News & Events

हेटौंडामा क्षेत्रीय स्तरको कृषि उपज थोक बजार निर्माण गर्ने उद्देश्यले हिजो नेपाल सरकार, कृषि विकास मन्त्रालयमा स्थानीय सरोकार तथा राजनैतिक दलको प्रतिनिधिले माननीय राज्यमन्त्री राधिका तामाङ्गलाई सिंहदरबारमा भेटेर ध्यानाकर्षण गराएकोछ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ स्थित राप्ति किनारमा रहेको सरकारी स्वामित्वको जग्गालाई हेटौंडा उपमहानगरपालिकाले समेत बजार निर्माणमा लिखित रुपमै स्वीकृत दिएपछि मकवानपुरको टोलीले काठमाडौंमा नै गएर कृषि उपज निर्माणका लागि कृषि विकास मन्त्रालयको ध्यानाकर्षण गरेको हो । राज्यमन्त्री तामाङ्गलाई मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेले मकवानपुरको हेटौंडामा क्षेत्रीय स्तरको कृषि उपज बजारको आवश्यकता सम्बन्धी व्यावसायिक विवरण प्रस्तुत गर्नु भएको थियो । भेटका अवसरमा राज्यमन्त्री तामाङ्गले आफूले समेत उक्त स्थानको ... Read More


हेटौंडा, २६ मंसिर । मकवानपुर उद्योग वाणिज्य संघले  पूर्वपश्चिम राजमार्गको विषयमा हेटौंडाका स्थानीय उद्योगी, व्यवसायी तथा घरधनी सँग छलफल गरेकोछ । पूर्वपश्चिम राजमार्गले छुने बारा र चितवन जिल्लाका सबै स्थानमा सरकारले तोकेको मापदण्ड अनुसार सडक विस्तार भैसकेको अवस्थामा हेटौंडा क्षेत्रको सडक विस्तार भएको छैन । स्थानीयको वास्तविक चाहना र आकांक्षा के छ भनी गरिएको मत तथा विचारमा हेटौंडाबासी विकास विरोधि नभएको र  चलनचल्तीको मूल्यमा मुआब्जा एवम् क्षतिपूर्ति दिए २५ मीटर सडक विस्तारमा आफूहरुले बाधा नगर्ने बताएका थिए । संघका अध्यक्ष राजकुमार न्यौपानेले मुआब्जा सहितको सडक विस्तारमा संघको समर्थन रहेको तर बिना मुआब्जा सडक विस्तार कार्य अघि बढाईए संघकै नेतृत्वमा आन्दोलनको कार्यक्रम ... Read More


मकवानपुर उद्योग वाणिज्य संघले आफ्नो ५० औं बार्षिक साधारण सभालाई साप्ताहिक रुपले मनाउने निर्णय गरेकोछ । आगामी माघ ८ गते सम्पन्न गर्ने ५०औं बार्षिक साधारण सभालाई संघले स्वर्ण महोत्सवको रुपमा भव्यताका साथ सम्पन्न गर्नकालागि संघका पूर्वअध्यक्ष उत्तम शर्मा ढकालको संयोजकत्वमा मूल समारोह समिति गठन समेत गरेकोछ ।
संघको कार्यालयमा आज बसेको बैठकबाट स्वर्ण महोत्सवको अवसरमा विभिन्न उपसमितिले जिल्लाको आर्थिक, स्वास्थ्य, पर्यटन, खेलकुद, शिक्षा, महिला उद्यमी गतिविधिलगायतका विषयमा विभिन्न कार्यक्रम गर्ने अध्यक्ष राजकुमार न्यौपानेले बताउनु भएकोछ । आज बसेको बैठकले संघले ५० बर्षको अवधिमा गरेका मुख्य क्रियाकलापलाई समेटेर वृत्तचित्र निर्माण गर्ने, सदस्यहरुको परिचयको स्मरणात्मक पुस्तक प्रकाशन गर्ने, जिल्लाको चारै नाकामा पर्यटन ... Read More