News & Events

आश्विन ८, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघ, पश्चिमी क्षेत्र समितिको आयोजनामा आजबाट मनहरीमा हाउस वायरिङ तथा जुत्ता बनाउने तालिम शुरु गरेको छ । ३ महिने तालिम नेपाल भारत मैत्री बहुप्राविधिक संस्था, सिटीईभीटी हेटौंडाको सहयोगमा आयोजना गरिएको हो । मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष कृष्ण कुमार गुप्ता अग्रवालको प्रमुख आतिथ्यतामा शुरु भएको कार्यक्रममा  बहुप्राविधिक संस्थाका प्रमुख विनोद चन्द्र झा, लेखा प्रमुख विष्णु घिमिरे, इलाका वन कार्यालयका वन अधिकृत सुशिल यादव, मउवासंघका कार्य समिति सदस्य दिवस पराजुली, कार्यक्रम अधिकृत देवराज पन्त संघको पश्चिमी क्षेत्र समितिका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।
    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अग्रवालले तालिमबाट सिकेका सीपलाई ... Read More


आश्विन ७ । मकवानपुर उद्योग वाणिज्य संघ र बाल कल्याण समाजको संयुक्त आयोजनमा हेटौडामा आज एकदिने बालश्रम न्युनिकरण सम्बन्धी अन्तक्र्रिया गरेकोछ । संघको वस्तुगतसंघ अन्तर्गतको अटो मोबाईल एशोसियसन र अटो मेकानिक्सका पदाधिकारी तथा सदस्यहरुका लागि अभिमुखीकरण तथा अन्तत्र्रिmया गरेको हो । नेपाल सरकारको बालश्रम मुक्त गराउने अभियानलाई समेत सघाउ पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
अन्तक्र्रिया कार्यक्रममा करीब ३० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा अटो मोबाईल एशोसियसनका अध्यक्ष सुदेश कुमार श्रेष्ठले यस्ता कार्यक्रम गाउँगाउँ सम्म पुर्याउनु पर्नेमा जोड दिनु भएको छ । यदि कोही कसैले आफ्ना बालबालिकालाई आफूले गरिरहेकै स्थानमा सीप सिकाउने अभिप्रायले काममा लगाएकोछ भने, त्यस्तालाई बाल ... Read More


आश्विन ६ । आश्विन ४ देखि १६ सम्म दक्षिण कोरियाको चाङवाङ शहरमा भइरहेको माईग्रेण्ट एरिराङ मल्टिी कल्चर फेष्टिभल–२०१६ मा भाग लिन मकवानपुरका तीन व्यवसायी आज दक्षिण कोरिया प्रस्थान गरेका छन् । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपाने, महासचिव महेन्द्र राउत र कार्यसमिति सदस्य उज्वल चौलागाई त्यस तर्फ प्रस्थान गरेका हुन् । नेपालको तर्फबाट एउटा स्टल मात्र रहने सो प्रदर्शनीमा मकवानपुरे व्यवसायीले नेपालको प्रतिनिधित्व गर्ने संघका अध्यक्ष न्यौपानेले बताउनु भएकोछ । महोत्सवमा एक गाउँ एक उत्पादन अन्तर्गत मकवानपुरमा उत्पादन भएको किवीको बजारीकरण, स्थानीय हस्तकला, पर्यटन क्षेत्रको विकासका लागि आफूहरुभाग लिन गएको संघका महासचिव राउतले बताउनुभएकोछ । महोत्सवका अलावा स्थानीय वाणिज्य संघसँग ... Read More