ।

                                मकवापुर उद्योग वाणिज्य संघ
                                   

... Read More



मकवानपुर जिल्लाका सम्पूर्ण उद्योगी व्यवसायीहरुले मिति २०७२ बैशाख १२ र १३ गते गएको महाभुकम्पमा परेर भएको धनजनको क्षतीको विवरण मकवानपुर उद्योग वाणिज्य संघमा आएर जानकारी गराउनुहुन हार्दिक अनुरोध गर्दछौं । संघ यस घट्ना प्रति दुःख प्रकट गर्दछ ।

                    महासचिव
                     महेन्द्र राउत
               

... Read More


 विभिन्न भागमा गएको महाभुकम्प र त्यसले निम्त्याएको जनधनको क्षति भएको अवस्थामा राहतको अभावमा हुनसक्ने थप सम्भावित क्षतिलाई न्यूनिकरण गर्न मकवानुपर उद्योग वाणिज्य संघले १४ र १५ गते संकलन गरेको राहत सामग्री हस्तान्तरणका लागि मंगलबार प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको थियो ।
जिल्ला प्रशासन कार्यालय अन्तरगत दैवी प्रकोप उद्दार समितिसंग समन्वय गर्दै राहत टोेली प्रभावित क्षेत्रतर्फ गएको हो । मकवानपुरको बढी प्रभावित क्षेत्र मध्ये नामटार, इपा, आमभन्ज्याङलगायत गाविसमा संघका टोलीले राहत वितरण गरेको थियो ।
राहत सामग्रीमा तत्काल उपभोग गर्न सहज हुने चिउरा, चाउचाउ, विस्कुट, पाउरोटी, भुजा, दालमोठ, र अस्थाई बसाइका लागि आवश्यक त्रिपाल वितरण गरिएको थियो । प्रभावित क्षेत्रमै तीन ... Read More



    मकवानपुर उद्योग वाणिज्य संघ पश्चििमी क्षेत्र समितिको आयोजना, मनहरी सेवा समाज, सामुदायिक प्रहरी र स्थानीय व्यापारीहरुको सहभागितामा महाभुकम्प पिडितहरुको लागि राहत सामग्री संकलन गरिएको छ । संकलनको क्रममा २७,९५०।– नगद रकम, ६ कार्टुन चाउचाउ, १ क्विन्टल चिउरा,२ थान कमल, ३ वटा त्रिपाल र ७८ थान तयारी पोषाक संकलन भएको छ ।
    राहत संकलन कार्यक्रममा संघका अध्यक्ष राजकुमार न्यौपाने,का.स.स तथा  पश्चिमी क्षेत्र सभापति गोविन्द रिजाल महासचिव महेन्द्र राउत, का.स.स तथा महिला उद्यमी विकास समितिका सभापति निलम पाण्डे, पश्चिमी क्षेत्र समितिका कार्यसमिति परिवार मनहरी सेवा समाज र स्थानीय व्यापारीहरुलगायतको सहभागिता रहेको थियो । संकलित रकम तथा सामग्रीहरु जिल्ला प्रशासन ... Read More



    संघका अध्यक्ष्ँ राजकुमार न्यौपानेको अध्यक्ष्ँतामा मकवानपुरको कोगटे गा.वि.स. का महाभुकम्प पिडितहरुलाई राहत सामग्री वितरण गर्न टोली कोगटे गएको छ । उक्त क्षेत्रको लागि संघले संकलित ३० थान त्रिपाल, ३० कार्टुन चाउचाउ, ३० वटा टर्च लाइट, ३० थान म्याट उपलब्ध गराउने भएको छ ।
    वितरण कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष कृष्ण कटुवाल, महासचिव महेन्द्र राउत, कोषाध्यक्ष प्रमोदसिंह रानाभाट, विशेष आमन्त्रीत सदस्य रामहरी बन्जारा, कोगटे गा.वि.स.का गाविस सचिव सिताराम रिमाल लगायतकाको उपस्थिति रहेको थियो ।

... Read More

२०७२ बैशाख १२ र १३ गते मकवानपुर जिल्लालगायत देशको विभिन्न भागमा गएको महाभूकम्प र त्यसले निम्त्याएको ठूलो जनधनको क्षतिको अवस्थामा राहतको अभावमा हुनसक्ने थप सम्भावित क्षतिलाई न्यूनिकरण गर्न मकवानपुर उद्योग वाणिज्य संघले बैशाख १४ र १५ गते संकलित राहत सामाग्री हस्तान्तरणको लागि मंगलबार प्रभावित क्षेत्र तर्फ प्रस्थान गरेको छ । जिल्ला प्रशासन कार्यालय, मकवानपुर अन्तर्गत रहेको जिल्ला दैवी प्रकोप उद्दार समितिसंग समन्वय गर्दै राहत टोली प्रभावित क्षेत्र तर्फ गएको हो । मकवानपुर जिल्लाको बढी प्रभावित क्षेत्र मध्येको नामटार, ईपा, आमभन्ज्याङलगायतको गाविसहरुमा संघको टोलीले राहत वितरण गरेको संघका अध्यक्ष राजकुमार न्यौपानेले बताएका छन् । यस दुखद् घडीमा राहत सामाग्री सहयोग गर्नुहुने उद्योगी व्यवसायीलगायत ... Read More



संघ तथा आन्तरिक राजश्व कार्यालयको संयुक्त आयोजनामा जिल्लामा अवस्थित औषधि व्यवसायीहरु संग कर सम्बन्धी छलफल तथा अन्तरक्रियात्मक कार्यक्रम संघको सभाकक्षमा गरियो । कार्यक्रममा आन्तरिक राजश्व कार्यालयका प्रमुख कर अधिकृत जीवनकुमार घिमिरेले सम्पूर्ण व्यवसायीहरुलाई अतिरिक्त सेवा शुल्क बापत ५५ का दरले कर संकलन गरेर राजश्व कार्यालयमा नियमित रुपमा चौमासिक व्यवसाय विवरण पेश गर्न सम्पूर्ण औषधी व्यवसायीहरुलाई आग्रह गर्नुभएको थियो । तमक १५५ अनिवार्य काट्न र डाक्टरको सेवा शुल्क ५५ अनिवार्य काट्न आग्रह गर्नुभएको थियो । क्लिनिक चलाएका व्यवसायीहरुले अनिवार्यरुपमा चौमासीक हिसाव बुझाउन आग्रह गर्नुभएको थियो । तर क्लिनिक नचलाई औषधि पसल चलाउनेको हकमा चौमासिक हिसाव आवश्यक नरहेको समेत प्रष्ट पार्नुभएको थियो ... Read More


मकवानपुर उद्योग वाणिज्य संघले उद्योग वाणिज्य दिवस हेटौंडा अस्पतालको विरामीहरुलाई फलफुल वितरण गरेर मनाएको छ । हरेक वर्ष चैत्र २८ गतेका दिन उद्योग वाणिज्य दिवस मनाईने गरिन्छ ।
फलफुल वितरण कार्यक्रमका संयोजक कृष्ण कुमार गुप्ता अग्रवालले उद्योग वाणिज्य दिवसको अवसरमा संघले हरेक वर्ष कुनै न कुनै कार्यक्रम आयोजना गर्ने गरेको बताउनुहुदै अघिल्लो वर्ष झै यस वर्ष पनि विरामीहरुलाई फलफुल वितरण कार्यक्रम राखेको बताउनुभयो । फलफुल वितरण कार्यक्रमका प्रमुख अतिथिको रुपमा रहनुभएका हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष सुनिल मोक्तानले मकवानपुर उद्योग वाणिज्य संघले हेटौंडा अस्पतालको स्तरोन्नतिको लागि गरेको सहयोगको प्रशंसा गर्नुहुदै अस्पतालको सेवा सुधारको विषयमा जानकारी गराउनुभयो । अतिथिको रुपमा ... Read More


जिल्ला प्रशासन कार्यालय, मकवानपुरमा मिति २०७१ चैत्र २२ गते बसेको वैठकबाट कम गुणस्तर र तौलका सामानहरु खरिद विक्री नगर्न, त्यस्ता सामान भएमा विक्रेता डिलरमा सम्पर्क राखी साट्न, सरकारी अनुगमनमा सहयोग गर्न र उपभोक्ता वर्गले पनि म्याद नगुज्रेका सामान हेरी खरिद गर्नुहुन अनुरोध गर्ने निर्णय भएकोले सोही अनुसार गर्नु/गराउनु हुन सम्बन्धित व्यवसायी तथा आम उपभोक्ता समक्ष हार्दिक अनुरोध गर्दछौं ।

मकवानपुर उद्योग वाणिज्य संघ
चेम्बर मार्ग, हेटौंडा–२

... Read More


संघको नेतृत्व तथा ट्रेड युनियनहरुको पहलमा हेटौंडा औद्योगिक क्षेत्रमा अवस्थित बन्द रहेको युनाइटेज बु्रअरीज खुलाउन सफल भएको छ । संघका अध्यक्ष राजकुमार न्यौपानेज्यूको अध्यक्षतामा बन्द उद्योग खुलाउन पहल गरिएको थियो । संघ, उद्योग संघ मकवानपुर, श्रम कार्यालय मकवानपुर तथा सम्पूर्ण ट्रेड युनियनको अथक प्रयास पछि उद्योग खुलाउन सफल भएको थियो । आगामी दिनहरुमा उद्योगमा असर पर्ने कुनै पनि कृयाकलापहरु गर्न नपाउने विभिन्न ५ वटा शर्तहरुको बँुदा बनाई निम्नानुसारको रोहवरवालाहरु राखेर निर्णय गराएको थियो ।
रोहवरवालाहरुः
श्री विष्णु खनाल, उपाध्यक्ष, मकवानपुर उद्योग वाणिज्य संघ ।
श्री श्याम श्रेष्ठ, नि. प्रमुख, श्रम कार्यलय ।
श्री लेखराज पोखरेल, महासचिव, उद्योग ... Read More


प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाको सम्मानमा स्वागत कार्यक्रमको आयोजना संघको सभाकक्षमा गरियो । संघका अध्यक्ष राजकुमार न्यौपानेज्यूको अध्यक्षतामा कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा स्वागत मन्तब्य दिनुहु“दै जिल्लाको वस्तु स्थितिको बारेमा जानकारी संघका अध्यक्ष राजकुमार न्यौपानेले गराउनुभएको थियो ।
 उपभोक्ता मञ्चका सचिव बासु खतिवडाले कार्यक्रममा प्रमुख जिल्ला अधिकारीको कार्यकालको शुभकामना व्यक्त गर्नुहु“दै स्वच्छ र शुद्धतासहितको बजार हुनुपर्ने धारणा राख्नुभएको थियो । पेय पदार्थमा देखिएको समस्या प्रति प्रजिअको ध्यानाकर्षण गराउनुभएको थियो । त्यसैगरि कार्यक्रममा होटल एशोसियसनका शालिकराम शर्माले होटलहरुमा कुनैपनि किसीमको समस्या उत्पन्न हुनुनदिन प्रयासरत रहने जानकारी गराउनुभएको थियो ।त्यसैगरि कार्यक्रममा उद्योग संघका अध्यक्ष ऋिषिराम घिमिरेले उद्योगमा हुने बन्द हड्ताल समस्याको रुपमा ... Read More



मकवानपुरका उद्योगी व्यवसायी तथा सभासदहरुले हेटौंडाको सडक विस्तारको बारे स्थानीयमा छाएको त्रासको बारेमा भौतिक योजना तथा निर्माण मन्त्रालयमा डेलिगेशन पत्र बुझाएका छन् ।
    २५ मिटर सडक फराकिलो पार्ने चर्चा चलिरहेका बेला (२०७१ चैत ९) सोमबार  गएको मकवानपुरे टोलीले मुआब्जा दिएर १५ मिटर मात्र सडक भत्काउन बिकल्प दिएको हो । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेको नेतृत्वमा गएको टोलीले भौतिक योजना तथा निर्माण मन्त्री विमलेन्द्र निधिलाई भेटी डेलिगेशन पत्र बुझाएको थियो । संविधानसभा सभासद तथा पूर्व जलस्रोत राज्यमन्त्री डिना उपाध्याय, सभासद इन्द्र बानिया“, अनन्त पौडेल, रामनारायण बिडारी, संघका महासचिव महेन्द्र राउतलगायतको टोलीले डेलिगेशन पत्र बुझाएको थियो । डेलिगशेन पत्र ... Read More


 हेटौंडाका व्यवसायीहरुले लामो समयदेखि घर वहाल कर समस्याका रुपमा झेल्दै आईरहेको अवस्थामा तत्काल ऐन निर्माण गरेर लागू गर्नु पर्ने माग राखेका छन् ।
    संघ र आन्तरीक राजश्व कार्यालय हेटौंडाको संयुक्त आयोजनामा शनिबार व्यवसायी, घर धनी र सरोकारवालाहरुसंग वृहत छलफल तथा अन्तरक्रिया कार्यक्रममा सहभागी व्यवसायी घर धनीले घर वहाल कर ऐननै लागू गर्नुपर्ने माग राखेका हुन् । प्रत्येक घर वा जग्गो धनीले आफ्नो घर पसल, टहरा जग्गा जमिन बहालमा लगाई प्राप्त भएको बहाल रकमको १० प्रतिशतले हुने रकम बहाल कर दिनु पर्नेमा घरधनीले व्यवसायीबाटै असुल गरिरहेको व्यवसायीहरुले गुनासो गरेका छन् । कार्यक्रममा व्यवसायीले आफुले व्यवसायी गरेको स्थानमा बर्षैंदेखि घर वहालको ... Read More


 उद्योग मन्त्री महेश बस्नेतले सर्वजनिक खरिद ऐन र औद्योगिक व्यवसाय ऐन आवश्यक संशोधनको लागि आउंदो संसद वैठकमा पेश गरिने तयारी भएको बताउनुभएको छ । मकवानपुर उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले स्वदेशी व्यवसायीले विदेशमा पनि लगानी गर्न पाउने कानुन बनाउन आफूले पहल गरिरहेको बताउनुभयो ।
 सेना प्रहरीलगायतका सरकारी कर्मचारीहरुलाई आवश्यक पर्ने उपभोग्य बस्तु १५ प्रतिशत महंगो भए पनि नेपालकै खरिद गर्नुपर्ने प्रावधान बनाउन लगागिएको पनि मन्त्री बस्नेतले जानकारी दिनुभयो । उद्योग दर्तालाई अनलाइनमार्फत दर्त गर्ने रजिष्टार कार्यालयमा सुरु भए पनि उद्योग विभागमा पनि लागू गर्ने तयारी भइरहेको उहांको भनाइ थियो । १० करोड सम्मको पुंजी ... Read More


मकवानपुर उद्योग वाणिज्य संघको कोषाध्यक्षमा प्रमोद सिंह रानाभाट नियुक्त भएका छन् । २०७१ फागुन ७, ८ र ९ गते सम्पन्न ४८ औं वार्षिक साधारण सभा तथा निर्वाचन कार्यक्रमबाट उद्योग तर्फको सदस्य पदमा रानाभाट निर्वाचित भएका थिए । संघको विधान अनुसार निर्वाचित सदस्यहरु मध्येबाट महासचिव, कोषाध्यक्ष, दुई सचिव र सहकोषाध्यक्ष नियुक्त गर्ने व्यवस्था छ । यस अघिनै महासचिव पदमा महेन्द्र राउत सर्वसम्मत भइसकेका हुन भने संघको २०७१ चैत्र ३ गते बसेको विशेष वैठकबाट रानाभाट सर्वसम्मत कोषाध्यक्ष चयन भएका छन् । यसबाट संघको आर्थिक गतिविधि नियमित हुने र बाकी दुई सचिव र सहकोषाध्यक्षको नियुक्ती उपयुक्त समयमा पछि गरिने संघका अध्यक्ष राजकुमार न्यौपानेज्यूले जनाएका ... Read More


मकवानपुर उद्योग वाणिज्य संघले सोमबार लेखनाथ उद्योग वाणिज्य संघका महिला उद्यमी विकास समितिको भ्रमण टोलीको सम्मानमा स्वागत तथा छलफल कार्यक्रमको आयोजना गरेको छ । लेखनाथ उवा संघको महिला उद्यमी विकास समितिका संयोजक गितादेवी सुवेदीको नेतृत्वमा आएको २५ सदस्यीय भ्रमण टोलीले विभिन्न जिल्ला तथा नगर उद्योग वाणिज्य संघका महिला उद्यमीहरु संग भेटघाट तथा अध्ययन अवलोकन भ्रमण गर्ने क्रममा हेटौंडा आएका हुन् । कार्यक्रममा विभिन्न अनुभव तथा गतिविधिहरु बारे चर्चा गरिएको थियो । भ्रमण टोलीमा लेखनाथ उवा संघका प्रथम उपाध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी र कार्यसमिति सदस्य प्रशान्तराज धमलाको पनि सहभागिता रहेको थियो ।
मकवानपुर उवा संघले आयोजना गरेको उक्त सम्मान कार्यक्रमको सभापतित्व ... Read More


मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा फागुन २४ गते आइतबार बाटोको दाया/बाया २५ मिटर सडक विस्तारले पार्ने समस्या सम्बन्धमा छलफल कार्यक्रम सम्पन्न गरिएको छ । छलफलमा संघका पूर्व अध्यक्ष र २५ मिटर सडक समस्या समाधानका लागि लामो समय व्यतित गरिसक्नु भएका उत्तमशर्मा ढकालज्युले विषयबस्तुमाथि प्रकाश पार्नुहुँदै हालसम्म भएगरेका काम र प्रगति बारे चर्चा गर्नुभएको थियो । जस अन्तर्गत धेरै पटक सम्बन्धित मन्त्रलायमा डेलिगेशन गएको र संविधान सभाका सभाषद्ज्यूहरुसहितको टोली सम्बन्धित मन्त्रालयमा पटक पटक समस्या समाधानार्थ गइसकेको बारे जानकारी गराउनुभएको थियो । मन्त्रालयहरुबाट सकारात्मक प्रतिक्रिया आएपनि यसको दिगो समाधान हालसम्म नभएको उहाँको प्रतिक्रिया थियो । वैकल्पिक मार्गको रुपमा राप्ती किनारमा सडकको रेखाङ्कन कार्य ... Read More


मकवानपुर उद्योग वाणिज्य संघले उद्योगी/व्यवसायीहरुको हितलाई केन्द्रमा राखी व्यवसायी हितकोष निर्माण गर्ने भएको छ । उद्योगी/व्यवसायीहरुको लागि संघको नियन्त्रणमा रहने गरी उक्त कोष निर्माण गरिने भएको हो । कोषको प्रभावकारी कार्यान्वयनको लाग कार्यविधि तयार गरि व्यवस्थित गरिने संघका अध्यक्ष राजकुमार न्यौपानेलेज्युले जानएका छन् । उद्योगी/व्यवसायीहरुको छाता संस्थाको रुपमा रहेको संघले व्यावसायिक हितको लागि प्रत्यक्ष लाभान्वित हुने कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्न जरुरी देखिएकोले यो हित कोषको अवधारण आएको हो । संघको सक्रिय पहलबाट कोषको वृद्धिको लागि विभिन्न उपायहरु अवलम्बन गरिने र संकलित कोषको प्रभावकारी परिचालन गर्नेसमेत अध्यक्ष न्यौपानेले बताएका छन् । फागुन ३० गते विहान ८ः०० बजेबाट एक कार्यक्रमको बीच वृहत ... Read More


नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेले मुलुकको केन्द्र भागमा रहेको मकवानपुर जिल्ला औद्योगिक हव बन्न सक्ने बताउनु भएको छ । वारा, पर्सा र मकवानपुर जिल्लालाई लक्षित गरी अगाडी बढाइएको काठमाडौं-निजगढ फास्ट ट्रया्क, काठमाडौं-हेटौंडा सुरुङ मार्ग लगायतका परियोजना र राजधानीबाट सवैभन्दा नजिकमा रहेको र भारतीय नाकाबाट पनि नजिकमा रहेका कारण आगामी दिनमा यो जिल्ला औद्योगिक हव बन्ने उहांले स्पष्ट पार्नुभयो । 

उहांले मकवानपुरको विकासका लागि दुईवटै फास्ट ट्रयाक जरुरी रहेको भन्दै मकवानपुर काठमाडौं जोड्ने दक्षिणकालीको वाटोको स्तरोन्तीका लागि समेत महासंघले पहल गर्ने वताउनु भयो । २०२२ सालदेखि संचालनमा आएको मकवानपुर औद्योगिक क्षेत्रलाई विस्तार गरी अझ बढी उद्योग एवं लगानी आकर्षण ... Read More


एक गाउ“ एक उत्पादन कार्यक्रमअन्तर्गत ३ दिने प्राङ्गरिक किवी उत्पादन, उपरान्त प्रविधि तथा प्रमाणीकरणसम्बन्धी ३ दिने तालिमको आयोजना गरिएको छ ।
    गत माघ १२ गतेदेखि १४ गतेसम्म जिल्ला कृषि विकास कार्यालय मकवानपुरको सभाहलमा भएको कार्यक्रममा जिल्लाका २४ जना कृषकको सहभागिता रहेको थियो । मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष प्रकाश ढकालको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा जिल्ला कृषि विकास कार्यालय मकवानपुरका प्रमुख रेवतीरमण पौडेलले कार्यक्रमको उद्देश्यबारे जानकारी गराउनुभएको थियो । चन्द्रमान श्रेष्ठ र ऋषि अधिकारीले सहभागीलाई तालिम प्रदान गर्नुभएको थियो । तालिमबाट प्राङ्गारिक किवी खेतीसम्बन्धी पञ्चर्षीय योजनासमेत बनाइएको छ । प्राङ्गारिक किवी उत्पादन तथा बजारीकरण कार्यबाट पञ्चबर्षीय योजनाको अन्तिम वर्षमा ... Read More



मकवानपुर उद्योग बाणिज्य संघको टोलीले मित्रराष्ट्र भारतको प्रख्यात ब्यवसायिक शहर कलकत्ता भ्रमण गरेको छ ।
टोलीले कलकत्तामा भएको २ वटा मेघा औद्योगिक मेलाको अवलोकन गरेको थियो । बंगाल चेम्बर अफ कर्मस एण्ड ईण्डष्ट्रिजको आयोजनामा भएको अन्तराष्ट्रिय मेघा टे«ेड फेयरको निमन्त्रणा स्विकार गर्दै टोलीले सो मेलामा सहभागिता जनाएको हो । नोभेम्बर १८ तारिखदेखि २८ तारिखसम्म कलकत्ताको साईन्स सिटीहलमा भएको मेलामा नेपाललगायतका दोस्रो राष्ट्रका देशहरुको उत्पादन तथा औद्योगिक मेशिनरी उपकरणहरुको प्रदर्शनी गरिएको थियो ।
संघका बरिष्ठ उपाध्यक्ष्ँ प्रकाश ढकालको नेतृत्वमा गएको भ्रमण टोलीले कलकत्ताका पर्यटकीय तथा धार्मिक स्थलहरुको पनि अवलोकन गरेको थियो । ७ दिवशीय भ्रमणका क्रममा संघका महासचिव माधव ... Read More



    मकवानपुर उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समितिले महिलालाई सक्षम र आत्मनिर्भर बनाउने उद्देश्यका साथ बेकरी तालिम प्रदान गरेको छ । ४ दिनसम्म चलेको तालिममा ६० जना महिलाको सहभागिता रहेको थियो ।
गत माघ २ गतेदेखि सुृरु भएको तालिम ५ गतेसम्म सञ्चालन गरिएको थियो ।अधिकांश गृहिणी महिला सहभागी तालिममा पिज्जा, बर्थडे केक, बर्गर, दुनटलगायत भेज नन्भेज आइटमहरु बनाउन सिकाइएको थियो । हेटौंडा–१०, स्थित आषिश बेकरी उद्योगमा संचालित तालिममा उद्योगका प्रोपाइटर ज्ञानेन्द्र ढकालले प्रशिक्षण दिनुभएको थियो । महिला उद्यमी विकास समितिका सचिव निलम वैद्यको संयोजकत्वमा आयोजना गरिएको तालिममा महिला उद्यमी विकास समितिका कार्यवाहक सभापति देवकुमारी ढकालको सभापतित्व रहेको थियो ... Read More



    नारायणी यातायात व्यवसायी संघका नवनिर्वाचित अध्यक्ष बद्रीप्रसाद चौलागाइंले मकवानपुर उद्योग वाणिज्य संघ र नारायणी यातायात व्यवसायी संघ एकअर्काको परिपुरक संस्था भएको भन्दै ै समस्याहरुलाई सहकार्य गरेर समाधान गर्दै लैजानुपर्ने बताउनुभएको छ । नारायणी यातायात व्यवसायी संघको नवनिर्वाचित टोलीलाई मउवा संघले गरेको स्वागत कार्यक्रममा बोल्दै अध्यक्ष चौलागाईंले जिल्लाका निजी क्षेत्रहरुले एक भएर अगाडि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
चौलागाईंले मउवा संघको स्वागतको लागि आभारसमेत प्रकट गर्नुभएको थियो । आफूहरुलाई सबैको सहकार्यको आवश्यकता रहेको बताउंदै अध्यक्ष चौलागाईंले सम्पुर्ण व्यवसायी एक भए समस्या समाधान गर्न सहज हुने बताउनुभयो । संघका अध्यक्ष भुवनलाल श्रेष्ठको अध्यक्षता तथा नारायणी यातायात व्यवसायी संघका अध्यक्ष बद्रिप्रसाद ... Read More



नेपाल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका सञ्चालक समितिका नवनियुक्त अध्यक्ष नन्दकिशोर बस्नेतले हेटौंडा औद्योगिक क्षेत्रमा अवस्थित हाल बन्द अवस्थामा रहेको कपडा उद्योग सञ्चालनका लागि सडक संघर्ष गर्नुपर्ने धारणा राख्नुभएको छ ।
नेपाल सरकारबाट सञ्चालक समिति अध्यक्षमा नियुक्त हुनुभएका बस्नेतले कपडा उद्योग सञ्चालनका लागि मकवानपुरमा रहेका राजनीतिक दल, उद्योगी, व्यवसायी र कपडा उद्योग सञ्चालन गर्न सकिन्छ भन्ने मान्यता भएकाहरुलाई सरकारलाई दबाब दिन सडक संघर्षमा उत्रिन आग्रह गर्नुभएको हो । मकवानपुर उद्योग बाणिज्य संघद्वारा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै बस्नेतले कपडा उद्योग मकवानपुरको गहना भएकाले सडक संघर्ष गरेरै भए पनि सञ्चालन गर्नुपर्ने बताउनु भएको हो । ‘कपडा उद्योग पुनसंंचालन जरुरी छ,’ अध्यक्ष ... Read More



    नेपाल सरकारका वाणिज्य मन्त्री सुनील थापाले उद्योगी÷व्यवसायीको समस्या समाधानका लागि मन्त्रालयस“ग सहकार्य आवश्यक रहेको बताउनुभएको छ । नेपालमा रहेका व्यावसायिक  समस्या समाधानका लागि मन्त्रालय र व्यवसायी एकजुट भएर अगाडि बढ्नुपर्ने उहांको भनाइ थियो ।
मकवानपुर उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै मन्त्री थापाले समस्या समाधान दुबैतर्फबाट मात्र सम्भव रहेको जानकारी गराउनुभएको थियो । ‘नेपालीहरुले विदेशी मुलुकमा श्रम बेच्न बाध्य भइरहेको अवस्था छ, तसर्थ नेपाली लगानीका लागि उपर्युक्त स्थान र वातावरण बनाउन आवश्यक देखिन्छ,’ थापाले भन्नुभयो । कार्यक्रममा बोल्दै मन्त्री थापाले पेट्रोलियम पदार्थको मूल्य घटिरहेको अवस्थामा पनि नेपालमा ढुवानीको मूल्य घटाउन नसकिने अवस्थाप्रति चिन्ता व्यक्त गर्नुभयो । ढुवानीमा ... Read More




संघका वरिष्ठ उपाध्यक्ष प्रकाश ढकालको सभापतित्वमा तथा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख कमल घिमिरेको प्रमुख आतित्थ्यतामा फर्म दर्ता तथा नवीकरण सम्बन्धी नया“ प्राब्धानको विषयमा जानकारीमूलक अन्तरक्रियात्मक कार्यक्रमको आयोजना संघको सभा कक्षमा आयोजना गरियो ।
कार्यक्रममा वस्तुगत संघका अध्यक्षहरु तथा संघका कार्यसमितिका पदाधिकारीहरु तथा कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख कमल घिमिरेले व्यवसाय दर्ता तथा नविकरण प्रक्रियाको बारेमा सहजीकरण गर्नुभएको थियो ।व्यवसायको किसिम अनुसारको नियमको बारेमा जानकारी गराउनुभएको थियो ।प्राइभेट फर्मको वर्गीकरण र न्यूनतम पू“जीको बारेमा बताउनुभएको थियो । आयात निर्यातको उद्देश्य राखी दर्ता हुने फर्मको हकमा समुन्द्रपार र भारतको हकमा व्यवसायको ... Read More



    संघले पाल्पा उद्योग वाणिज्य संघको भ्रमण टोलीलाई स्वागत गरेको छ । संघका अध्यक्ष भुवनलाल श्रेष्ठको सभाध्यक्षमा भएको कार्यक्रममा संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत मन्तब्य दिनुहु“दै अध्यक्षले प्रमुख समस्याहरुको समाधानको लागि महासंघ समक्ष सधैं अनुरोध गर्ने गरेको तर सुनुवाई नभएकोले सबै उद्योग वाणिज्य संघहरुले जोडदार पहल हु“दा समाधान हुन सक्ने विश्वास व्यक्त गर्नुभएको थियो । श्रम ऐन सम्बन्धी समस्या, घरेलु नविकरण र दर्तामा भएको सस्याहरुलाई समाधान गर्न सहकार्य गरेर अगाडि बढ्नुपर्ने विचार राख्नुभएको थियो ।
कार्यक्रममा भ्रमणटोलीका प्रमुख तथा पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जनले भ्रमणको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । पाल्पा ... Read More



    मकवानपुर उद्योग वाणिज्य संघले आन्तरिक राजश्व कार्यालय हेटौंडामा भर्खर सरुवा भैै आउनुभएकाच प्रमुख कर अधिकृत जीवनकुमार घिमिरेको सम्मान तथा स्वागत गरेको छ । संघको कार्यकक्षमा भएको कार्यक्रम संघका अध्यक्ष भुवनलाल श्रेष्ठको सभापतित्वमा भएको थियो । आफुलाई सम्मान गर्न आयोजित कार्यक्रममा बोल्दै प्रमुख कर अधिकृत घिमिरेले आगामी दिनमा सहकार्य गरि अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो । व्यवसायमा न्यून बिजकीकरणको समस्या धेरै लामो समयदेखिको भएको भन्दै उहा“ले पैठारीकर्ताले ध्यानदिए समस्या समाधानहुने विश्वास व्यक्त गर्नुभयो । व्यवसायमा लेखापरिक्षणको समस्या पनि जटिल बन्दैगएको बताउ“दै घिमिरेले लेखा परिक्षक जिम्मेवार हुनु जरुरी रहेको औंल्याउनभयो । राजश्व विभागले करको दायरामा आउने व्यवसायीलाई कर छुटको समेत व्यवस्था गरेकाले ... Read More



        संचयकोष कार्यालयको ५३ औं वार्षिक साधारण सभाको उपलक्ष्यमा संघ र संचयकोष शाखा कार्यालय मकवानपुरको संयुक्त आयोजनामा निजी क्षेत्रमा कार्यरत कामदार कर्मचारीको संचयकोष व्यवस्थाको सम्बन्धमा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरियो । कार्यक्रममा विभिन्न उद्योगी व्यवसायी लगायत टे«ड युनियनका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
    कार्यक्रम संचयकोष शाखा कार्यालय मकवानपुरका प्रमुख श्री ओमकृष्ण श्रेष्ठज्यूको सभापतित्व तथा संघका अध्यक्ष श्री भुवनलाल श्रेष्ठज्यूको प्रमुख आतिथ्यतामा आयोजना गरिएको थियो । कार्यक्रममा स्वागत मन्तब्य तथा कार्यक्रममाथि प्रकाश सभापतिले पार्नुभएको थियो । कार्यक्रममा उहा“ले संचयकोषको बारेमा जानकारी गराउनुभएको थियो । कर्मचारी संचयकोष सार्वजानिक संस्था रहेको जानकारी गराउनुभयो । कार्यालयको सेवा सुविधाको बारेमा जानकारी ... Read More



    संघले जिल्लामा नव आगन्तुक प्रहरी उपरक्षिक श्री प्रकाशजंग कार्कीको सम्मानमा स्वागत तथा छलफल कार्यक्रमको आयोजना गरेको छ । संघका अध्यक्ष श्री भुवनलाल श्रेष्ठज्यूको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तब्य दिनुहु“दै जिल्लाको वस्तुस्थितिको संघको गतिविधिको बारेमा जानकारी दिनुभएको थियो । संघ निजि क्षेत्रमा मात्र नभई सामाजिक क्षेत्रमा पनि निकै अग्रसर रहेको र विभिन्न किसिमका सामाजिक कार्यकालागि अहम भूमिका निर्वाह गरेको समेत बताउनुभयो । संघको पहलमा बजारमा जडित सि.सि. क्यामराले सुरक्षाको प्रत्याभूति गराइरहको र क्यामराको सहयोगमा विभिन्न किसिमका घट्नाहरुको यथार्त तथ्य पत्ता लागाएर कार्वाही अगाडि बढाउन सहज भएको समेत जानकारी गराउनुभयो । कार्यक्रममा श्रेष्ठज्यूले प्रहरी उपरीक्षकको मकवानपुरको बसाईको पूर्ण सफलताको कामना गर्दै ... Read More



    शिवम सिमेन्टको खानी उत्खननका कारण सामाजिक रुपमा परिरहेको असरको मूल्यांकन तथा उद्योग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षणका लागि सुझाव संकलन गर्न मकवानपुर आउनुभएका संसदीय समितिको टोलीसंग मकवानपुर उद्योग वाणिज्य संघले छलफल कार्यक्रमको आयोजना गरेको छ ।
सुझाव संकलनका लागि आउनुभएका संसदीय टोलीका प्रमुख सभासद सुभाषचन्द्र ठकुरीले उद्योग, वाणिज्यसंग सम्बन्धित सुझावहरु संकलनका लागि उद्योग वाणिज्य संघसंग छलफल गरिएको बताउनुभयो । मकवानपुरको समस्याहरुको विषयमा जानकारी गराउनुहु“दै संघका अध्यक्ष भुवनलाल श्रेष्ठले बढ्दै गरेको राप्ती खोलाको सतह घटाउनुपर्नेमा विशेष जोड दिनुभयो । समयमा संविधान बन्नुपर्ने र नेपाल सरकारको वर्तमान श्रम, कर र उद्योग नीति अविलम्ब संशोधन गर्नुपर्नेमा पनि अध्यक्ष श्रेष्ठले जोड दिनुभयो ... Read More



    संघको आयोजनामा उर्जा व्यापार सम्झौता र उर्जा विकास सम्झौता सम्बन्धि छलफल कार्यक्रम सम्पन्न गरिएयो । कार्यक्रम संघका अध्यक्ष श्री भुवनलाल श्रेष्ठज्यूको सभापतित्वमा भएको थियो । स्वागत मन्तव्य दिनुहु“दै अध्यक्ष श्रेष्ठले देशमा उर्जाको खा“चो पुरा गर्न सबैको प्रयासबाट मात्र सम्भव हुने बताउनुभयो । आफुहरुले जिल्ला स्तरबाट केन्द्रिय स्तरसम्म आवाजलान जरुरी भएको र त्यसको लागि राजनैतिक दलहरुको सहयोग र सहकार्य आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा नेपाल सरकारले भारतसंग गर्ने भनिएको उर्जा सम्झौता राष्ट्रिय हितमा मात्र गर्न आवश्यक रहेको बताइएको छ । भारतसंग गर्न लागिएको उर्जासम्बन्धी सम्झौतामा राष्ट्रिय हित जोडेर अगाडि बढ्न आग्रह गरिएको हो । यो विषयमा गम्भिर भएर सोच्न आग्रह ... Read More



    संघका अध्यक्ष्ँ श्री भुवनलाल श्रेष्ठज्यूको सभापतित्व तथा माननीय सभासद श्री रामनारायण बिडारीज्यूको प्रमुख आतिथ्यतामा व्यवसायिक तथा जिल्लाका विभिन्न समस्याहरुको विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजना संघको सभाहलमा गरियो ।
कार्यक्रमा संघका अध्यक्ष श्री भुवनलाल श्रेष्ठज्यूले हाल रहिआएको व्यवसायिक समस्याहरुको बारेमा जानकारी गराउनुका साथै राप्ति खोलाको बढ्दो समस्यालाई समाधान गर्न साथै सुरु∙मार्गको लागि पहल आवश्यक रहेको बताउनुभएको थियो । कर सम्बन्धि समस्या थ्रेसहोल्डको समस्या निराकरण गर्न आफूहरु हरदम प्रयासरत रह“दा समेत सुनवाई नभएको कारण सभासदहरुमा यसको विषय उठान गर्न पहल गर्न आग्रह गर्नुभएको थियो । कार्यक्रममा विभिन्न वस्तुगत संघका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । सबैले आ–आफ्नो समस्या व्यक्त गर्नु ... Read More




    संघका अध्यक्ष्ँ श्री भुवनलाल श्रेष्ठज्यूको सभापतित्व तथा माननीय सभासद डा. शेखर कोइरालाज्यूको प्रमुख आतिथ्यतामा व्यवसायिक तथा जिल्लाका विभिन्न समस्याहरुको विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजना संघको सभाहलमा गरियो ।
कार्यक्रमा संघका अध्यक्ष श्री भुवनलाल श्रेष्ठज्यूले हाल रहिआएको व्यवसायिक समस्याहरुको बारेमा जानकारी गराउनुका साथै राप्ति खोलाको बढ्दो समस्यालाई समाधान गर्न साथै सुरु∙मार्गको लागि पहल आवश्यक रहेको बताउनुभएको थियो । कर सम्बन्धि समस्या थ्रेसहोल्डको समस्या निराकरण गर्न आफूहरु हरदम प्रयासरत रह“दा समेत सुनवाई नभएको कारण सभासदहरुमा यसको विषय उठान गर्न पहल गर्न आग्रह गर्नुभएको थियो । कार्यक्रममा विभिन्न वस्तुगत संघका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । सबैले आ–आफ्नो समस्या व्यक्त ... Read More



मिति २०७१ श्रावण २४ र २५ गते संघका कर्मचारीहरुको कार्यदक्षता बढाउने उद्देश्यले दुई दिवसिय कार्यालय व्यवस्थापन तालिमको आयोजना संघको सभाकक्षमा गरियो । तालिमको समुद्घाटन संघका अध्यक्ष श्री भुवनलाल श्रेष्ठज्यूको सभापतित्वमा भएको थियो । कार्यक्रममा अध्यक्षज्यूले कर्मचारीहरुलाई तालिमबाट धेरै कुरा सिकेर कार्यालयको कार्यलाई चुस्त दुरुस्त बनाउनको लागि शुभकामना व्यक्त गर्नुभएको थियो ।
तालिममा काठ्माण्डौको ज्ब्च्म् ल्भ्एब्ी का मुख्य प्रशिक्षक श्री रिसभदेव सिग्देल र सहायक प्रशिक्षक श्री गिरिराज ज्ञवालीहरुको उपस्थिति रहेको थियो । प्रशिक्षकहरुले तालिममा पत्र लेखन,तभबm धयचप,लगायत कार्र्यालय व्यस्थापन कसरी गर्ने लगायतका  धैरै कुराहरुको अभ्यास गराउनुभएको थियो । तालिममा  औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय, टिपिकल स्टिल इण्डष्ट्रिज प्रालि, हैंसे होस्टे बाल ... Read More







    संघ र निर्माण सामाग्री व्यवसायीवीच छलफलकार्यक्रमको आयोजना संघको सभाकक्षमा गरियो । छलफलमा व्यवसायीहरुले नदीजन्य सामाग्री उपभोग  ठप्प भएसगै आफूहरुले व्यवसायमा गम्भीर असर पुगेको भन्दै तत्काल सुचारु गर्न माग गरेको छन ।
     चुरे संरक्षणको नाममा मन्त्रीपरिषदले साउन ११ गते विशेष निर्णय गर्दै नदीजन्य सामाग्री उत्खनन र विक्रीमा पूर्णतया रोक लगाएपछी स्थानियस्तरमा विकास निर्माण कार्य ठप्प हुंदा निर्माण सामाग्रीको बिक्रीमा नकारात्मक असर परेको निर्माण सामाग्री व्यवसायी संघ मकवानपुरका अध्यक्ष मनोज जालानले बताउनुभयो ।
    छलफलमा क्रसर तथा खानी उद्योग व्यवसायी महासंघका उपमहासचिव सीताराम न्यौपानेले सरकार समस्या समाधानमा भन्दा  पनि चर्काउने नीतितर्फ अग्रसर रहेको दावी गर्दै ... Read More



संघका का.वा. अध्यक्ष श्री प्रकाश ढकालज्यूको सभापतित्वमा अटो भिलेज स्थापना सम्बन्धमा बृहत छलफल कार्यक्रमको आयोजना संघको सभाहलमा गरियो । कार्यक्रममा हे.न.पा. कार्यालयका प्रतिनिधि,जि.वि.स.को प्रतिधिनि,विभिन्न वस्तुगत संघहरु,जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि,ट्रेड युनियनका प्रतिनिधिहरु, पत्रकारहरु लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा २०५३ सालमा प्रस्तावित अटो भिलेज निमार्ण स्थलहरु हेटौंडा–११,थानाभ¥या∙ र चुरियामाई मध्यमा चुरियामाई –३, लाई गाविसको गाउ“परिषदबाट सिफारिस भएर जिल्ला प्रशासन कार्यालयमा बुझाएको अवस्थामा मात्र रहेकोले यसको प्रक्रिया अगाडि बढाउनकोलागि मकवानपुर उद्योग वाणिज्य संघको संयोजकत्वमा विभिन्न सरोकारवाल क्षेत्र सहित ८ सदसीय सरोकार समन्वय समितिको गठन गरिएको छ ।
समिति निम्नानुसार रहेको छः
१. मकवानपुर उद्योग वाणिज्य संघ            ... Read More



संघले हेटौडा नगरपालिका कार्यालय र हेटौडा  अस्पताललाई एक÷एक लाख सहयोग प्रदान गरेको छ । संघले आईतवार कार्यक्रम आयोजना गर्दै नगरपालिका र अस्पताललाई एक÷एक लाख रुपैया रकम प्रदान गरेको छ ।
    हेटौडा नगर पालिका एकलैले संचालनमा ल्याएको वारुण यन्त्र संचालन कोषका लागि संघले एक लाख सहयोग गरेको हो । हेटौडाको क्षेत्रफल र जनघनत्वमा वृद्धि भएको भन्दै  अहिले नगरपालिकासगं भएको थप वारुण यन्त्र ल्याउन कोषमा सहयोग स्वरुप संघले एक लाख प्रदान गरेको हो ।
    संविधानसभा सदस्य, माननीय अनन्न पौडेलले नगरपालिकाका निमित्त कार्यकारी अधिकृत वि.के महर्जनलाई एक लाखको चेक हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रमकै अवसरमा रोटरी क्लवको सहायतामा संघले वारुणयन्त्रमा काम ... Read More




    मिति २०७१।०५।४ गते मकवानपुर उद्योग वाणिज्य संघ अन्तरगतको  महिला उद्यमी विकास समितिको आयोजनामा तीज कार्यक्रमको आयोजना संघको सभा हलमा गरियो । कार्यक्रमा का.वा सभापति श्रीमती देव कुमारी ढकालज्यूको सभापतित्तव थियो । सधैं भरी व्यापारमा व्यस्त रहने महिला व्यवसायीहरुले संकृति जगेरणा गर्ने तथा सम्पूर्ण दिदीबहिनीहरुले एकै साथ भलाकुसारी गर्ने जमर्कोले  तीजको अवसर पारेर तीज गीतमा छमछमी नाच्दै गाउलै रमाईलो साटासाट गर्नुभएको थियो  ।
        हिन्दु महिलाको सवैभन्दा ठूलो चाड पर्वको रुपमा मानिंदै आएको तीजमा व्यवसायमा व्यस्त महिला उद्योगी व्यापारीहरुका लागि रमाईलो वातावरण बनाउन, मनोरन्जन प्रदान गर्न र सांस्कृति जोगाउन कार्यक्रम आयोजना गरिएको समितिका का. वा सभापति श्रीमती देव ... Read More



स्थानिय विकास अधिकारी श्री गोकर्ण प्रसाद शर्माज्यूको प्रमुख आतिथ्यता रहेको कार्यक्रमा संघका अध्यक्ष श्री भुवनलाल श्रेष्ठज्यूले सभापतित्को आशन ग्रहण गर्नुभएको थियो ।
    कार्यक्रममा स्वागत मन्तब्य दिनुहु“दै नेपाल उद्योग वाणिज्य महासंघ द्घारा संचालित “एक गाउ“ एक उत्पादन अन्तरगत परेको किवी खेती ” विगत एक वर्ष देखी मकवानपुरको बज्रबाराही, नामटार, सुपि∙, लगाएतका ठाउ“हरुमा किवि उत्पादन भैरहेको जानकारी गराउनुहु“दै कार्यक्रममा पाल्नुहुने सबैलाई स्वागत गर्नुहु“दै आफ्नो भनाईहरु अन्त्य गर्नुभएको थियो ।
    कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्नुहु“दै वरिष्ठ बागवानी विकास अधिकृत श्री चन्द्रमान श्रेष्ठज्यूले मकवानपुरमा किवि खेती किन भन्ने कुराको व्याख्या गर्नुभएको थियो । नेपालमा विगत २ वर्ष यता मात्र किवी फलको ... Read More



संघ अन्तरगत रहेको महिला विकास समितिले पश्चिमाञ्चल अध्ययन अवलोकन भ्रमणको आयोजना गरेको थियो । भ्रमण कार्यक्रम महिला उद्यमी विकास समितिका का. वा. सभापति देव कुमारी ढकालको नेतृत्वमा भएको थियो । भ्रमणमा महिला उद्यमी, कार्यसमितिका पदाधिकारीहरु, का.स.स ,महिला कर्मचारीहरु तथा हस्तकला सं३को प्रतिनिधि लगाएत २० (बीस) जनाको सहभागिता रहेको थियो । भ्रमणमा विभिन्न उवा संघ तथा महिला द्धारा गरिएको कार्यहरुको अवलोकन गरिएको थियो । विभिन्न उवा संघका महिला उद्यमी तथा कार्यसमिति परिवार संगको छलफल तथा अन्तरक्रियात्मक कार्यक्रमहरुः
तनहु“ उवा संघ
पहिलो दिन तनहु“ उवा संघमा पुगिएको थियो । उक्त संघमा महिला उद्यमी लगाएत कार्यसमिति परिवारले भ्रमण टोलीको सम्मानमा स्वागत ... Read More



     हटौंडाको वजार क्षेत्रमा जडान गरिएको सिसी क्यामेराको औपचारिक उद्घाटन गरिएको छ । गृह मन्त्रालयका सहसचिव एकनारायण अर्यालले सिसी क्यामेराको उद्घाटन गर्दै सिसी क्यामेरा जडान पश्चात हेटांैडामा अपराध न्यूनिकरण गर्न सघाउ पुयाउने विश्वास व्यक्त गर्नुभयो । सिसी क्यामेराबाट जिल्लामा हुने अपराधिक गतिविधि नियाल्न सकिने र प्रहरीलाई काम गर्न समेत सहज हुने उहा“ले बताउनुभयो ।
मकवानपुरका तात्कालिन प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालको सक्रियतामा थालनी गरिएको सिसी क्यामेरा जडान कार्यले पूर्णता पाएपछि वजारमा भएका अपराधिक गतिविधिमा कमी आएको प्रहरी उपरीक्षक गणेश वहादुर ऐरले बताउनुभयो ।
   हेटौंडामा सिसी क्यामेरा जडान भएपछि वजारका विभिन्न स्थानमा भएका घटना, दुर्घटनाहरु सिसी क्यामेराको माध्यमबाट निगरानी गर्न ... Read More


७ औं  गणतन्त्र दिवस हेटौंडा  अस्पतालमा फलफुल वितरण प्रभातफेरी र प्रवचन कार्यक्रम गरी मनाईएको थियो । फलफूल वितरण कार्यक्रम संघका कार्यसमिति सदस्य तथा स्वास्थ्य तथा सामाजिक व्यवस्थापन समितिका संयोजक श्री कृष्ण कटुवालको संयोजकत्वमा भएको थियो । कार्यक्रममा सभासद, प्रमुख जिल्ला अधिकारी, स्थानिय विकास अधिकारी, जिल्लाका राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, संघका अध्यक्ष श्री भुवनलाल श्रेष्ठ लगाएतले अस्पतालमा भर्ना भएर बसेका विरामीहरुलाई फलफूल तथा बिस्कुट वितरण गरेका थिए । कार्यक्रममा संघका कार्यसमिति परिवार, महिला उद्यमीहरु, कर्मचारीहरु, पत्रकार लगायतको उपस्थिति रहेको थियो । अस्पतालमा फलफूल वितरण पश्चात सम्पूर्ण टोली प्रभातफेरिमा निक्लिएको थियो ।
    सोहि दिनमा ऊ“ बृद्धाश्रममा पनि फलफुल तथा बिस्कुट ... Read More



कठ्माण्डौ−कुलेखानी−हेटौडा सुरुङ मार्गकालागि लगानी जुटिरहेको निर्माण कम्पनीले जनाएको छ । सुरुङ मार्ग निर्माण गर्न लागेको नेपाल पूर्वाधार विकास कंम्पनीले लगानी जुटिरहेको बताएको छ । वर्र्षौदेखि सुरुङ मार्ग निर्माणको परिकल्पना र एजेण्डा बोकेको मकवानपुर उद्योग वाणिज्य सं३मा आयोजना भएको कार्यक्रममा कंम्पनीका अध्यक्ष श्री कुशकुमार जोशीले लगानी जुटेको खुलासा गरेका हुन् । लगानीका लागि विदेश दौडाहापछि हेटौडा आईपुगेका जोशीले लगानी जुटेकाले अव मार्ग निर्माण हुने दावी गरे । उनले अव कुनै पनि हालतमा मार्ग निर्माण गरेर छाड्ने अठोट दोेहो¥याए ।
     नेपालीबाट मात्र निर्माण गर्न सम्भव हुन नसकेकोले अव विदेशी लगानीमा सुरुङ मार्गको निर्माण पूरा गर्ने उनले बताए । मुलुकमै पहिलोपटक विदेशी ... Read More



     संघले खानेपानी बोर्डलाई एकलाख रुपियाको चेक खानेपानी बोर्डलाई हस्तान्तरण गरेको छ । निजी क्षेत्रले सामाजिक कार्यका लागि लगानी गरेको यो पहिलो पटक हो । चेक हस्तानतरण गर्नुहु“दै संघका अध्यक्षले संघको सहयोगबाट समाजमा पानीको सहजता बृद्धिहुने विश्वासले सहयोग गरेको बताउनुभयो, संघले उद्योग,व्यापार व्यवसाय मात्र नहेरेर सामाजिक कार्यमा पनि चासो देखाएको जानकारी गराउनु भयो । सं३ले यस अ३िपनि धेरै सामाजिक कार्यमा सहयोग गरेको समेत बताउनुभयो । कार्यक्रममा खानी पानी बोर्डका अध्यक्ष विष्६ले खानेपानी संस्थानबा६ वोर्८मा हस्तान्तरणपछि दैनिक १५ लाख लिटरभन्दा वढी पानीको श्रोत वृद्धि गरिएको बताउनुभयो  । संस्थानको वक्यौता ६६ लाख रुपियाभन्दा वढी रहेको तर, वोर्डले द्धढ लाखमा झारेको उनले ... Read More



संघले नव आगन्तुक प्रमुख जिल्ला अधिकारीको स्वागतमा सम्मान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा मकवानपुरका लागि नवआगन्तुक प्रमुख जिल्ला अधिकारी प्रजिअ केशवराज घिमिरेले आफू जिल्लाको प्रशासक नभई प्रवन्धक वन्ने वताउनुभएको  थियो । निरंकुश राज्य व्यवस्थामा जस्तो क८ा स्वभावको शासक नभई जिल्लामा सरोकारवालासंग समन्वय गरी आवश्यक र उचित काम कारवाही गर्न प्रवन्धकको भूमिकामा सक्रिय हुने प्रजिअ ३िमिरेको भनाई थियो ।
प्रमुख जिल्ला अधिकारीको रुपमा आफू सहज पहु“चमा रहने उल्लेख गर्दै ३िमिरेले यस अ३िका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालसंग पनि आफूले आवश्यक सुझाव लिएर आएको जानकारी गराउनु भयो । कार्यक्रममा बोल्नुहु“दै प्रजिअ ३िमिरेले यस अघि आफू देशका विभिन्न स्थानमा वसेर काम गर्दा ... Read More



     मकवानपुर उद्योग वाणिज्य संघ अन्तरगतको महिला उद्यमी विकास समितिको आयोजनामा तीनदिने आईसक्रिम बनाउने तालिम सम्पन्न भएको छ ।
    संघका अध्यक्ष भुवनलाल श्रेष्७ले प्रमुख आतिथ्यमा तालिमको उद्घाटन गर्दै तालिममा छण् जना महिलाहरुको सहभागिता रहेको छ । पछिल्लो चरणका तालिमहरुको नतिजा हेर्दा तालिमहरुमा सहभागि हुने तर त्यसलाई व्यवहारमा नउतार्ने चलन रहेको भन्दै तालिममा सहभागी जो कोहिले तालिममा सिकेका सीपलाई व्यवहारमा उर्तान र व्यवसाय गर्न आग्रह गर्नुभएको थियो । सिकेका सीपलाई व्यवहारमा उतार्न चाहे त्यसका लागि आवश्यक सम्पूर्ण सहयोग गर्न उद्योग वाणिज्य संघ तयार रहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

     महिलाहरु पनि व्यवसायिक रुपमा अगाडि वढ्न र आत्मनिर्भर बन्न ... Read More




Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback