News & Events

मकवानपुर उद्योग वाणिज्य संघको माघ २१ गते बसेको कार्यसमितिको नियमित बैठकले संघको ५० औं वार्षिक साधारण सभा तथा स्वर्ण महोत्सव समारोह आउँदो फागुन २१ गते गर्ने निर्णय गरेको छ । यसअघि यही माघ २९ गर्ने भनिएको भएतापनि २५ मिटर सडक विस्तार समस्याका कारण वार्षिक साधारण सभाको मिति फागुन २१ गतेकालागि सारिएको हो । संघले ५० औं वार्षिक साधारण सभा तथा स्वर्ण महोत्सवको अवसर पारी गर्ने भनिएको सप्ताहव्यापी कार्यक्रमहरु पनि क्रमशः आयोजना गर्ने भएको छ ।

... Read More

हाल हेटौडा बजार क्षेत्रमा भईरहेको २५ मीटर सडक विस्तारको विषयको समस्या निराकरणका लागि मकवानपुर उद्योग वाणिज्य संघले पूर्व उपप्रधान तथा स्थानीय विकासमन्त्री तथा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई आज हेटौडामा भेट गरेको छ ।
संघका पूर्व अध्यक्ष तथा बसोबास संरक्षण समतिका संस्थापक अध्यष उत्तम शर्मा ढकाल सहितको टोलीले मानीय थापाको निवासमा गएर भेट गरेको हो । हाल हेटौडा बजार क्षेत्रमा २५ मिटर सडक बिस्तारले घरधनी तथा व्यवसायमा प्रत्यक्ष देखा परेका समस्याको बिषयमा ध्यानाकर्षण गराएको थियो ।
भेटको अवसरमा २५ मिटर सडकको विषयमा संघले केही दिन अघि सार्वजनिक गरेको आधिकारिक ... Read More

हाल हेटौडा बजार क्षेत्रमा भईरहेको २५ मीटर सडक विस्तारको विषय माथि मकवानपुर उद्योग वाणिज्य संघको आधिकारिक धारणाका लागि संघको कार्यसमितिको बोर्ड बैठकको निर्णय पत्रकार भेटघाट मार्फत सार्वजनिक गरिएको हो ।
संघका बरिष्ठ उपाध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा भएको आजको पत्रकार भेटघाटमा कटुवालले केही दिनमा नै प्रभावित व्यवसायीहरुको लगत संकलन गर्ने र २५ मिटर सडक विस्तार गर्नु परेमा घरधनीलाई मुआब्जा र व्यवसायीहरुलाई स्थान्तरणका लागि पर्याप्त समय दिनु पर्ने संघको धारणा रहेको बताउनु भएको थियो । कार्यक्रममा संघका उपाध्यक्ष कृष्ण अग्रवाल, कासस माधव न्यौपाने, काव्यमणी अधिकारी, छतेन्द्र आचार्य, रवि कंडेललगायतको सहभागिता रहेको थियो । भेटघाट कार्यक्रममा पत्रकारहरुको जिज्ञासा तथा प्रश्नहरुको उत्तरलाई बरिष्ठ उपाध्यक्ष कृष्ण ... Read More