News & Events

मकवानपुर उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समितिको आयोजनामा भएको  ३ दिने उद्घोषण तालिमका सहभागिहरुलाई कार्यक्रमका प्रमुख अतिथि तथा मउवासंघका अध्यक्ष राजकुमार न्यौपानेले प्रमाण पत्र वितरण गर्नु भएको छ । गत श्रावण २३ देखि २५ गतेसम्म सञ्चालित उद्घोषण तालिममा महिला उद्यमी लगायत २५ जनाको सहभागिता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि न्यौपानेले तालिमले महिला उद्यमीहरुको व्यक्तित्व र नेतृत्व विकासमा सघाउ पुगेको आफूले विश्वास लिएको बताउनु भएको छ । महिला उद्यमी विकास समितिकी सभापति निलम पाण्डेको सभाध्यक्षतामा भएको कार्यक्रममा कार्यालय सचिव विवेक मानन्धर, महिला उद्यमी समितिका सदस्यहरु लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा तालिमको विषयमा प्रशिक्षार्थी सरला बानियाँ र महाकाली ... Read More



श्रावण ७ । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा मनहरीमा नेपालका लागि भारतीय राजदुत रञ्जित रेको स्वागत कार्यक्रम गरेकोछ । मउवासंघ, पश्चिमी क्षेत्र समितिको संयोजकत्वमा कार्यक्रम भएको हो । स्वागत कार्यक्रममा बोल्दै राजदुत रेले नेपाल र भारतले संयुक्त रुपमा विकासका कार्य अघि बढाएमा दुबै देशलाई फाईदा पुग्ने बताउनु भएकोछ । मनहरी लगायत मकवानपुरकै समग्र विकासमा भारतले सहयोग गर्ने राजदुत रेको भनाई रहेको थियो । मनहरी बजार नजिकै रहेको चेपांग बस्तीको समेत अवलोकन गरेका रेले चेपांग समुदायको शिक्षा, रोजगारमा सघाउ पुर्याउने राजदुत रेले बताएका छन् । कार्यक्रममा बोल्दै महावाणिज्य दुतावासकी महावाणिज्यदुत अञ्जु रञ्जनले चेपांग समुदायका लागि सीपमूलक शिक्षामा भारतले नेपाल सरकारसँग समन्वय ... Read More


श्रावण २८ । मकवानपुर उद्योग वाणिज्य संघ, महिला उद्यमी विकास समितिको आयोजनामा आज हेटौंडामा बृहत महिला उद्यमी व्यवसायी भेलाको प्रमुख अतिथि मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी डा. मान बहादुर विकले पानसमा बत्ती बालेर भेलाको उद्घाटन गर्नु भयो । करीब २०० जना महिला उद्यमी सहभागी कार्यक्रमलाई सम्बोधन गर्दै डा. विकले अहिलेको अवस्थामा उत्पादन भन्दा पनि बजारीकरणको समस्या रहेकोले उद्यमशीलताको तालिमसँगै बजार व्यवस्थापनको समेत तालिम, अन्तक्र्रिया हुनुपर्ने वताउनु भयो । प्रमुख अतिथि डा. विकले महिला उद्यमी कोषको गठनका लागि मउवासंघलाई आग्रह समेत गर्नुभयो । यस किसिमको कोषले महिलाका लागि आएका बजेटलाई फ्रिज हुनबाट जोगाउन सकिने डा. विकको भनाई थियो । भेलालाई सम्बोधन गर्दै ... Read More