News & Events

सबै नेपाली नागरिकलाई आफ्नो ठाऊँ, जिल्ला वा राष्ट्रिय रुपमा समेत गर्न सक्ने सम्भाव्य उद्योग अथवा परम्परा देखि चलि आएका व्यवसायको आधुनिकीकरणको सम्भाव्यता हेरी सञ्चालनका लागि प्रस्ताव आह्वान गरिएको छ । छनौटमा परेका प्रस्ताव उपर सम्बन्धित कार्यालय मार्फत प्रबद्र्धनात्मक कार्यक्रमहरु सञ्चालन गरिने जानकारीका लागि यो सूचना प्रकाशित गरिएकोछ ।
आवश्यक कागजातहरु
१. परियोजाना प्रस्ताव
२. व्यावसायिक योजना
३. नेपाली नागरिकताको प्रतिलिपी
४. सम्पर्क ठेगाना
कागजात पेश गर्नुपर्ने स्थान
जिल्लाको घरेलु तथा साना उद्योग कार्यालय
थप जानकारीका लागि
९८४९१०३४४१ अथवा ९८४१२६७६४२

web site- www.moi.gov.np, www.dcsi.gov.np, www.csidb.gov.np

... Read More

प्राईभेट फर्म नविकरण बारे अत्यन्त जरुरी सूचना ।
उपर्युक्त सम्बन्धमा नेपाल सरकार उद्योग मन्त्रालय राजपत्र भाग ३, संख्या ३० मा उल्लेख भएअनुसार एवम् २०७३।०६।१० को निर्णयानुसार नविकरण नभएका प्राईभेट फर्महरुको धनीले नविकरण गराउन नसकेको मनासीव कारण देखाई मिति २०७४ आषाढ मसान्त भित्र दरखास्त दिएमा त्यस्ता फर्म जाँचबुझ गर्दा मनासीव ठहरिएमा प्रत्येक नविकरण अवधिको लाग्ने दस्तुरको तेब्बर दस्तुर र  रु. २० लाख सम्म पूँजी भएकाको हकमा प्रत्येक बर्षको रु. २ हजार पाँचसय र रु. २० लाख भन्दा बढी पूँजी भएकाको हकमा प्रत्येक बर्षको रु. ५ हजार जरिवाना बुझाई नविकरण गर्ने अवसर अएकोले नविकरण हुन नसकेका सम्पूण प्राईभेट फर्महरुले यथाशिघ्र घरेलु तथा साना ... Read More


दक्षिण कोरियामा गत ३० सेप्टेम्बर देखि अक्टोबर ३ सम्म भएको माफ फेष्टिबलमा नेपालको प्रतिनिधित्व गर्दै गएको टोली हिजो गृह जिल्ला मकवानपुर फर्किएको छ । माफमा भाग लिन मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपाने, महासचिव महेन्द्र राउत र कार्य समिति सदस्य उज्जल चौलागाई जानु भएको थियो । नेपालले उक्त मेलामा आफ्नो संस्कृति, पर्यटन, हस्तकला लगायतका सामग्री प्रदर्शन गर्नुका साथै मकवानपुरको किवीलाई समेत प्रदर्शनी गरेको थियो । ‘मेलामा आफ्नो स्टलमा बुद्ध नेपालमा जन्मेका हुन्  ( दगममजब दयचल ष्ल लभउब ि) लेखिएको व्यानर सबैले देख्ने गरी राखिएको थियो ।’ सहभागी संघका अध्यक्ष राज कुमार न्यौपानेले जानकारी दिनु भएको छ ।  मेलामा मकवानपुरको शहिद ... Read More