News & Events

मकवानपुर उद्योग वाणिज्य संघले आज हेटौंडामा पोखरा उद्योग वाणिज्य संघको अध्ययन भ्रमण टोलीसँग उद्योग वाणिज्य तथा पर्यटन क्षेत्रको समृद्धिका विषयमा अन्तक्र्रिया गरेकोछ । संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै पोखरा उवासंघका अध्यक्ष विश्वशंकर पालिखेले पर्यटन विकासका लागि मकवानपुरको उत्तरी क्षेत्र अनुकूल रहेको र त्यस क्षेत्रको पर्यटकीय विकासमा पोखरा उवासंघले मकवानपुर उवासंघसँग सहकार्य गर्न चाहेको बताएका छन् । कार्यक्रममा अध्यक्ष पालिखेको भनाई छ, “पर्यटन क्षेत्रको विकासका लागि सम्बन्धित निकायलाई घच्घच्याउने कार्यको नेतृत्व मकवानपुरले गरेमा हामी साथ दिन तयार छौं ।” कार्यक्रममा बोल्दै मकवानपुर उवासंघका अध्यक्ष न्यौपानेले औद्योगिक नगरीको रुपमा रहेको मकवानपुरमा पोखरेली व्यवसायीलाई उद्योग स्थापनाका लागि आग्रह गरेका छन् । ... Read More


मकवानपुर उद्योग वाणिज्य संघ तथा नेपाल उद्योग वाणिज्य महासंघ, उर्जा दक्षता केन्द्रको संयुक्त आयोजनामा आज हेटौंडामा उर्जा व्यवस्थापन सम्बन्धि सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । संघका बरिष्ठ उपाध्यक्ष कृष्ण कटुवालको सभाध्यक्षतामा भएको कार्यक्रममा उर्जा विज्ञ अशोक कपुरले सहजीकरण गरेका थिए । कार्यक्रममा बरिष्ठ उपाध्यक्ष कटुवालले लोडसेडिङ्गको मारमा परेका नेपालका कलकारखानाका लागि उद्योग विकासमा उर्जा व्यवस्थापनले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । सचेतनामूलक कार्यक्रममा हेटौंडाका साना–ठूला उद्योग गरी करीब ३० भन्दा बढी उद्योगका व्यवस्थापक, उर्जा शाखा प्रमुख लगायतको सहभागिता रहेको थियो ।
    कार्यक्रममा चालु अवस्थाका उद्योगहरुले प्रयोग गर्ने इन्धन, विद्युतको चुहावट कम गरी आवश्यक उर्जा मात्र खपत गरी उद्योग सञ्चालन ... Read More


मकवानपुर उद्योग वाणिज्य संघको सहकार्य तथा शिक्षा मन्त्रालय, एडिबी, प्राविधिक शिक्षा रणनीतिक योजनाको आयोजनामा जिल्लामा आबश्यक प्राविधिक जनशक्तिको विषयमा सरोकारवालाहरुसँग संघ सचिवालयमा अन्तक्र्रिया गरेकोछ । संघका अध्यक्ष राजकुमार न्योपानेको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न प्राविधिक शिक्षा प्रदायक संस्था तथा सीपमूलक व्यवसायिक संघहरुको सहभागिता रहेको थियो । कार्यक्रममा संघका अध्यक्ष राजकुमार न्यौपानले जिल्लाका औद्योगिक प्रतिष्ठानहरुका प्राविधिकका लागि अझैपनि अन्य देशकै भरपर्नु परेको गुनासो गर्दै औद्योगिक जिल्लाको रुपमा परिचित मकवानपुरका उद्योग कलकारखानामा आवश्यक सबै प्रकारका जनशक्ति उत्पादनमा सरकारले ध्यान दिनुपर्ने बताएका छन् ।
अन्तक्रिृया कार्यक्रममा प्राविधिक शिक्षा रणनीतिक योजना एडिबीका रिचार्ड बोनोकोष्कीले समग्र जिल्लाको कृषि, उद्योग, पशुपालनको अवस्थाको बारेमा सहभागिहरुसँग जिज्ञासा राखेका थिए ... Read More