News & Events

मकवानपुर उद्योग वाणिज्य संघ, महिला उद्यमी विकास समितिको आयोजनामा बडादशैं, नेपाल सम्वत, तिहार तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेकोछ । संघको सभाहलमा भएको कार्यक्रम संघका पूर्व अध्यक्ष उत्तम शर्मा ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष कृष्ण कटुवाल, पूर्व अध्यक्ष दिपक श्रेष्ठ, थाहानगर वाणिज्य संघका अध्यक्ष कविराज खत्री, पत्रकार महासंघ, मकवानपुरका सचिव कृष्ण सारुमगर, संघका कार्यसमिति सदस्य शान्तिराम धिमाल महिला उद्यमी पूर्व सभापति शरिदी श्रेष्ठ लगायतले शुभकामना मन्तव्य दिनु भएको थियो ।
महिला उद्यमी गायत्री श्रेष्ठको संयोजन तथा समिति सभापति निलम पाण्डेको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका कोषाध्यक्ष ... Read More



दक्षिण कोरियाको दोश्रो ठूलो शहर वुसानको छागवानमा आयोजना भएको आप्रवासीहरुको वहुसाँस्कृतिक मेला माम्फमा सहभागी हुन नेपालको मकवानपुरवाट आएको प्रतिनिधि मण्डलले आज शनिबार छाँगवान उद्योग वाणिज्य संघसंग भेटघाट गरेको छ । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपाने, महासचिव महेन्द्र राउत तथा कार्यसमिति सदस्य उज्वल चौलागाइको टोलीले हिजो छाँगवान चेम्वर अफ कर्मसका अध्यक्ष तथा कोरिया चेम्वर अफ कर्मसका उपाध्यक्ष चोइ च्याग खाग तथा महासचिव सान मोन जोनसंग भेटघाट तथा छलफल भएको हो । भेटमा दिपक्षीय हित तथा आपसी सहकार्यमा छलफल भएको थियो ।
छलफलमा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेले छाँगवानका अध्यक्ष खागलाइ नेपाल भ्रमण तथा नेपालमा लगानीको वातावरण ... Read More


आश्विन १२, २०७३ । दक्षिण कोरियाको दोश्रो ठुलो शहर वुसानमा आयोजना हुन लागेको आप्रवासीहरुको वहुसांस्कृतिक मेला माम्फमा सहभागि हुन मकवानपुरवाट आएको प्रतिनियिध मण्लले आज वुसान उद्योग वाणिज्य संघसंग भेटधाट गरेको छ । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपाने, महासचिव महेन्द्र राउत तथा कार्यसमिति सदस्य उज्वल चौलागाइले आज वुसान उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष लि काव जोन तथा वुसान उद्योग वाणिज्य संघका एज्युकेटिभ डाईरेक्टर लि अल जोइसंग भेट गर्नु भएको हो । भेटमा दिपक्षीय हित तथा आपसी सहकार्यमा छलफल भएको छ ।
छलफलमा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेले वुसान उद्योग वाणिज्य संद्योका कावा अध्यक्ष तथा प्रतिनिधिहरुलाइ संघको ५० ... Read More