News & Events
COVID Help Desk3.07

मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्व र विभिन्न सामाजिक संस्थाहरुको सहकार्यमा स्थापना गरिएको कोभिड हेल्प डेस्क मकवानपुरले हेटौंडा–२, पल्पसा रोडमा संचालन गरेको पल्पसा आइसोलेशन सेन्टरमा हालसम्म कुल ३८ जना संक्रमित भर्ना हुनुभएको छ । जसमध्ये १५ जना संक्रमित उपचाररत हुनुहुन्छ भने बाकी घर फर्किनु भएको छ ।

कोभिड हेल्प डेस्क मकवापुरको सचिवालय मकवानपुर उद्योग वाणिज्य संघबाट सोमबार २९ जना कोभिड संक्रमितहरुसंग फोनमार्फत सम्पर्क गरिएको छ । जसमध्ये २ जना अस्पतालमा र बाकी २७ जना घरमै रहेको बताउनु भएको थियो । हेल्प डेस्कबाट नियमितरुपमा फोन सम्पर्क गरी संक्रमितको अवस्था बुझ्ने गरिएको छ ।

कोभिड हेल्प डेस्क मकवानपुरलाई सोमबार मकवानपुर फर्निचर ... Read More


COVID Help Desk3.06

मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्व र विभिन्न सामाजिक संस्थाहरुको सहकार्यमा गठन गरिएको कोभिड हेल्प डेस्क मकवानपुरले हेटौंडा–२ मा संचालन गरेको पल्पसा आइसोलेशन सेन्टरमा हालसम्म कुल ३६ जना भर्ना हुनुभएको छ । जसमा १६ जना संक्रमित उपचाररत मध्ये आइतबार एकजना नयां संक्रमित भर्ना हुन आउनु भएको छ भने दुईजनालाई विदाई गरिएको छ । विदाई कार्यक्रममा हेल्प डेस्कका सदस्य सरोज खनालले मन्तव्य राख्नु भएको थियो भने हेल्प डेस्कका सदस्यहरु भुवनलाल श्रेष्ठ, शंकरलाल श्रेष्ठ, मउवासंघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, उपाध्यक्ष रामप्रसाद न्यौपानेलगायतले खादा, पुष्पगुच्छा प्रदान गरी विदाई गर्नुभएको थियो ।

कोभिड हेल्प डेस्क मकवापुरको सचिवालय मकवानपुर उद्योग वाणिज्य संघबाट आइतबार प्राप्त नयां संक्रमितको सुचीबाट ४ ... Read More


COVID Help Desk3.05

मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्व र विभिन्न संघसंस्थाहरुको सहकार्यमा गठित कोभिड हेल्प डेस्क मकवानपुरले हेटौंडा–२ मा संचालन गरेको पल्पसा आइसोलेशन सेन्टरमा शनिबार सांझसम्ममा १६ जना संक्रमित उपचाररत हुनुहुन्छ । पल्पसा आइसोलेशनबाट शनिबार छजना घर फर्किनु भएको छ । साथै चारजना संक्रमित नयां भर्ना हुनुभएको पल्पसा आइसोलेशन सेन्टरका संयोजक भुवनलाल श्रेष्ठले जानकारी गराउनु भएको छ ।
कोभिड हेल्प डेस्क मकवापुरको सचिवालय मकवानपुर उद्योग वाणिज्य संघबाट शनिबार ३५ जना कोभिड संक्रमितहरुसंग फोनमार्फत सम्पर्क गरिएको छ । जसमध्ये ३१ जना संक्रमितहरु घरमै रहेको ४ जना अस्पताल र आइसोलेशन सेन्टरमा रहेको बताउनु भएको थियो । हेल्प डेस्कका स्वास्थ्यकर्मीबाट नियमितरुपमा फोन सम्पर्क गरी संक्रमितको ... Read More


COVID Help Desk3.04


मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्व र विभिन्न संघसंस्थाहरुको सहकार्यमा गठित कोभिड हेल्प डेस्क मकवानपुरले हेटौंडा–२ मा संचालन गरेको पल्पसा आइसोलेशन सेन्टरमा शुक्रबार बेलुकासम्ममा १८ जना संक्रमित उपचाररत हुनुहुन्छ । शुक्रबार आइसोलेशनबाट दुईजना घर फर्किनु भएको छ । घर फर्किने क्रममा आइसोलेशनको सेवाप्रति खुशी व्यक्त गर्दै स्वास्थ्यकर्मीहरुलाई उपहारसमेत प्रदान गर्नुभएको थियो । साथै तीनजना संक्रमित नयां भर्ना हुनुभएको पल्पसा आइसोलेशन सेन्टरका संयोजक भुवनलाल श्रेष्ठले जानकारी गराउनु भएको छ ।
कोभिड हेल्प डेस्क मकवापुरको सचिवालय मकवानपुर उद्योग वाणिज्य संघबाट शुक्रबार २५ जना कोभिड संक्रमितहरुसंग फोनमार्फत सम्पर्क गरिएको छ । जसमध्ये २३ जना संक्रमितहरु घरमै रहेको जानकारी गराउनु भएको थियो ... Read More


covid help desk 3.03



मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्व र विभिन्न संघसंस्थाहरुको सहकार्यमा गठित कोभिड हेल्प डेस्क मकवानपुरद्धारा संचालित पल्पसा आइसोलेशन सेन्टरमा बिहीबार बेलुकासम्ममा १७ जना कोभिड संक्रमित उपचाररत हुनुहुन्छ । बिहीबार एकजना घर फर्किनु भएको छ भने एकजना नयां भर्ना हुनुभएको छ ।
कोभिड हेल्प डेस्क मकवानपुरद्धारा संचालित पल्पसा आइसोलेशन सेन्टरमा बिहीबार रक्तदान कार्यक्रम गरिएको छ । हेल्प डेस्कका संयोजक कृष्ण कटुवालको अध्यक्षता र नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य प्रताप विष्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ४७ जना रक्तदाता महानुभावले रक्तदान गर्नुभएको थियो । हेल्प डेस्कका सदस्य कृष्णराज कोइरालाले संयोजन गर्नुभएको कार्यक्रम हेल्प डेस्कका सदस्य सरोज खनालले संचालन गर्नुभएको थियो ... Read More


COVID Help Desk3.2

मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्व र विभिन्न संघसंस्थाहरुको सहकार्यमा गठित कोभिड हेल्प डेस्क मकवानपुरले हेटौंडा–२ मा संचालन गरेको पल्पसा आइसोलेशन सेन्टरमा बुधबार बेलुकासम्ममा १७ जना संक्रमित उपचाररत हुनुहुन्छ । बुधबार आइसोलेशनबाट दुईजना संक्रमित घर फर्किनु भएको पल्पसा आइसोलेशन सेन्टरका संयोजक भुवनलाल श्रेष्ठले जानकारी गराउनु भएको छ ।

कोभिड हेल्प डेस्क मकवापुरको सचिवालय मकवानपुर उद्योग वाणिज्य संघबाट बुधबार १० जना कोभिड संक्रमितहरुसंग फोनमार्फत सम्पर्क गरिएको छ । सबैजना संक्रमितले घरमै रहेको जानकारी गराउनु भएको थियो । हेल्प डेस्कबाट नियमितरुपमा फोन सम्पर्क गरी संक्रमितको अवस्था बुझ्ने, रायसुझाव दिने, समस्या भएमा हेल्प डेस्कमा सम्पर्क गर्न र पल्पसा आइसोलेशन सेन्टरमा स्वास्थ्य लाभको लागि आउन पनि आग्रह ... Read More


COVID Help Desk3.01


मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्व र विभिन्न संघसंस्थाहरुको सहकार्यमा गठित कोभिड हेल्प डेस्क मकवानपुरले हेटौंडा–२ मा संचालन गरेको पल्पसा आइसोलेशन सेन्टरमा मंगलबार बेलुकासम्ममा १९ जना संक्रमित भर्ना हुनुभएको छ । पल्पसा आइसोलेशन सेन्टरमा भर्ना हुनुभएको पहिलो संक्रमितलाई नेपाल सरकारको स्वास्थ्य प्रोटोकल अनुसार १४ दिनपश्चात मंगलबार विदाई गरिएको छ । साथै उहांलाई हेटौंडा–५ स्थित घरमै हेल्प डेस्कको साधनबाट पु¥याउने व्यवस्था गरिएको पल्पसा आइसोलेशन सेन्टरका संयोजक भुवनलाल श्रेष्ठले बताउनु भएको छ ।
हेल्प डेस्कबाट मंगलबार २ सिलिण्डर अक्सिजन सहयोग गरिएको हेल्प डेस्कका सदस्य सरोज खनालले जानकारी गराउनु भएको छ । हेटौंडा–५, पिप्लेका एकजना र हेटौंडा–१९, बस्तिपुरका एकजना बिरामीलाई अक्सिजन ... Read More


COVID Help Desk31

मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्व र विभिन्न संघसंस्थाहरुको सहकार्यमा गठित कोभिड हेल्प डेस्क मकवानपुरले हेटौंडा–२ मा पल्पसा आइसोलेशन सेन्टर संचालन गरिरहेको छ । पल्पसा आइसोलेशन सेन्टरमा हालसम्म २२ जना भर्ना हुनुभएकोमा ३ जनालाई रिफर गरिएको छ । हाल १८ जना संक्रमित भर्ना रहनुभएकोमा ९ जना पुरुष र ९ जना महिला हुनुहुन्छ । पल्पसा आइसोलेशन सेन्टरबाट सोमबार एकजना कोभिड संक्रमित निको भई घर फर्कनु भएको छ । मनहरी–४ का एकजना संक्रमणमुक्त महिलालाई पल्पसा आइसोलेशन सेन्टरबाट डिस्चार्ज गरिएको हो । उहांलाई हेल्प डेस्कमा रहेको एम्बुलेन्सबाट निःशुल्करुपमा घरसम्म पु¥याउने व्यवस्था गरिएको थियो ।

पल्पसा आइसोलेशन सेन्टरमा वासिङ्ग मेसिन जडान गरिएको छ । आइसोलेशनमा रहेका कोभिड ... Read More


COVID Help Desk30.1

मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा विभिन्न संघसंस्थाहरुको सम्लग्नतामा निर्माण गरिएको कोभिड हेल्प डेस्क मकवानपुरले आइतबार मानव सेवा आश्रमलाई सहयोग गरेको छ । हेल्प डेस्कको टोली आश्रममै गई सहयोग गरेको हो । सहयोग समग्रीमा खाद्य बस्तुहरु चामल १० बोरा, दाल १ बोरा र स्याऊ ५ किलो सहयोग गरिएको थियो । मउवासंघका महासचिव प्रमोद सिंह रानाभाटले आश्रमको कार्यक्रम संयोजन गर्नुभएको थियो । त्यसैगरी हेल्प डेस्कले गौरीटार आइसोलेशनलाई आइतबार सहयोग गरेको छ । हेल्प डेस्कको टोली गौरीटार आइसोलेशनमा गई सहयोग सामग्री हस्तान्तरण गरेको हो । सहयोग सामग्रीमा च्यावनप्रास, तेल, आयुर्वेदिक औषधी वितरण गरिएको थियो । मउवासंघका कार्यसमिति सदस्य रवि कडेल शर्माले संयोजन गर्नुभएको गौरीटार ... Read More


COVID Help Desk29.1

मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा विभिन्न संघसंस्थाहरुको सहकार्यमा गठित कोभिड हेल्प डेस्क मकवानपुरलाई विभिन्न निकायबाट शनिबार सहयोग प्राप्त भएको छ । नेकपा एमाले मकवानपुरबाट पल्पसा आइसोलेशन सेन्टरको लागि आवश्यक वासिङ्ग मेसिन खरिद गर्न रु. ५०,०००।– नगद सहयोग प्राप्त भएको हो । नेकपा एमाले मकवानपुरका अध्यक्ष तथा बागमती प्रदेशका सांसद मुनु सिग्देलले उक्त रकम सहयोग गर्नुभएको हो । रकम हस्तान्तरण कार्यक्रममा सांसदहरु बसुन्धारा हुमागाई र लक्ष्मण लम्सालसमेतको उपस्थिति रहेको हेल्प डेस्कका सचिवालय संयोजक कृष्ण कुमार गुप्ताले जानकारी गराउनु भएको छ ।
त्यस्तै आइएमई जनरल इन्स्योरेन्सबाट १०० लिटर सनफ्लावर तेल सहयोग गर्नुभएको छ । आईएमई जनरल इन्स्योरेन्स, हेटौंडाका डेपुटी मेनेजर अजय अधिकारीले ... Read More


COVID Help Desk28

मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्व तथा नारायणी संघ हेटौंडा, नारायणी यातायात कम्पनी प्रा. लि., निर्माण व्यवसायी संघ, मकवानपुर होटल एशोसिएशन, उपभोक्ता हित संरक्षण मञ्च, उपभोक्ता मञ्च मकवानपुर, लायन्स क्लब, नेपाल पत्रकार महासंघ, सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदाधिक प्रहरी सेवा केन्द्र हेटौंडा, पशुपतिनगर, नेपाल औषधी व्यवसायी संघ, कृष्ण प्रणामी समाज मकवानपुर, मारवाडी एशोसिएसन मकवानपुर, नारायणी पेट्रोलियम विक्रेता संघ, सर्वाजनिक मकवानपुर यातायात प्रा. लि., मकवानपुर बचत तथा ऋण सहकारी संस्था, मकवानपुर जागरण मञ्च र अफिनको सहकार्यमा स्थापित कोभिड हेल्प डेस्क मकवानपुरले शुक्रबार दुई सिलिण्डर अक्सिजन सहयोग गरेको छ । हेटौंडा–६, रंगशालाका एकजना बिरामीलाई उक्त अक्सिजन सहयोग गरिएको हो ।

हेल्प डेस्कबाट शुक्रबार हेटौंडा–२, ... Read More


COVID Help Desk27

मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा विभिन्न संघसंस्थाहरुको सहकार्यमा स्थापित कोभिड हेल्प डेस्क मकवानपुरले बिहीबार दुई सिलिण्डर अक्सिजन सहयोग गरेको छ । हेटौंडा–५, पिप्लेका एकजना र हेटौंडा–९ का एकजना गरी जम्मा दुई जनालाई सहयोग गरिएको हो ।

कोभिड हेल्प डेस्क मकवानपुरले व्यवस्थापन गरिरहेको पल्पसा आइसोलेशन सेन्टरमा बिहीबार बेलुकीसम्ममा १६ जना संक्रमित भर्ना हुनुभएको छ । जसमध्ये ९ जना महिला र ७ जना पुरुष हुनुहुन्छ ।
पल्पसा आइसोलेशन सेन्टरमा जडित ईन्टरनेटको लागि बापु सप्लायर्सका प्रोपाइटर पुष्पराज पुडासैनीबाट रु. ७,९००।– बराबरको तार सहयोग प्राप्त भएको छ । त्यसैगरी जय कालिका हार्डवेयर एण्ड सप्लायर्सका प्रोपाइटर कृष्ण बहादुर कार्कीबाट रु. २१,०००।– बराबरको बाथरुमका सामानहरुको लागि ... Read More


COVID Help Desk26

मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा विभिन्न संघसंस्थाहरुको सहकार्यमा स्थापित कोभिड हेल्प डेस्क मकवानपुरले बुधबार जेष्ठ नागरिक आश्रयस्थललाई सहयोग गरेको छ । हेटौंडा–१५, रातोमाटेस्थित दिव्यसेवा निकेतन, जेष्ठ नागरिक आश्रयस्थललाई खाद्य सामग्री सहयोग गरिएको हो । आश्रयस्थलकै आग्रह अनुरुप चना, दाल, तेल, स्याऊ, चाउचाउ र विस्कुट वितरण गरिएको थियो । त्यसैगरी हेटौंडा–१७, गैरीगाउंmस्थित श्रीमद्भागवत ज्ञानसंचार वृद्धाश्रममा पनि खाद्य सामग्रीहरु वितरण गरिएको थियो । वृद्धाश्रमकै आग्रह अनुसार चना, स्याऊ, साबुन र सर्फ वितरण गरिएको थियो । मउवासंघका महासचिव प्रमोद सिंह रानाभाटको संयोजकत्वमा खाद्य समग्री वितरण कार्यक्रम गरिएको हो । खाद्य सामग्री वितरण कार्यक्रममा कोभिड हेल्प डेस्कका संयोजक कृष्ण कटुवाल, सदस्यहरु ज्ञानेन्द्र कार्की, शंकरलाल श्रेष्ठ, ... Read More


COVID Help Desk1 Manahari

कोभिडको कारण सामान्यदेखि सम्पन्नलाईसमेत प्रभावित बनाएको अहिलेको अवस्थामा समाजलाई केही योगदान पु¥याउने सदासयकासाथ मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा विभिन्न संघसंस्थाहरुको सहकार्यमा कोभिड हेल्प डेस्क मकवानपुर गठन गरी कोभिडको कारण समस्यामा रहेका व्यक्ति वा परिवारलाई सकेको राहत पु¥याउने उदेश्य हेल्प डेस्कको रहेको छ । कोभिड हेल्प डेस्क मकवानपुरले पल्पसा सभागृह परिसरमा पल्पसा आइसोलेशन सेन्टर संचालन गरिरहेको छ । जहाँ कोभिड संक्रमतिहरुको निःशुल्करुपमा आइसोलेशन सेवा उपलब्ध छ ।

मंगलबार मनहरी आइसोलेशनको लागि चार सिलिण्डर अक्सिजन सहयोग गरिएको छ । कोभिड हेल्प डेस्क मकवानपुरका संयोजक कृष्ण कटुवालसहितको टोली गाउँपालिकामा नै गई मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीलाई उक्त अक्सिजन हस्तान्तरण गरिएको हो । कोभिड हेल्प डेस्कको ... Read More


COVID Help Desk1 66

मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा विभिन्न संघसंस्थाहरुको सहकार्यमा गठित कोभिड हेल्प डेस्क मकवानपुरको व्यवस्थापनमा रहेको पल्पसा आइसोलेशन सेन्टरमा सोमबारसम्ममा ६ जना कोभिड संक्रमित भर्ना हुनुभएको छ । संक्रमित मध्ये ४ जना महिला र २ जना पुरुष हुनुहुन्छ । पल्पसा आइसोलेशन सेन्टरमा चारजना नर्सले २४ घण्टा सेवा दिइरहनु भएको छ भने एक जना डक्टरले दैनिक निरीक्षण गरिरहनु भएको छ । पल्पसा आइसोलेशन सेन्टरमा कोभिड संक्रमित महिला र पुरुषको लागि छुट्टाछुट्टै बेडको व्यवस्था, अक्सिजन, अक्सिजन कन्सन्ट्रेटर, २४ घण्टा नर्स र बिहान बेलुका डाक्टरको निरीक्षण, नुहाउनको लागि तातोपानी, वाईफाई, टिभी, खाना तथा नास्ता, औषधी आदिको निःशुल्क व्यवस्था रहेको छ । पल्पसा परिसरमा एउटा एम्बुलेन्सको ... Read More


COVID Help Desk1 61

मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा विभिन्न संघसंस्थाहरुको सहकार्यमा गठित कोभिड हेल्प डेस्क मकवानपुरको व्यवस्थापनमा रहेको पल्पसा आइसोलेशन सेन्टरमा आइतबारसम्म कुल ४ जना कोभिड संक्रमित भर्ना हुनुभएको छ । भर्ना हुन आउनुभएका एकजनालाई भने चेकजाच गरी थप उपचारको लागि अस्पताल रिफर गरिएको छ । पल्पसा आइसोलेशन सेन्टरमा चारजना नर्सले २४ घण्टा सेवा दिइरहनु भएको छ भने एक जना डक्टरले दैनिक निरीक्षण गरिरहनु भएको छ । संक्रमितलाई बिहान र बेलुकाको खानाको व्यवस्था कृष्ण प्रणामी समाजले गरिरहेको छ । कृष्ण प्रणामी समाजले आइसोलेशन सेन्टरमा खटिरहेका नर्स तथा व्यवस्थापन टोलीसमेतलाई दैनिक खानाको व्यवस्था गरिरहेको छ ।

पल्पसा आइसोलेशन सेन्टरमा एम्बुलेन्सको पनि सुविधा रहेको छ । कोभिड ... Read More


COVID Help Desk13 6


मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा विभिन्न संघसंस्थाहरुको सहकार्यमा गठित कोभिड हेल्प डेस्क मकवानपुरले व्यवस्थापन गरिरहेको पल्पसा आइसोलेशन सेन्टरमा शनिबार एकजना थप भर्ना हुनुभएको छ । पल्पसा आइसोलेशन सेन्टरमा चारजना नर्सले २४ घण्टा सेवा दिइरहनु भएको छ भने एक जना डक्टरले दैनिक निरीक्षण गरिरहनु भएको छ । संक्रमितलाई बिहान र बेलुकाको खानाको व्यवस्था कृष्ण प्रणामी समाजले गरिरहेको छ । कृष्ण प्रणामी समाजबाट आइसोलेशन सेन्टरमा खटिरहेका नर्स तथा व्यवस्थापन टोलीसमेतलाई खानाको व्यवस्था गरिएको छ । पल्पसा आइसोलेशन सेन्टरमा एम्बुलेन्सको पनि सुविधा रहेको छ । कोभिड हेल्प डेस्क मकवानपुरका सदस्य संस्था सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा, पशुपतिनगरद्धारा संचालित ... Read More


COVID Help Desk12 6

मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा विभिन्न संघसंस्थाहरुको सहकार्यमा गठित कोभिड हेल्प डेस्क मकवानपुरले व्यवस्थापन गरिरहेको पल्पसा आइसोलेशन सेन्टरमा शुक्रबार एकजना संक्रमित थप भर्ना हुनुभएकोमा हेल्प डेस्कका डाक्टरबाट जा“च गर्दा अस्पतालमै राखेर उपचार गर्नपर्ने देखिएकोले अस्पताल रिफर गरिएको छ । पल्पसा आइसोलेशन सेन्टरमा चारजना नर्सले २४ घण्टा सेवा दिइरहनु भएको छ भने एक जना डक्टरले दैनिक निरीक्षण गरिरहनु भएको छ । संक्रमितलाई बिहान र बेलुकाको खानाको व्यवस्था कृष्ण प्रणामी समाजले गरिरहेको छ । कृष्ण प्रणामी समाजबाट आइसोलेशन सेन्टरमा खटिरहेका नर्स तथा व्यवस्थापन टोलीसमेतलाई खानाको व्यवस्था गरिएको छ । जेष्ठ १९ गतेदेखि २१ गतेसम्म बिहान बेलुका गरी ७७ जनाको खानाको व्यवस्था कृष्ण प्रणामी ... Read More


मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा विभिन्न संघसंस्थाहरुको सहकार्यमा गठित कोभिड हेल्प डेस्क मकवानपुरले व्यवस्थापन गर्नेगरी पल्पसा सभागृह परिसरमा पल्पसा आइसोलेशन सेन्टर बुधबारबाट संचालनमा आएपछि हालसम्म दुईजना संक्रमित भर्ना भएका छन् । पल्पसा आइसोलेशन सेन्टरमा दुईजना नर्सले २४ घण्टा सेवा दिइरहनु भएको छ भने एक जना डक्टरले दैनिक निरीक्षण गरिरहनु भएको छ । संक्रमितलाई बिहान र बेलुकाको खानाको व्यवस्था कृष्ण प्रणामी समाजले गरिरहेको छ ।

पल्पसा आइसोलेशन सेन्टरको बिहीबार अनुगमन भएको छ । स्वास्थ्य कार्यालय मकवानपुर र हेटौंडा उपमहानगरपालिकाका स्वास्थ्य शाखाका संयुक्त टोलीले अनुगमन गरेका हुन् । टोलीमा स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय कुमार उपाध्याय, हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाई, स्वास्थ्य कार्यालय ... Read More


COVID Help Desk15

मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा विभिन्न संघसंस्थाहरुको सहकार्यमा गठित कोभिड हेल्प डेस्क मकवानपुरले व्यवस्थापन गर्नेगरी पल्पसा सभागृह परिसरमा पल्पसा आइसोलेशन सेन्टर संचालनमा आएको छ । बुधबार एक औपचारिक कार्यक्रम गरी सेवाको शुरुवात गरिएको हो । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा कोभिड हेल्प डेस्क मकवानपुरका संयोजक कृष्ण कटुवालको सभापतित्व र पूर्व गृहराज्यमन्त्री तथा बागमती प्रदेश सांसद ईन्द्र बानियाको प्रमुख आतिथ्यता, बागमती प्रदेश सांसदहरु प्रेम बहादुर पुलामी छिन्तु र मुनु सिग्देलको विशेष आतिथ्यतामा समुद्घाटन कार्यक्रम भएको हो । कार्यक्रममा राजनैतिक दलका प्रतिनिधिहरु, स्वास्थ्य क्ष्ँेत्रका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । अफिनमा आवद्ध मकवानपुर सहकारी अस्पताल, चुरेहिल हस्पिटल, हेटौंडा सिटी हस्पिटल, मोडल ... Read More


COVID Help Desk13

मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा विभिन्न संघसंस्थाहरुको सहकार्यमा गठित कोभिड हेल्प डेस्क मकवानपुरले पल्पसा आइसोलेशन सेन्टर संचालन गर्नको लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको डि.सि.सि.यम.सि. बैठकबाट स्वीकृति भएपश्चात आवश्यक पूर्वाधार व्यवस्था गरी बुधबार औपचारिक उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ । संक्रमितको कारण परिवार र समाजमा थप संक्रमण फैलिन नदिन र स्वास्थ्यकर्मीको प्रत्येक्ष निगरानीको लागि आइसोलेशन प्रभावकारी हुने भएकोले सचेत संक्रमितहरु आइसोलेशनमा रहनु उपयुक्त हुन्छ । पल्पसा आइसोलेशनमा ३० वटा बेडको व्यवस्था गरिएको छ । हेटौंडा उपमहानगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख रमन झा र अनन्त बास्तोलाले पल्पसा आइसोलेशन सेन्टरको लागि तयार गरिएको पल्पसा सभागृहको मंगलबार अवलोकन गर्नुभएको छ । त्यसैगरी जिल्ला जनस्वास्थ्य ... Read More


COVID Help Desk12

मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा विभिन्न संघसंस्थाहरुको सहकार्यमा गठित कोभिड हेल्प डेस्क मकवानपुरले संचालन गर्ने प्रस्ताव गरिएको पल्पसा आइसोलेशन सेन्टरले सोमबार स्वीकृति पाएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको डि.सि.सि. यम.सि. बैठकले आइसोलेसन सेन्टर संचालन गर्न सोमबार निर्णय दिएको हो ।
त्यसैगरी कोभिड हेल्प डेस्क मकवानपुरको सदस्य संस्था मकवानपुर होटल एशोसिएशनले हेल्प डेस्कको अभियानलाई सोमबार रु. पैत्तिसहजार सहयोग गरेका छन् । होटल एशोसिएशनका मकवानपुर जिल्ला अध्यक्ष शंकरलाल श्रेष्ठले हेल्प डेस्कका संयोजक कृष्ण कटुवाललाई रकम हस्तान्तरण गरेका हुन् ।
सोमबार कोभिड हेल्प डेक्स मकवानपुरको सचिवालयबाट २३ जना संक्रमितहरुलाई फोन सम्पर्कमार्फत उनिहरुको अवस्था बुझ्ने कार्य गरिएको छ । ... Read More


COVID Help Desk11


मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा विभिन्न संघसंस्थाहरुको सहकार्यमा गठित कोभिड हेल्प डेस्क मकवानपुरको टोली आइतबार थाहा नगरपालिका पुगेको छ । हेल्प डेस्कका संयोजक कृष्ण कटुवालको नेतृत्वमा, हेल्प डेस्कका सदस्यहरु सरोज खनाल र ज्ञानेन्द्र कार्की थाहानगर पुगेका हुन् । कोभिड १९ को चपेटामा थाहानगर पनि अत्यन्त प्रभावित रहेकोले सहयोग सामग्रीसहित टोली गएको हो । अक्सिजन कन्सन्ट्रेटर एक थान, मेडिकल माक्स १००० थान र सेनिटाइजर १० लिटर थाहानगरका प्रमुख लवशेर विष्टलाई आइतबार हस्तान्तरण गरिएको छ । हस्तान्तरण कार्यक्रममा थाहानगरका उपप्रमुख खड्ग गोपाली, थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष कविराज खत्रीलगायतको उपस्थिति रहेको थियो । साथै टोलीले थाहानगरका पुराना व्यवसायी तथा कोभिड संक्रमित गंगाविष्णु ... Read More


COVID Help Desk 6

मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा विभिन्न संघसंस्थाहरुको सहकार्यमा कोभिडको कारण प्रभावितहरुलाई सहयोग पु¥याउने उद्देश्यले कोभिड हेल्प डेस्क मकवानपुर स्थापना गरी फरक–फरक अभियान संचालन गरिरहेको छ । दाताहरुसमेत सहयोगको लागि आकर्षित हुनुभएको छ भने हेल्प डेस्कले यो अभियानलाई निरन्तरता दिने प्रयत्न गरिने जनाएको छ । पल्पसा परिसरमा पल्पसा आइसोलेसन सेन्टर संचालन गर्नेगरी पूर्वाधारहरुको व्यवस्था तर्फ हेल्प डेस्क टिमले काम गरिरहेको छ । आइतबारसम्ममा जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट आइसोेलेसन संचालन गर्ने अनुमति पाएपश्चात ठोस काम अघि बढाइने हेल्प डेस्क टिमले जनकारी गराएको छ । नेपाल पत्रकार महासंघ मकवानपुरलाई हेल्प डेस्कले शनिबार सहयोग गरेको छ । ५० थान फेस सिल्ड र १०० जोर मेडिकल ... Read More


COVID Help Desk1

पल्पसा परिसरमा पल्पसा आइसोलेसन सेन्टर संचालन गर्नेगरी तयारी अघि बढाइएको छ । पल्पसा परिसरमा आइसोलेसन निर्माण गर्ने तयारी भइरहेको र आइतबारसम्ममा जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट आइसोेलेसन संचालन गर्ने अनुमति प्राप्त हुने वातावरण बनेको हेल्प डेस्कका संयोजक कृष्ण कटुवालले बताएका छन् । मकवानपुर जिल्लाका निजी अस्पताल संचालक संघबाट संक्रमितहरुको लागि बेडको व्यवस्था र अन्य सहयोगसमेत हुने भएको छ । शुक्रबार भएको छलफलमा निजी अस्पताल संचालक संघका अध्यक्ष विष्णु गोपाल महर्जन, नारायण श्रेष्ठ, डाक्टर बसिम, सञ्चो हस्पिटलका अध्यक्ष तथा हेटौंडा–५ का वडा अध्यक्ष राजेश वानिया, हेटौंडा मोडल अस्पतालका प्रतिनिधि, मउवासंघका पूर्व अध्यक्ष भुवनलाल श्रेष्ठ, अध्यक्ष सल्लाहकार नरोत्तम दहाललगायतको सहभागिता रहेको थियो । यस्तै, ... Read More


COVID Help Desk 6

मकवानपुर उद्योग वाणिज्य संघमा सचिवालय स्थापना भएको कोभिड हेल्प डेस्क मकवानपुरबाट बिहिबार ३ सिलिण्डर अक्सिजन निःशुल्क वितरण गरिएको छ । अक्सिजन सिलिण्डर हेटौंडा–६, रंगशालाका एकजना, हेटौंडा–२, कान्तिराजपथका एकजना र रजैया, मकवानपुरका एकजनालाई वितरण गरिएको हो ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरत मणी पाण्डे र प्रहरी प्रमुखहरुलाई कोभिड हेल्प डेस्क मकवानपुरले हालसम्म गरेको गतिविधिबारे जानकारी गराएको छ । बिहिबार प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमै हेल्प डेस्कका संयोजक कृष्ण कटुवालको नेतृत्वमा गएको टोलीले उक्त विषय जानकारी गराएको हो ।
पल्पसा परिसरमा पल्पसा केयर सेन्टर संचालन गर्न सम्भाव्यताको लागि बिहिबार गौरिटारस्थित आइसोलेशनको हेल्प डेस्क टोलीले अवलोकन गरेको थियो ।
कोभिड ... Read More


COVID Help Desk4

मकवानपुर उद्योग वाणिज्य संघमा सचिवालय स्थापना भएको कोभिड हेल्प डेस्क मकवानपुरबाट बुधबार तीन सिलिण्डर अक्सिजन निःशुल्क वितरण गरिएको छ । अक्सिजन सिलिण्डर हा“डिखोला एक जना र हेटौंडा १४ का दुई फरक बिरामीहरुलाई बितरण गरिएको हो । कोभिड हेल्प डेस्क मकवानपुरको टोलीले बुधबार पनि संक्रमितको मनोबल बढाउन संक्रमितको घरमै गई स्वास्थ्यवर्दक च्यावनप्रास तथा मेडिकल माक्स वितरण गरिएको थियो । घरदैलो कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख तथा कोभिड हेल्प डेस्क मकवानपुरका सल्लाहकार मिना लामाको उपस्थिति रहेको थियो । हेल्प डेस्कका सचिवालय संयोजक कृष्ण कुमार गुप्ताको नेतृत्वमा गएको टोलीमा हेल्प डेस्कका सदस्यहरु बासु खतिवडा, रामकुमार एलन, पवन अग्रवाल, मउवासंघका उपाध्यक्ष राम प्रसाद न्यौपाने, कोषाध्यक्ष अनिल ... Read More


COVID Help Desk 4

मकवानपुर उद्योग वाणिज्य संघमा सचिवालय स्थापना भएको कोभिड हेल्प डेस्क मकवानपुरबाट मंगलबार २ थान अक्सिजन सिलिण्डर निःशुल्क वितरण गरिएको छ । अक्सिजन सिलिण्डर हेटौंडा १० कर्रामा एक थान र हेटौंडा ६, रंगशालामा एक थान पठाइएको हो ।
कोभिड हेल्प डेस्क मकवानपुरको टोलीले मंगलबार पनि संक्रमितको मनोबल बढाउने, आवश्यक्ता पर्दा फोन सम्पर्क गर्न आग्रह गर्दै यथोचित सहयोग गर्ने आश्वासनको लागि संक्रमितको घरमै गई स्वास्थ्यवर्दक च्यावनप्रास तथा मेडिकल माक्स वितरण गरिएको थियो । कोरोनाको कारण दुई जना मृतकको घरमा पनि टोली पुगेको थियो । मंगलबार दुई पटक टोलीले घरदैलो कार्यक्रम गरेको थियो । घरदैलो कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना लामाको उपस्थिति ... Read More


COVID Help Desk 3

मकवानपुर उद्योग वाणिज्य संघमा सचिवालय स्थापना भएको कोभिड हेल्प डेस्कबाट सोमबार २ थान अक्सिजन सिलिण्डर निःशुल्क वितरण गरिएको छ । हेटौंडा–२ मा एकजना र कान्तिराजपथमा एक गरी जम्मा दुई थान वितरण गरिएको हेल्प डेस्कका सचिवालय संयोजक कृष्ण कुमार गुप्ताले जानकारी गराएका छन् ।
कोभिड हेल्प डेस्क मकवानपुरको टोलीले सोमबार पनि संक्रमितको मनोबल बढाउने, आवश्यक्ता पर्दा फोन सम्पर्क गर्न आग्रह गर्दै यथोचित सहयोग गर्ने आश्वासनको लागि संक्रमितको घरमै गई स्वास्थ्यवर्दक च्यावनप्रास तथा मेडिकल माक्स वितरण गरिएको थियो । साथै चौकीटोलस्थित प्रहरी चौकीमा २०० थान माक्स सहयोग गरिएको थियो । हेल्प डेस्कका सचिवालय संयोजक कृष्ण कुमार गुप्ताको नेतृत्वमा गएको टोलीमा हेल्प डेस्कका ... Read More


COVID Help Desk 2

मकवानपुर उद्योग वाणिज्य संघमा सचिवालय स्थापना भएको कोभिड हेल्प डेस्क मकवानपुरले अक्सिजन सिलिण्डर वितरण शुरु गरेको छ । आइतबारसम्म ११ थान अक्सिजन सिलिण्डर निः शुल्क वितरण गरिएको हो । ३ थान अक्सिजन मनहरी, एक थान बस्तिपुर, ५ थान बकैया, एक थान कर्रा र एक थान कान्तिराजपथमा रहेका बिरामीहरुको लािग पठाइएको सचिवालय संयोजक कृष्ण कुमार गुप्ताले जानकारी गराएका छन् ।

कोभिड हेल्प डेस्क मकवानपुरको टोलीले आइतबार पनि संक्रमितको मनोबल उठाउने, आवश्यक्ता पर्दा फोन सम्पर्क गर्न आग्रह गर्दै र यथोथिच सहयोग गर्ने आश्वासनको लागि संक्रमितको घरमै गई स्वास्थ्यवर्दक च्यावनप्रास तथा मेडिकल माक्स वितरण गरिएको थियो । हेल्प डेस्कका सचिवालय संयोजक कृष्ण कुमार गुप्ताको नेतृत्वमा ... Read More


COVID Help Desk

कोभिड हेल्प डेस्क मकवानपुरले शनिबारबाट सेवाको शुरुवात गरेको छ । शनिबार १३० जना कोभिड संक्रमितहरुलाई फोन सम्पर्कमार्फत उनीहरुको अवस्था बुझ्ने र समस्या परेमा सम्पर्क गर्न आग्रह गरिएको छ । समस्याग्रस्त संक्रमितहरुलाई यथोचित सहयोग तथा समन्वय गरी हौसला र उपचारमा सहजिकरण गर्ने डेस्कको लक्ष्य अनुसार काम अघि बढाइएको हो । मकवानपुर उद्योग वाणिज्य संघमा सचिवालय रहेको कोभिड हेल्प डेस्क मकवानपुरका अनमी दिव्या बस्नेत पोखरेल, सिनियर अहेब प्रविन पुडासैनीलगायतबाट फोन सम्पर्कमार्फत अवस्था बुझ्ने र परामर्श दिने कार्य गरिएको हो । त्यसैगरी शनिबार कोभिड हेल्प डेस्क मकवानपुरबाट घरदैलो कार्यक्रम अन्तर्गत होम आइसोलेशनमा रहेका ८ जना कोभिड संक्रमितको घरमै गई अवस्था बुझ्ने काम गरिएको छ ... Read More


Concentrator1


कोभिड १९ को संक्रमण खेपिरहनु भएको छ ? होम आइसोलेसनमै रहदा कुनै कठिनाइ भएको छ या अस्पतालमा रहदा पनि केही समस्या छ ? यदि यस्तो समस्यामा तपाई या तपाईको परिवार हुनुहुन्छ भने अब नआत्तिनुहोस् संक्रमितलाई उपचार सेवाका लागि मकवानपुरमा नागरिक समाजबाट भरपर्दो र उचित सेवाको पहल भएको छ । मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा कोभिड संक्रमितलाई घर र अस्पतालमा सेवाको पहल भएको हो । मकवानपुर जिल्लामा कृयाशील विभिन्न संघसंस्थाको संयुक्त पहलमा ‘कोभिड हेल्प डेस्क मकवानपुर’ सञ्चालनमा आएको हो ।
मकवानपुर उद्योग वाणिज्य संघको सचिवालयमा स्वास्थ्यकर्मीसहितको टोली रहनेछ । टोलीका सदस्यहरुले संक्रमितलाई काउन्सिलिड्ड गर्नेछन् । संघका अध्यक्ष कृष्ण कटुवालले ... Read More


Alternate Way

हेटौंडाको मुल बजार क्षेत्रमा रहेको राजमार्गलाई सहरी मार्ग कायम गर्दै हेटौंडा–१, झोलुड्डे पुलदेखि राप्ति खोलाको किनारहुदै राप्ति पुलबाट रातोमाटेसम्म सडक स्तरीकरण गरी राजमार्गमा रुपान्तरण गर्ने योजना मुताविक प्रारम्भिक नापजाचको कार्य सम्पन्न भएको मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले बताएका छन् ।
मकवानपुर उद्योग वाणिज्य संघका तत्कालिन अध्यक्ष अरुणराज सुमार्गीको नेतृत्वमा बनेको बैकल्पिक मार्ग हेटौंडा पूर्वाधार विकास समितिमार्फत माधव राज सुमार्गी स्मृति ट्रष्ट नेपालको रु. एक करोड सहयोग, तत्कालिन डिभिजन सडक कार्यालय हेटौंडा, जिल्ला विकास समिति मकवानपुर र हेटौंडा उपमहानगरपालिकाको संयुक्त लगानीमा उक्त बैकल्पिक मार्गको ट्र्याक खनिएको थियो ।

 

... Read More


Mask Distribution

मकवानपुर उद्योग वाणिज्य संघले विगत ३ दिनदेखि सर्जिकल माक्स वितरण गरिरहेको छ । कोभिड १९ संक्रमणको जोखिम बढ्दै गइरहेको कारण उद्योगी/व्यवसायी तथा सर्वसाधारणलाई संक्रमण न्यूनिकरणको उद्देश्यले स्तलगतरुपमा माक्स वितरण गरिरहेको संघका अध्यक्ष कृष्ण कटुवालले जानकारी दिएका छन् । बैशाख १३ गते माक्स वितरणको चौथो दिनसम्म कुल १५००० थान माक्स वितरण भइसकेको अध्यक्ष कटुवालले जानकारी गराएका छन् । सोमबार नेपाल पत्रकार महासंघ मकवानपुरलाई माक्स वितरण गरिएको थियो । संघले जिल्ला प्रहरी कार्यालय मकवानपुरसंग सहकार्य गरी माक्स वितरण गरिरहेको हो । माक्स वितरणमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख तथा प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौर पनि स्थिलगतरुपमै खट्नु भएको थियो ।

... Read More

Welcome to FNJ Makawanpur

मकवानपुर उद्योग वाणिज्य संघले सोमबार नेपाल पत्रकार महासंघ, मकवानपुरका नव निर्वाचित कार्यसमिति र प्रदेश तथा केन्द्रमा निर्वाचित मकवानपुर जिल्लाका पत्रकारहरुको सम्मानमा स्वागत कार्यक्रम गरिएको छ । मकवानपुर उद्योग वाणिज्य संघद्धारा पल्पसा परिसरमा निर्माणसम्पन्न हुने क्रममा रहेको पल्पसा सदनमा स्वागत कार्यक्रम गरिएको हो । संघका अध्यक्ष कृष्ण कटुवाल र नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले कार्यक्रममा मन्तव्य राख्नुभएको थियो भने संघका सचिव तथा प्रवक्ता काव्यमणि अधिकारीले कार्यक्रम संचालन गर्नुभएको थियो । कार्यक्रममा नव निर्वाचित पत्रकारहरुलाई अबिर र खादा लगाई स्वागत गरिएको थियो । कार्यक्रममै मउवासंघको तर्फबाट रु. ७५,०००।– रकम नेपाल पत्रकार महासंघ मकवानपुरको उपचार कोषको लागि सहयोग गरिएको थियो ।

स्वागत कार्यक्रमकै ... Read More


Udhyog Banijya Diwas 2077

मकवानपुर उद्योग वाणिज्य संघले उद्योग वाणिज्य दिवस २०७७ मनाएको छ । हेटौंडा–११, डाङडुङे स्थित मामाघर नेपालमा आश्रित वालवालिकाहरुको लागि खाद्यान्न सहयोग गरेर उद्योग वाणिज्य दिवस २०७७ मनाइएको हो । संघका उपाध्यक्ष रामप्रसाद न्यौपानेको अध्यक्षतामा उक्त वितरण कार्यक्रम भएको थियो । कार्यक्रममा मन्तव्य राख्नुहुदै उद्योगी व्यवसायीको पर्वको दिनमा सहयोग कार्यक्रम लिएर आएको न्यौपानेले बताउनु भएको थियो । ममामाघर नेपालको संचालनमा अर्पण पराजुलीको लगनशिलताको उहाले सह्राना गर्नुभएको थियो ।

कार्यक्रममा मामाघर नेपालका संरक्षक अर्पण पराजुलीले सडक वालवालिका मुक्त समाज निर्माणको उद्देश्यलाई पूरा गर्न मामाघर नेपालको स्थापना भएको बताउनु भएको थियो । उहाले वालवालिका सडकमा आउनुपर्ने वाध्यता हटेको दिन मामाघर नेपाल बन्द गरिने र त्यो ... Read More


Press Meet

मकवानपुर उद्योग वाणिज्य संघले २०७७ चैत्र ६ गते आयोजना गरेको प्रेस मिटमा संघका अध्यक्ष श्री कृष्ण कटुवालद्धारा प्रस्तुत

मकवानपुर उद्योग वाणिज्य संघको बर्तमान कार्यसमितिको ३ (तीन) वर्षीय कार्यकालको समिक्षात्मक तथा विभिन्न कार्य सम्पादन मध्येको संक्षिप्त विवरणः

२०७४ साल
 तत्कालीन ३ नं. प्रदेश राजधानी हेटौंडामा हुनुपर्ने विषयमा सर्वदलीय, सर्वपक्षीय बैठक ।
 प्रदेश सभा गठनपश्चात देखिएका समसामयिक विषयमा प्रतिनिधि तथा प्रदेश सभा सदस्य, विभिन्न राजनैतिक दललगायत निजी क्षेत्रका प्रमुख तथा प्रतिनिधिहरुकाबीच छलफल कार्यक्रम ।
 २५ मिटर सडकको विषयमा माननीय भौतिक पूर्वाधार विकास मन्त्री श्री केशव स्थापितज्यू संग छलफल कार्यक्रम ।
 उद्योग वाणिज्य दिवसको अवसरमा ग्रामीण जीवनस्तर सुधार मञ्चमा आश्रित ... Read More


MCCI building2

मकवानपुर उद्योग वाणिज्य संघको ५४ औं वार्षिक सभा तथा निर्वाचन कार्यक्रम अन्तर्गत वार्षिक सभाको कार्यक्रम यथावत हुनेगरी निर्वाचन कार्यक्रमको कार्यतालिकामा संशोधन गरिएको छ । जसको कारण मतदाता नामावली प्रकाशन र भुलसुधार निवेदनको लागि २०७७ चैत्र १८ गते हुनेभएको छ । चैत्र १९ गते उम्मेदवारी दर्ता तथा दावीविरोध आदि रहने छ भने मतदान कार्यक्रम यथावत चैत्र २३ गते नै हुनेगरी कार्यतालिका संशोधन गरिएको छ । त्यसैगरी ५४ औं वार्षिक साधारण सभाको समुद्घाटन (पहिलो सत्र) र दोश्रो सत्र यथावत चैत्र २१ गते हुनेछ ।

 

... Read More

MCCI building

मकवानपुर उद्योग वाणिज्य संघको ५४ औं वार्षिक सभा तथा निर्वाचन कार्यक्रम २०७७ चैत्र २१, २२ र २३ गते हुने भएको छ । चैत्र २१ गते उद्घाटन सत्र आयोजना गरिनेछ । चैत्र २२ गते उम्मेदवारी दर्ता, मतदाता तथा उम्मेदवार नामावली प्रकाशन आदि रहनेछ । त्यसैगरी चैत्र २३ गते मतदान कार्यक्रम हुनेछ । मतदान कार्यक्रम सम्पन्न भएलगत्तै मतगणना हुनेछ । अन्तिम मत परिणाम घोषणा भएको ३ दिन भित्र पद हस्तान्तरण तथा सपथ ग्रहण गर्ने संघको प्रचलन छ ।

... Read More

SP welcome1

मकवानपुर उद्योग वाणिज्य संघले प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरलाई हेटौंडामा स्वागत गरेको छ । आईतबार एक औपचारिक कार्यक्रम आयोजना गरी राठौरको स्वागत गरिएको हो । मकवानपुुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा आयोजित कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, उपाध्यक्षद्वय कृष्ण कुमार गुप्ता, राम प्रसाद न्यौपाने, महासचिव प्रमोद सिंह रानाभाट, सचिवत्रय सन्तोष कुमार अर्याल, काव्यमणि अधिकारी, विष्णु गोपाल महर्जनलगायत कार्यसमितिका सदस्यहरुको कार्यक्रममा उपस्थिति रहेको थियो ।

संघका वरिष्ठ उपाध्यक्ष न्यौपानेले मानव बेचविखन, लागू औषध कारोवारजस्ता कार्यले मकवानपुर जिल्लाको साखमाथि प्रश्न चिन्ह रहेको बताउनु भयो । संघले आयोजना गर्ने विभिन्न सिपमूलक तालिमहरुले बेरोजगारी समस्या समाधान गर्न थोरै योगदान गर्न सक्ने अवस्था रहेपनि ... Read More


Discount on tax1

आर्थिक ऐन २०७७ ले प्रदान गरेका छुट सुविधाहरु सम्बन्धमा आइतबार अन्तर्क्रिया कार्यक्रम भएको छ । कोरोना महामारीको कारणे सिर्जना गरेको जटिल परिस्थितिमा नेपाल सरकारले आर्थिक ऐन मार्फत विभिन्न छुट सुविधाहरुको व्यवस्था गरेको छ । जसको लाभ २०७७ फागुनसम्म लिन सकिने व्यवस्था रहेको आन्तरिक राजश्व कार्यालयका कर अधिकृत विनोद कुमार कार्कीले बताएका छन् ।

विभिन्न सुविधाहरुको बारेमा प्रस्तुति गर्नुहुदै अधिकृत कार्कीले सोको लाभ उद्योगी/व्यवसायीहरुले समयमै उठाउनु पर्ने अर्थात फागुन मसान्त भित्रै सुविधा लिनुपर्ने बताउनु भएको थियो । संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा भएको कार्यक्रममा आन्तरिक राजश्व कार्यालय हेटौंडा, मकवानपुरका प्रमुख कर अधिकृत शालिकराम आचार्यको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा संघका कर तथा लेखा परामर्शदाता ... Read More


ELMS Lunching1

बागमती प्रदेश स्तरीय श्रम बजार सचिवालय परियोजनाको आइतबार घोषणा गरिएको छ । बागमती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईको प्रमुख आतिथ्यतामा हेटौंडामा उक्त घोषणा कार्यक्रम भएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा गरिएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष दिलसुन्दर श्रेष्ठको अध्यक्षता, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुुनाथ खुलाल, सिटिइभिटी बागमती प्रदेशका प्रमुख टैलेन्द्र आचार्य, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यद्वय अरुणराज सुमार्गी, सुमित केडिया, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका शाखा अधिकृत रमेश सुवेदी, आर्थिक मामिला तथा योजना मन्त्रालयका शाखा अधिकृत विनोद विडारी, नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय कार्यवाहक अध्यक्ष उमेश प्रसाद सिंह, नेपाल होटल संघका केन्द्रीय प्रथम ... Read More


FNCCI Bagamti Province1

नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका नवनिर्वाचित कार्यकारिणी समितिका अध्यक्ष, पदाधिकारी तथा सदस्यहरुको सम्मानमा मकवानपुर उद्योग वाणिज्य संघले शनिबार संघमै एक कार्यक्रम आयोजना गरी स्वागत गरेको छ । स्वागत कार्यक्रममा संघका अध्यक्ष कृष्ण कटुवाल, नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष दिलसुन्दर श्रेष्ठ, केन्द्रीय सदस्य तथा संघका पूर्व अध्यक्ष अरुणराज सुमार्गी, नेउवामहासंघ बागमती प्रदेशका उपाध्यक्षद्वय सविन श्रेष्ठ, दुर्गाराज श्रेष्ठ, संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने र उपाध्यक्ष कृष्ण कुमार गुप्तालगायतले मन्तव्य राखेका थिए ।
स्वागत कार्यक्रममा हेटौंडामा कार्यक्रम आयोजना गर्दैगर्दा नेउवामहासंघ बागमती प्रदेशले पूर्णता पाएको, हेटौंडामै प्रदेशको कार्यालय रहने सुनिश्चित भएको र एक हिसावले मकवानपुर उद्योग वाणिज्य संघकै नेतृत्वमा मध्यमाञ्चल ... Read More


tax program3

मकवानपुर उद्योग वाणिज्य संघले सोमबार राजश्व अनुसन्धान कार्यालय, पथलैयाका प्रमुख अनुसन्धान अधिकृत टंक प्रसाद पाण्डे तथा आन्तरिक राजश्व कार्यालय, हेटौंडाका नव नियुक्त प्रमुख कर अधिकृत शालिग्राम आचार्यलगायतको टोलीलाई स्वागत गरेको छ । संघमा एक कार्यक्रम गरी स्वागत गरिएको हो । कार्यक्रममा बोल्नुहुदै मउवासंघका कार्यवाहक अध्यक्ष माधव न्यौपानेले कोभिड १९ तथा लकडाउनको बावजुद व्यवसायीहरुले कर बुझाएको जिकिर गर्नुभयो । राजश्व अनुसन्धान कार्यालय, पथलैयाका प्रमुख अनुसन्धान अधिकृत टंक प्रसाद पाण्डेले आफूहरु नियमन गर्ने निकाय भएकाले कसैलाई राजश्व वढाउन जरिवाना नगर्ने बताउदै भिसिटिएस थप आर्थिक दायित्व नभएकाले सबैलाई यसको नियम पालना गर्न आग्रह गर्नुभयो । कार्यक्रमका अतिथिद्वय टंक प्रसाद पाण्डे तथा शालिग्राम आचार्यलाई संघका ... Read More


Farewell SP Sushil Singh Rathaud

मकवानपुर उद्योग वाणिज्य संघले सोमबार जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक सुशिल सिंह राठौरको बिदाई गरेको छ । मउवासंघका कार्यवाहक अध्यक्ष माधव न्यौपानेको अध्यक्षतामा संघमा एक कार्यक्रम गरी विदाई गरिएको हो । बिदाई कार्यक्रममा बोल्नुहुदै का.वा. अध्यक्ष न्यौपानेले प्रहरी उपरीक्षक राठौरको कार्यकालमा धेरै सहजढंगले सहकार्य भएको बताउनुहुदै कोभिड–१९ को संक्रमण व्यवस्थापनमा सहज वातावरण बनाउनु भएकोमा धन्यवाद ज्ञापन गर्नुभयो । आगामी कार्यकालमा थप प्रगतिको कामना व्यक्त गर्नुहुंदै का.वा. अध्यक्ष न्यौपानेले मायाको चिनो प्रदान गरी बिदाई गर्नुभएको थियो ।
कार्यक्रममा प्रहरी उपरीक्षक राठौरले बन्दाबन्दी तथा निषेधाज्ञाका बावजुद सहज तरिकाले मकवानपुरमा कार्यसम्पादन गर्न सकिएको बताउनुहुदै जिल्लामा मउवासंघलगायतका संस्थाहरुसंग महत्वपूर्ण सहकार्य भएको बताउनुभयो । ... Read More


Dalmot1

मकवानपुर उद्योग वाणिज्य संघमा बुधबार जाम, चिप्स तथा दालमोठ उत्पादन सम्बन्धी तालिम सम्पन्न भएको छ । संघ अन्तर्गतको महिला उद्यमी विकास समितिको आयोजनामा तालिम भएको हो । तालिमको समापनमा समितिका सभापति नीलम बैद्यको सभापतित्व तथा मउवासंघका उपाध्यक्ष कृष्ण कुमार गुप्ताको प्रमुख आतिथ्यता रहेको थियो ।


कार्यक्रममा बोल्नुहुदै समितिका सभापति बैद्यले महिलाहरुलाई घरमै बनाएको सामाग्री बिक्री गरी आम्दानी गर्न सकिने बताउनुभयो । उहाले व्यवसाय सानोबाट शुरुगरे एकदिन अवश्य ठूलोहुने बताउदै त्यसको लागि लगनशिलता जरुरी भएको बताउनुभयो । कार्यक्रमका प्रमूख अतिथि तथा संघका उपाध्यक्ष कृष्ण कुमार गुप्ता अग्रवालले तालिम बाट प्राप्त ज्ञानले घरमै शुद्ध तथा स्वस्थरुपमा बनाएर खान तथा व्यवसाय शुरु गरेर आत्मनिर्भर बन्न सकिने ... Read More


Arun Sumargi Welcome1

मकवानपुर उद्योग वाणिज्य संघले नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य पदमा निर्वाचित संघका पूर्व अध्यक्ष अरुणराज सुमार्गीलाई बुधबार संघमा स्वागत गरेको छ । मउवासंघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपानेको सभाध्यक्षतामा संघका पूर्वअध्यक्ष, सल्लाहकार, पदाधिकारी तथा कार्यसमिति सदस्यहरुले स्वागत गरेका हुन् । महासंघको हालै सम्पन्न ५४ औं वार्षिक साधारण सभा तथा निर्वाचनबाट जिल्ला नगर संघको तर्फबाट केन्द्रीय सदस्य पदमा उहा निर्वाचित भएका हुन् । वरिष्ठ उपाध्यक्ष न्यौपानेले संघका पूर्वअध्यक्ष महासंघमा केन्द्रीय सदस्य हुदा उत्साह बढेको र संघलाई सहयोग पुग्ने बताउनु हुदै आउदा दिनमा महासंघको कार्यक्रमहरुमा संघको सहभागितामा वृद्धि हुने बिश्वास व्यक्त गर्नुभयो । उहाले सुमार्गीलाई फूलमाला तथा खादा लगाएर सम्मान गर्नुभएको थियो भने ... Read More


CDO Welcome1

मकवानपुर उद्योग वाणिज्य संघले मंगलबार मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाललाई स्वागत गरेको छ । मउवासंघका अध्यक्ष कृष्ण कटुवाल तथा पदाधिकारी तथा कार्यसमिति टोलीले जिल्ला प्रशासन कार्यलय, मकवानपुरको प्रजिअ कार्यकक्षमै उहा“लाई स्वागत गर्नुभएको हो । मउवासंघ अध्यक्ष कटुवालले कोभिड १९ लगायत विविध क्रियाकलापहरुमा मउवासंघसंग गर्दैआएको समन्वय र सहकार्यको निरन्तरता हुने आशा व्यक्त गर्नुभयो । उहा“ले देशभरी कोरोनाको उपचारका लागि समस्या रहेको बताउनुहु“दै भेन्टिलेटर तथा आइसियूको जिल्लामा अभाव रहेको बताउनु भयो । हालै नगर क्षेत्रमा एम्बुलेन्सको पनि समस्या देखिएको बताउनुभयो । प्रजिअ रिजालले आफुले प्रजिअकै रुपमा ७÷८ वटा जिल्लामा कार्यगर्दा कहिपनि समस्या नभएको साथै मकवानपुरमा पनि यसअघि नराम्रो कहिल्यै नसुनेको कारण ... Read More


Food distribution18

मकवानपुर उद्योग वाणिज्य संघले वडा दशैं २०७७ लाई लक्षित गरी कात्तिक १ गतेबाट दैनिक विपन्न परिवारलाई राहत सामग्री वितरण गर्दै आएको थियो । बिहीबार उक्त राहत सामग्री वितरण कार्यक्रमको औपचारिक समापन गरिएको छ । कात्तिक १ गतेदेखि ५ गतेसम्म संघकै स्वामित्वमा रहेको पल्पसा परिसरबाट राहत वितरण गर्दै आएकोमा कात्तिक ६ गतेभने स्थलगतरुपमै राहत वितरण गरिएको हो । हेटौंडा नगरकै विकट क्षेत्रमध्ये एक हेटौंडा–१६, आकाशधारा र आसपासका क्षेत्रमै गई संघका अध्यक्ष कृष्ण कटुवालको सभापतित्व तथा संघका सल्लाहकार आनन्दराम पराजुलीको प्रमुख आतिथ्यता राहत सामग्री वितरण गरिएको हो ।

संघका सचिव सन्तोष कुमार अर्यालले संचालन गरेको कार्यक्रममा हेटौंडा–१६ का वडा अध्यक्ष रामकृष्ण कोइराला, सदस्य जयवहादुर ... Read More




Contacts

Makawanpur Chamber of Commerce & Industry
Chamber Marga, Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
Phone: 057-520310, 523310, 521110
Mobile: 9855070110
Email: [email protected]

www.mcci.org.np

Visits Since Nov 22, 2020


https://www.symptoma.it/


Send Feedback